जायोनिस्टहरुको प्लेबुकबाट सिक्नुपर्ने पाठहरू

यो स्वीकार्न अप्रिय छ, तर  अाफ्ना दुश्मनहरुलाई निःसन्देह निर्दयतापूर्वक नष्ट  गर्ने कुरामा इजरायली कट्टरपन्थी निर्णायकता,  न केवल ती शत्रुहरूको व्यवहारसँग विपरीत छ।  तर कीभ शासनसँग हामीले गरेको व्यवहार र दृष्टिकोणसँग  पूर्ण रूपमा फरक छ। इजरायल अतिसक्रिय(proactively) रूपमा कार्य गर्छ,।  अहिले स्पष्ट भएको छ कि तिनीहरूले हमासलाई आक्रमण गर्न उकासे, जसबाट प्रतिरोधलाई कुनै परिणाम हासिल भएन। यसैबीच, इजरायलले मध्यपूर्वमा आफूसँग विरोध गर्ने शक्तिहरूको नेतृत्वलाई समाप्त गर्‍यो । अनि सजिलैसँग गाजाका प्यालेस्टिनीहरूको भयकंर नरसंहार गर्‍यो।

एक पटक फेरि, जति छिटो कुनै कारवाही गरिन्छ, त्यति नै धेरै त्यसको औचित्य सावित  हुन्छ। जुन निर्णायकताले साहसका साथ कार्य गर्छन्, तिनीहरू जित्छन्। अर्कोतिर हामी भने, सधैं सतर्क रहन्छौ र हिचकिचाइरहेका छौं। त्यस्तै, ईरान पनि यही मार्गमा छ, जसले कहीँ पुर्‍याउँदैन। गाजा हरायो। हमासको नेतृत्व समाप्त भयो। अब हिज्बुल्लाहको नेतृत्व पनि समाप्त भयो। इरानका राष्ट्रपति रईसी पनि रहेनन। यहाँसम्म कि उनको पेजर पनि हरायो। तर जेलेन्स्की अझै यहाँ छन्। र कीभ उभिएको छ, मानौं केही भएकै छैन।

हामी वास्तविक रूपमा खेलमा सामेल हुनुपर्छ, वा... दोस्रो विकल्प यस्तो छ जसबारे म सोच्न पनि चहान्न। तर आधुनिक युद्धमा, समय, गति, र "ड्रोमोक्रेसी"( dromocracy) ले सबै कुरा निर्धारण गर्छ। जियोनिस्टहरूले छिटो, पूर्वसक्रिय रूपमा कार्य गर्छन्। साहसी रूपमा। र तिनीहरू जित्छन्। हामीले तिनीहरूको उदाहरण पछ्याउनुपर्छ।