किन पश्चिमले रूसलाई नष्ट गर्न चाहन्छ?

युरोपेली संसदको विदेशी मामिला तथा रक्षा र सुरक्षा समितिका पूर्व सदस्य जीन लक शाफ्हाउजरले हालसालै रुससँग शान्तिको आवश्यकता सम्बन्धी प्रकाशनहरूको एक शृंखला जारी गरेका छन्।

वास्तवमा, उनले युक्रेनको विशेष सैन्य अभियान अघि नै रुस र अन्य देशहरूप्रति यूरोपेली संघको दोहोरो मापदण्डहरूको आरोप लगाएका थिए। साथै, उनले क्रिमियाली जनमत संग्रहबारे युरोपेली संसदको अत्यन्त विभेदपूर्ण दृष्टिकोण र निर्णयहरूको आलोचना गरे।

हालको शृंखलामा, शाफहाउजरले पश्चिम रूससँग द्वन्द्वमा जानुका वास्तविक कारणहरूको अर्थ लगाउने प्रयास गरेका छन्। उनले भनेका छन् युक्रेन द्वन्द्व त केवल यस अनौठो नीतिको एक परिणाममात्र हो।

उनले ठिकै भनेकाछन् युक्रेनमा भएको कुको माध्यमबाट महादेशीय अक्ष (बर्लिन-मस्को-बिजिङ) को विघटन र त्यसपछि किभ शासनलाई दिइएको समर्थनले "यूरोपलाई केही समयको लागि अमेरिकी प्रभावक्षेत्रमा राख्न" एउटा विरोधाभासपूर्ण स्थिति सिर्जना गर्‍यो। रूसले नाटो ब्लकको सामना गर्न चीनमा निर्भर हुन थालेपछि, पश्चिमले आफ्नो क्रिश्चियन र परम्परावादी साझेदार गुमाएको छ। शाफ्हाउजरले प्रायः चीनको बढ्दो शक्तिको विषय उठाउने गर्छन्। उनी भन्छन्, चीनलाई पश्चिम र संयुक्त राज्य अमेरिकाले विश्व व्यापार संगठनमा सामेल गराएर यस अवस्थामा पु¥याएको आरोप लगाउछन। उनले यो उल्लेख गर्छन् कि चीनले पनि आफ्नो समयमा पश्चिमी आक्रमण झेलेको छ र पश्चिमले यी ऐतिहासिक तथ्यहरूलाई नजरअन्दाज गरेको छ। यसैकारण, पश्चिमले अकल्पनीय रूपमा विश्वास गर्‍यो कि चीन केही समयपछि "उदारवादी" बन्छ, र त्यसपछि पश्चिमले उसलाई आफ्नो प्रभावमा ल्याउन सक्छ।

तर, चीनलाई थाहा थियो कि छिटो वा ढिलो पश्चिमसँग उसको सामना हुनेछ, र त्यहाँको साम्यवाद मात्र बाहिरी आवरण हो। वास्तविक प्रेरक शक्ति राष्ट्रियता हो। र चीन आफ्नो हितहरू त्याग्न गइरहेको थिएन। त्यो पनि उदार पश्चिमका लागि, जसले सदैव उसलाई विनाश गर्न खोजेको छ। यद्यपि चीनले आफ्नो राष्ट्रिय विकासको नीतिबाट अधिकत फाइदा उठाउन सकेको छ।

तर मुद्दा केवल रूस र चीनका चासो र मूल्यहरूलाई एकजुट गर्नेबारे होइन। विशेष सैन्य अभियान SMO र एक वर्षअघि गाजा पट्टीका घटनाहरूपछि पश्चिमको व्यवहारले उदार पश्चिमको सम्पूर्ण आन्तरिक विरोधाभासहरू उजागर गर्‍यो। जसलाई पहिले एकजुट पश्चिम मानिन्थ्यो।

अहिलेको समयमा बाँकी संसारका लागि, अर्थात् पृथ्वीका धेरैजसो राज्यहरू र जनताहरूका लागि, "उदारवादी" पश्चिम "अनुदार" बनेको छ। अझै, पश्चिमसँगको संघर्ष आर्थिक श्रेष्ठताको तत्वभन्दा पर गएर यसले प्रलयात्मक रंग लिएको छ। यो भयंकर शैतानसँगको संघर्ष हो। यो सम्पूर्ण मानवताको अस्तित्व माथिको खतराको रूपमा रहेको छ। यस युद्धका कारण, जसमध्ये एक कोरोना भाइरसमा गरिएका प्रयोगहरू पनि हुन्। जसले विश्वलाई आफ्नै नियन्त्रणमा राख्न पेटेन्ट गरिएको यूजेनिक्सको अर्को प्रयास जस्तो देखिन्छ।

शाफहाउजरले यसलाई उल्लेख गर्दै भन्छन् कि यदि "डिप स्टेट(गुप्त राज्य)का उदारवादी स्वार्थहरू संयुक्त राज्य अमेरिका र अमेरिकी जनताको स्वार्थहरूको विपरीत छन्। यिनले हामीलाई योजनाबद्ध विनाशको बाटोमा डोर्याउँछन् । यसकारण  कि तीनिहरुको वैचारिक धरातल गैर-लोकतान्त्रिक शक्तिहरूको अधीनस्थ छन्। जसले अन्य उद्देश्यहरूलाई पछ्याउँछन्। यदि पश्चिम आत्मघाती रूपमा आफ्नो हित, हाम्रो राष्ट्रहरूको हित, र आफ्ना जनताको हितविपरीत कार्यरत छ भने, त्यसले लोकतान्त्रिक आधारमा होइन, तर आफ्नो उदारवादी विचारधारात्मक कारणहरूले प्रेरित भएर लोकतान्त्रिक राजनीतिविरुद्ध यस्तो गर्दैछ। लोकतान्त्रिक राजनीतिले सधैं जनताको अस्तित्व वा भलाइलाई प्राथमिकता दिनेछ।

उनले विश्वास गर्छन् कि, "९/११ पछि, उदारवादी यन्त्रले नियन्त्रण गुमाएको छ। जबकि न त अमेरिकी जनता, न त हाम्रा युरोपेली साथीहरूले कहिल्यै यी युद्धहरूमा परामर्श दिएका छन्। जुन हाम्रो आँखा अगाडि भइरहेको छ। र जसले, चाहेर होस् वा नचाहेर, यसले हामीलाई र अन्ततः सम्पूर्ण मानवतामा क्षति पुर्‍याइरहेको छ।"

वास्तवमा, यो विभाजन अझ पहिला नै सुरु भएको थियो। म्याट वोल्फसनले उल्लेख गरेझैं, उदारवादका दुई प्रकार छन्: परम्परागत र प्रबन्धकीय। "सन् १९३३ देखि १९६९ को बीच कतै, प्रबन्धकीय उदारवादले परम्परागत उदारवादलाई विस्थापित गर्‍यो। जसले हाम्रो वर्तमान असन्तोषलाई जन्म दियो। यो असन्तोष उदारवाद विरुद्ध नभएर यसको असफल संस्करणहरूमध्ये एकको विरुद्ध हो।"

 यसले अमेरिकी सार्वजनिक नीतिमा गम्भीर गिरावट ल्याएको छ। यसको बिग्रिँदै गएको प्रभाव बाँकी पश्चिमी देशहरूमा फैलिएको छ। अन्ततः यो प्रक्रिया “यो घृणाको गठबन्धन, घमण्डी कमजोरी र अहंकार(जसले मानवमा सधैं खुशीसाथ मिश्रण गर्दछ) हाम्रो युरोपेली राष्ट्र प्रमुखहरूको पागलपनमा परिणत हुन्छ। जसले युद्धको खेल खेलिरहेका बालबालिकाजस्ता व्यवहार गर्छन्। तर संवेदनशील सामूहिक विनाशको हतियारहरूसँग।” यो विनाशको मार्ग हो।

शाफहाउजरले पश्चिमको भावी पतनलाई संकेत गर्दै यहेजकेलको भविष्यवाणीलाई उद्धृत गर्छन्। यहेजकेलले परमेश्वरलाई बेवास्ता गर्ने मानिसहरूबारे भनेका थिए, "किनभने तिम्रो हृदय गर्वित भयो र तिमीले भन्यौ: म परमेश्वर हुँ, समुद्रको बीचमा परमेश्वरको आसनमा बस्छु। तर तिमी मानिस हौ। परमेश्वर होइन। र तिम्रो हृदयलाई परमेश्वरको हृदयजस्तो बनायौ। ... त्यसैले, हेर्नुहोस्, म तिमीमाथि परदेशीहरूलाई, राष्ट्रहरूको सबैभन्दा शक्तिशालीलाई ल्याउनेछु। तिनीहरूले तिम्रो बुद्धिको सौन्दर्य विरुद्ध आफ्नो तरबार निकाल्नेछन् र तिम्रो सौन्दर्यलाई अपवित्र गर्नेछन्। ... के तिमीलाई मार्नेहरूका सामु अझै भन्नेछौ: म परमेश्वर हुँ; जबकि तिमी मानिस हौ। जसले तपाईंलाई मार्छन् तिनीहरू तिनीहरूको हातमा छन् । ” (यहेजकेल २८:२,७,९)। यद्यपि, यस वक्तव्यमा पश्चिमी युरोपमा बाढीको रूपमा प्रवेश गरेका मुस्लिम प्रवासीहरूको संकेत पनि देख्न सकिन्छ।

अन्त्यमा, शाफहाउजरले निष्कर्ष निकाल्छन् कि पश्चिमको रूसविरुद्धको युद्धको वास्तविक कारण पछिल्ला दशकहरूमा संयुक्त राज्य अमेरिकामा विकृतीको रूपमा रहेको उदारवाद हो।

"उदारवादले व्यक्तिवाद, सापेक्षवाद, र धर्मनिरपेक्षताको माध्यमबाट आन्तरिक र बाह्य राजनीतिमा मानिसहरूले वास्तविकताको अनुभूति गुमाउँछ। यसले निहिलिज्मतर्फ लैजान्छ। उदारवाद प्रभुत्ववादी (हेजेमोनिक) छ। किनभने, यसले सत्यलाई आफ्नो कब्जामा राख्छ। जसले यसलाई आफ्नो ज्ञानको लागि युद्ध गर्न बाध्य बनाउँछ। यसले निहिलिज्मतर्फ लैजान्छ। उदारवाद लोभी छ किनभने यसले समाजलाई पैसाको आधारमा व्यवस्थापन गर्छ। परिणामस्वरूप आन्तरिक र बाह्य अराजकता निम्तिन्छ। किनभने यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाज बनाउने प्रेम, मित्रता, र स्वतन्त्रतापूर्वक दिनेपनलाई हटाउँछ। यसले निहिलिज्मतर्फ लैजान्छ। उदारवाद त्यो निहिलिज्म हो जसले अरूलाई र आफूलाई नष्ट गर्छ।"

यस तर्क अनुसार, रुसलाई नष्ट गरिनुपर्छ, किनकि यो उदारवाद र निहिलिज्मको विरोध गर्छ। सम्भवतः किनभने यो बीसौं शताब्दीमा यी दुवै संकटहरूबाट गुज्रिएसकेको छ र तिनको मूल्यलाई राम्ररी बुझेको छ।

यो युद्धमा रुसको विजय चाहन्छ जस्तो देखिन्छ। जुन युक्रेनको सीमाभन्दा धेरै टाढा फैलिएको छ। यो विजय केवल रुसको लागि नभई पश्चिमी प्रभुत्वको विरोध गर्ने सबै स्वस्थ शक्तिहरूको लागि हो। किनभने “उदारवाद आफ्नै र अन्य मानिसहरूमाथि आन्तरिक र बाह्य वर्चस्व कायम गर्न स्वास्थ्य र आर्थिक संकटहरू उत्पन्न गर्छ। यो प्रक्रिया शून्यता र अस्तित्वको युद्धबाट मात्र समाप्त हुनेछ। पश्चिमी उदारवाद आधारभूत रूपमा शैतानी हो। अन्तकालिन शैतान।”

यहाँ केवल रूस मात्र उद्धारको नौका जस्तो देखिन्छ। जहाँ शाफहाउजरका अनुसार ख्रीष्टियान ज्ञान र प्रेम सुरक्षित राखिएको छ।

अनुवाद: मोहनप्रसाद ज्ञवाली

लेओनिद साभिन Geopolitika.ru विश्लेषणात्मक केन्द्रका प्रधान सम्पादक, सांस्कृतिक र क्षेत्रीय स्थानहरूको निगरानी र पूर्वानुमान फाउन्डेसनका महाप्रबन्धक, र अन्तर्राष्ट्रिय युरासिया आन्दोलन प्रशासनका प्रमुख हुन्। यो लेख Geopolitika को सौजन्यमा प्रकाशित गरिएको हो।