ग्रीनल्यान्ड एक नयाँ सीमा

 ट्रम्पको ग्रीनल्यान्ड पहल केवल भू-राजनीतिक विषय मात्र होइन। यो उत्तर-राज्य नयाँ व्यवस्थाको आधार हो जुन टेक राइटको संप्रभुता, प्रविधि र वैकल्पिक शासनको दृष्टिकोणद्वारा प्रेरित छ।
ग्रीनल्यान्डसँग सम्बन्धित ट्रम्पका परियोजनाहरू यसरी प्रमाणित भएको छ कि यी एकदमै गम्भीर आधारमा निर्मित छन्। ट्रम्पका ती व्यक्तिहरू जसलाई राइट टेक भनिन्छ, अर्थात् सिलिकन भ्यालीका ओलिगार्कहरू र प्रमुख पिटर थियलले उत्तरी ध्रुवको दूरवर्ती क्षेत्रमा नयाँ पोस्ट-राज्य सिर्जना गर्ने निर्णय गरेका छन्।

दूर-दक्षिणपंथी मूल्य, बिटक्वाइन, प्रत्यक्ष लोकतन्त्र र समयको स्वभावसँग सम्बन्धित भविष्यवादी प्रयोगहरूका आधारमा यसलाई अत्यन्त गम्भीरतासाथ लिनु पर्छ।

कटाक्ष गर्ने वा मजाक बनाउने र पुराना शासनका तर्कहरू प्रस्तुत गर्नुको सट्टा, चलौं सोचौं: यि ट्रम्प समर्थकहरूले, ग्रीनल्यान्ड र "प्रविधिक गणराज्य"सँगै, संयुक्त राज्य अमेरिकामा सत्ता हात पार्न सफल भएका छन्। र अब, उनीहरू अगाडि बढ्नेछन्। मङ्गल ग्रह, त्यो हो जहाँ एलन मस्कले आफ्नो अजीब इशाराले संकेत गरेका थिए।

हामीले भविष्यतर्फ हेरि अघि बढ्नु पर्छ न कि अतीतका मृत्युको पुनःखोजी गर्नु। मुख्य कुरा भनेको यो हो कि संसारमा अब अरू कुनै उदारवाद छैन र यसो कहिल्यै हुनेछैन। वास्तवमा, कुनै प्रबोधन पनि हुन सक्दैन। यो एक विचलन थियो। हामी एक मृत्युकट्ठामा पुगिसकेका छौं र अब हामी ती बाटोबाट छिटो निस्कदैछौं।

हामीसँग भविष्यको एक साहसिक दृष्टिकोण हुनु पर्छ अर्थात, हामीले आन्तरिक संसारलाई मुक्त गर्न आवश्यक छ। जसको अर्थ अमर आत्माको गरिमा र शक्तिलाई पुनः पुष्टि गर्नु हो।
अमेरिकामा नागरिक युद्ध सकिएको छ। सामान्यताको जित भएको छ, विकृति पराजित भएको छ। युरोपमा नागरिक युद्ध अझै जारी छ। विकृति र झुट मात्रै सत्तामा छन्। कहिले सम्म?
समयको एक रहस्य छ। आधुनिकता बिग बैंगको समयमा केन्द्रित छ, जुन अतीतबाट भविष्यतर्फ बग्छ। तर यो पूर्ण रूपमा गलत छ। वास्तविकतामा, समय भविष्यबाट अतीततर्फ बग्छ। यसलाई भविष्यले आकर्षित गर्छ (अन्तिम कारण) र त्यसैले यसलाई भविष्यद्वारा धकेलिन्छ।

हाईडेगरले यसलाई "Sein und Zeit" को अन्तिम भागमा स्पष्ट रूपमा व्याख्या गरेका छन्।

समयका तीन अत्युत्तम अवस्थाहरू छन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण तेस्रो अवस्था हो, जसमा डासाइनलाई भविष्यमा फ्याँक्ने प्रक्रिया समावेश छ। अस्तित्व भनेको भविष्य हो।
अतीत भविष्यको अनुमानित सारको सारांश हो। भविष्यको पछि फर्केर गरिएको प्रक्षिप्त चित्रण हो। अतीतमा कुनै स्वायत्त वास्तविकता छैन। हुसेरलले त्यसलाई 'अडम्ब्रेशन' भनेका थिए। जुन रुपरेखा भविष्यद्वारा पछाडि फैलाइएको छायाँ हो।

मलाई लाग्छ कि, पीटर थीललाई ग्रीनल्याण्डमा प्रयोगशाला स्थापना गर्न आवश्यकता छ ताकि उनी त्यहाँ समयसँगै काम गर्न सकुन्। निक ल्याण्डले समयको स्वभावमा निकै रोचक दृष्टिकोण प्रस्तुत गरेका छन्। टेक राइटमा केही रूपान्तरणात्मक आध्यात्मिक आकर्षण छ।

अनुवाद: मोहनप्रसाद ज्ञवाली