यूएसएएड ध्वस्त: ट्रम्प र मस्कको परम्परावादी क्रान्ति जारी

संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास एजेन्सी (USAID) को विघटन एक यस्तो घटना हो जसको महत्त्व अत्यन्त उच्च छ। जब सोभियत संघले कमिन्टर्न (तेस्रो अन्तर्राष्ट्रिय) र पछि कमिनफर्मलाई समाप्त गर्‍यो। यी संरचनाहरू जसले विश्वव्यापी रूपमा सोभियत संघका वैचारिक हितहरूको वकालत गर्थे। त्यसले अन्तर्राष्ट्रिय सोभियत प्रणालीको अन्त्यको सुरुवात संकेत गर्‍यो। यद्यपि परस्पर आर्थिक सहायता परिषद् (COMECON) र वार्सा सन्धि सङ्गठन १९९१ सम्म अस्तित्वमा रहे। तिनीहरूको पतनको आधार भने ख्रुश्चेभको शासनकालमै निश्चित भइसकेको थियो।

आज अमेरिकामा पनि यस्तै केही भइरहेको छ। किनभने USAID वैश्विकतावादी परियोजनाहरू कार्यान्वयन गर्ने प्रमुख परिचालन संरचना थियो। मूलतः, यो वैश्विक स्तरमा उदारवादी प्रजातन्त्र, बजार अर्थतन्त्र र मानव अधिकारहरूलाई थोपर्ने उद्देश्य राख्ने रूपमा वैश्विकतावादीको प्राथमिक विचारधाराको प्रसारण माध्यम थियो। यस प्रक्रियामा यसले सार्वभौम राष्ट्रहरूको विघटन र ती वैश्विक प्रभावविरुद्ध प्रतिरोध गर्न सक्ने शासकहरूको अपदस्थीकरणलाई सहज बनाएको थियो।

यो एजेन्सीमार्फत, विश्वव्यापीकरण विभिन्न देशहरूमा स्थापित गरियो। त्यसै कारण, अमेरिकाले USAID लाई संघीय बजेटको उल्लेखनीय अंश प्रदान गर्‍यो। करिब १% जुन वार्षिक रूपमा ५० अर्ब डलर बराबर हुन्थ्यो। जसमा अन्य विश्वव्यापी संरचनाहरूबाट प्राप्त अनुदानलाई समेत गणना गरिन्छ। जसको कारण यो रकम वृद्धि भएर कम्तीमा दोब्बर हुन्छ। यसरी, अमेरिकी कोषको करिब २% प्रत्येक वर्ष यो एजेन्सीमा खर्च गरिन्थ्यो। यस संस्थाको नियन्त्रणमा रहेका भौतिक स्रोतहरू कति विशाल थिए भन्ने कल्पना मात्र गर्न सकिन्छ। साथै, यो केन्द्रीय गुप्तचर निकाय (CIA) को विशेष भागसँग घनिष्ठ रूपमा समाहित थियो। किनभने वैश्वीकतावादी विचारहरूलाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै USAID का अधिकांश अन्तर्राष्ट्रिय शाखाहरू CIA का गतिविधिहरूलाई ढाकछोप गर्ने माध्यमका रूपमा कार्यरत थिए।

अघिल्लो अमेरिकी राजनीतिक नेतृत्व (अत्यधिक विश्वव्यापीकरणवादीहरू)लाई हटाएपछि, डोनाल्ड ट्रम्पले सीआईएलाई यस विश्वव्यापीकरणवादी संरचनाका प्रतिनिधिहरूबाट मुक्त गर्न सुरु गरे। USAID को प्रतिबन्ध एक महत्वपूर्ण र आधारभूत कदम हो। जसको महत्त्व अत्यधिक उच्च रहेको छ। विशेष गरी, युक्रेनजस्ता देशहरू यो एजेन्सीमा अत्यधिक निर्भर छन्। जसले तिनीहरूलाई महत्त्वपूर्ण वित्तीय सहायता प्रदान गर्छ। सम्पूर्ण युक्रेनी मिडिया, गैर-सरकारी संस्थाहरू (एनजिओहरू) र विचारधारात्मक संरचनाहरू USAID द्वारा वित्त पोषित थिए। यही स्थिति लगभग सम्पूर्ण उदारवादी प्रतिपक्षीहरूमा पनि लागू हुन्छ। विशेष गरी सोभियत-पश्चात क्षेत्रहरूमा, साथै विभिन्न देशहरूमा रहेका उदारवादी शासनहरूमा पनि, जसमध्ये मोल्डोभाका माया सान्दु प्रशासन तथा विभिन्न युरोपेली राजनीतिक व्यवस्थाहरू समेत USAID को वित्तीय सहायता अन्तर्गत रहेका थिए।

अचानक, यो सबै ढल्छ। निश्चय पनि, केही प्रतिबद्ध उदारवादीहरू वैचारिक विश्वासका आधारमा आफ्ना गतिविधिहरू जारी राख्नेछन्। तर तिनीहरूको संख्या अत्यन्तै न्यून छ। उदारवाद र विश्वव्यापी उदारवादी सञ्जालहरूको ठूलो बहुमत "वफादारीको बदलामा पैसा" भन्ने सिद्धान्तमा सञ्चालन हुन्छ। तर, यस उदारवादी "वफादारी" लाई वित्तीय स्रोत उपलब्ध गराउने को हो? यो स्रोत USAID हो। त्यसैले, अतः USAID बाहेक — र यो तथ्यलाई ध्यानमा राख्दै कि एलन मस्कले यसलाई “हत्या लागि जिम्मेवार आपराधिक संस्था” भनेका छन्। यो गुप्त गतिविधिहरूको लागि दिइने वित्तीय सहायता बन्द हुनेछ। यसले सम्पूर्ण विश्वव्यापी उदार वातावरणलाई झट्का दिनेछ। मूलतः, यो वैश्विकतावादको मुख्यालयमा प्रहार गरिएको क्षेप्यास्त्र आक्रमण सरह हो। र ट्रम्प तथा मस्कले यसलाई सम्भव बनाए।

मेरो दृष्टिमा, यसको परिणाम सम्पूर्ण राष्ट्रहरूमा गहिरो रूपमा अनुभूत गरिनेछ। हामी अचानक महसुस गर्नेछौँ कि हाम्रो रूसी समाजमाथिको यो दमनकारी दबाब अन्त्य हुन लागेको छ। कुनै गोप्य कुरा छैन कि सन् १९९३ मा USAID ले येल्तसिनको संविधानको मस्यौदा तयार गर्न सहायता गरेको थियो। जसको माध्यमबाट उसले रूसलाई नियन्त्रण गरिरहेको थियो। त्यसअघि, यसले सोभियत संघको विघटनमा भूमिका खेलेको थियो। जसले रूसी महासंघको सिर्जनाको आधार तयार गर्यो। जुन प्रारम्भिक रूपमा USAID र विश्वव्यापी अभिजात वर्गको प्रत्यक्ष नियन्त्रणमा रहने गरी विश्वव्यापी संरचनाको एक हिस्सा बन्न डिजाइन गरिएको थियो।

भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएलगत्तै सार्वभौमिकता सुदृढीकरणमा केन्द्रित हुँदै यो बाह्य नियन्त्रणको विरोध गर्न थाले। तथापि, USAID सन् २०१२ सम्म रसियामा सक्रिय रह्यो। पुटिनले आफ्नो तेस्रो राष्ट्रपति कार्यकाल सम्हालेपछि मात्र USAIDलाई रसियाबाट आधिकारिक रूपमा प्रतिबन्ध लगाइयो। तर अप्रत्यक्ष रूपमा यसको प्रभाव कायम नै रह्यो। किनभने धेरैजसो राजनीतिक विपक्षीहरू र तथाकथित "छैठौं स्तम्भ"का प्रतिनिधिहरू अझै पनि यससँग निकट सम्बन्धित थिए। अबमात्र यसको अन्त्य हुने चरणमा पुगेको छ।

मैले स्वीकार गर्नैपर्छ, यो समाचार यति महत्वपूर्ण छ तर यसलाई बुझ्न कठिन छ। हालसम्म, हामीले विश्वास गरेका थियौं कि वैश्वीकतावादीहरू स्थायी संरचना हुन्। USAID लगभग शाश्वत संस्था हो। साथै अमेरिका सधैँ वैश्वीकरणको अग्रणी रहनेछ। हामीले सोचेका थियौं कि केही गर्न सकिँदैन। कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। तर, यो परिवर्तन गर्न सकिने रहेछ। अब यो परिवर्तन भइसकेको छ।

अनुवाद: मोहनप्रसाद ज्ञवाली