ट्रम्पको क्रान्ति

यस आलेखमा अलेक्जेन्डर दुगिनले ट्रम्पवादी विचारधाराले अमेरिका र सम्पूर्ण विश्वलाई कसरी परिवर्तन गर्नेछ भन्ने विषयलाई व्याख्या गरेका छन्।

हाल रूस र विश्वभरि नै संयुक्त राज्य अमेरिकामा के भइरहेको छ भन्ने कुराले सबैलाई अलमलमा पारेको छ। निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका निकट सहयोगीहरू, विशेष गरी जोशिला एलन मस्कले, लगभग क्रान्तिकारी स्तरमा आफ्ना गतिविधि सुरू गरेका छन्। ट्रम्पले अझै पदभार ग्रहण गरेका छैनन्। — यो जनवरी २० मा हुनेछ — तर अमेरिका र युरोप पहिले नै हल्लिन थालेको छ। यो एउटा वैचारिक र भू-राजनीतिक सुनामी हो, जुन स्पष्ट रूपमा कसैले पनि अनुमान गरेको थिएन। धेरैले सोचेका थिए कि ट्रम्प निर्वाचित भएपछि,उनले — पहिलेको कार्यकालझैँ — करिश्माई र स्वाभाविक गुणहरूको साथमा धेरै हदसम्म परम्परागत नीति तर्फ फर्कनेछन्। अब निश्चित रूपमा यो भन्न सकिन्छ, यस्तो हुनेछैन। ट्रम्प आफैंमा एक क्रान्ति हुन्।

त्यसैले, यो संक्रमणकालीन अवधिमा, जब सत्ता बाइडेनबाट ट्रम्पलाई हस्तान्तरण भइरहेको छ। अमेरिकामा के भइरहेको छ भनेर गम्भीरताका साथ विश्लेषण गर्न अर्थपूर्ण हुनेछ। तरयो स्पष्ट छ त्यहाँ केहि न केहि अत्यन्तै महत्त्वपूर्ण कुरा भइरहेको छ।

डिप स्टेट र अमेरिकाको उत्थानको इतिहास

पहिलो कुरा, डिप स्टेट (छद्म वा गुप्त राज्य)को शक्तिको सन्दर्भमा ट्रम्प कसरी निर्वाचित भए भन्ने कुरा प्रष्ट्याउन आवश्यक छ। यसका लागि विस्तृत समीक्षाको आवश्यकता पर्दछ।

संयुक्त राज्य अमेरिकामा डिप स्टेटले राज्य संयन्त्रको मूल भागलाई प्रतिनिधित्व गर्दछ। जसमा यससँग नजिकबाट जोडिएका वैचारिक र आर्थिक अभिजात वर्ग पनि समावेश छन्। अमेरिका राज्य, व्यवसाय र शिक्षा एकअर्कासँग गहिरो रूपमा जोडिएको प्रणालीको रूपमा रहेको छ। जसलाई भिन्न रूपमा वा विभाजित गरेर हेर्न सकिँदैन। यस अन्तर्गत, परम्परागत गोप्य समाज र क्लबहरू पनि थप्न सकिन्छ। जसले ऐतिहासिक रूपमा अभिजात वर्गका लागि सञ्चार केन्द्रको रूपमा काम गरेका छन्। यस सम्पूर्ण संरचनालाई प्रायः “डिप स्टेट” भनेर सम्बोधन गरिन्छ।

यसबाहेक, दुई प्रमुख पार्टीहरू — डेमोक्र्याट्स र रिपब्लिकनहरू —  जो विशेष रूपले भिन्न विचारधाराहरूका वाहक होइनन् तर,  एउटाको सट्टामा अर्कोले डिप स्टेटमा समाहित एकीकृत विचारधारात्मक-राजनीतिक र आर्थिक मार्गको भिन्नताको रूपमा  आफुलाइ  व्यक्त गर्छन्। तिनीहरूको बीचको सन्तुलनले केवल समग्र समाजसँगको सम्बन्धलाई कायम राख्दै गौण मुद्दाहरू समायोजन गर्न सेवा पुर्‍याउँनु हो।

दोस्रो विश्वयुद्धपछि, अमेरिका दुई चरणहरूबाट गुज्रियो; पहिलो,सोभियत संघ र समाजवादी ब्लकसँग शीतयुद्धको विचारधारात्मक र भू-राजनीतिक युग (१९४७–१९९१) दोस्रो, एकध्रुवीयता वा "इतिहासको अन्त" (१९९१–२०२४) को युग। पहिलो चरणमा, अमेरिका सोभियत संघको बराबरको साझेदार थियो। जबकि दोस्रो चरणमा, उसले आफ्नो प्रतिद्वन्द्वीलाई पूर्ण रूपमा पराजित गर्दै एकल राजनीतिक र विचारधारात्मक वैश्विक महाशक्ति (वा हाइपरपावर) बन्यो। पार्टीहरू वा अन्य संस्थाहरूको सट्टामा, डिप स्टेट नै विश्वव्यापी प्रभुत्वतर्फको मार्गको अडिग रहि वाहक बन्यो।

यसबाहेक, दुई प्रमुख दलहरू — १९९० को दशकदेखि, यो प्रभुत्व बाम-उदारवादी विचारधाराको रूपमा देखिएको थियो। यसको सूत्रले ठूला अन्तर्राष्ट्रिय पुँजीबारे  चासो र प्रगतिशील व्यक्तिगत संस्कृतिलाई संयोजन गर्दछ। यो रणनीतिलाई डेमोक्रेटिक पार्टीले पूर्ण रूपमा अपनाएको थियो। र रिपब्लिकनहरूमध्ये “नियोकोनहरू” ले यसको समर्थन गरेका थिए। यसको मुख्य विचार अमेरिकी अर्थतन्त्र, विश्वव्यापी अर्थतन्त्र, र उदारवाद तथा उदारवादी मूल्यहरूको फैलावटको रेखीय र सतत विकास मार्गमा विश्वास थियो।

यसले देखायो कि विश्वका सबै राज्य र समाजहरूले अमेरिकी मोडललाई अपनाएका छन् — राजनीतिक प्रतिनिधि प्रजातन्त्र, पुँजीवादी बजार अर्थतन्त्र, मानव अधिकारको व्यक्तिगत र विश्वव्यापी विचारधारा, डिजिटल प्रविधिहरू, र पश्चिम-केन्द्रित उत्तरआधुनिक संस्कृति। अमेरिकी डिप स्टेटले यस एजेन्डालाई अँगालेको थियो। र यसको सुनिश्चितताका लागि सुनिश्चितकर्ताको रूपमा कार्य गरेको थियो।

सैमुअल सैमुअल हन्टिङ्टन र मार्ग परिवर्तनको आमन्त्रण

१९९० को दशकको सुरूआती समयमै केही अमेरिकी बौद्धिकहरूले यो दृष्टिकोणको दीर्घकालीन स्थायित्वप्रति चिन्ता व्यक्त गर्न थालेका थिए। यी चिन्ताहरूको सबैभन्दा स्पष्ट अभिव्यक्ति सैमुअल हन्टिङ्टनबाट आएको थियो। जसले “सभ्यताहरूको टक्कर,” बहुध्रुवीयताको उदय, र पश्चिम-केंद्रित वैश्वीकरणको अन्ततः संकटको भविष्यवाणी गरेका थिए।

हन्टिङ्टनले अमेरिकी पहिचानलाई मजबुत बनाउने र अन्य पश्चिमी समाजहरूलाई सँगसँगै एकीकृत गर्दै — ग्लोबल नभएर क्षेत्रीय — पश्चिमी सभ्यताभित्र सुधार गर्ने प्रस्ताव राखेका थिए। तर, त्यस समयमा, यो दृष्टिकोणलाई धेरैले अत्यधिक सतर्कताको रूपमा खारेज गरे। डिप स्टेटले “इतिहासको अन्त्य” जस्ता आशावादीहरू, जस्तै हन्टिङ्टनका मुख्य बौद्धिक प्रतिद्वन्द्वी फ्रान्सिस फुकुयामालाई पूर्ण समर्थन गरेका थिए।

यसले अमेरिका राष्ट्रपतिको नीति क्लिन्टन, बुश, ओबामा देखि बाइडेनसम्मको निरन्तरताको व्याख्या गर्दछ। ट्रम्पको पहिलो कार्यकाल भनेको एक अपवाद थियो। डेमोक्र्याट र रिपब्लिकन दुवैले – रिपब्लिकनमका जर्ज डब्लू. बुशको उदाहरण  हुन – जसले डिप स्टेटको एकीकृत राजनीतिक र वैचारिक रणनीति: वैश्वीकतावाद, उदारवाद, एकध्रुवीयता र प्रभुत्वको पक्षमा व्यक्त गरेका थिए।

तर, २००० को दशकको प्रारम्भदेखि, यस विश्ववादी आशावादले गम्भीर चुनौतीहरू सामना गर्न थाल्यो।

  • भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले अमेरिकाको मार्गदर्शनको अन्धाधुन्ध अनुसरण गर्न बन्द गर्यो र आफ्नो सार्वभौमिकता सुदृढ गर्न थाल्यो। यो विशेष रूपमा पुटिनको २००७ को म्युनिख भाषण, २००८ मा जर्जियामा भएका घटनाहरू, २०१४ मा क्रिमियाको अवशोषण, र विशेष रूपमा २०२२ मा विशेष सैन्य अभियान (SMO)को सुरु भएको घटनामा प्रकट भयो। यी सबै विश्वव्यापी योजनाहरूको विरुद्ध गएका थिए।
  • चीनले विशेष गरी शि जिनपिङको नेतृत्वमा, स्वाधीन चीन नीतिको अनुसरण गर्न थाल्यो। जसले विश्वव्यापीकरणबाट फाइदा लिईरहेको छ भने, जब यसद्वारा चीनको राष्ट्रिय  चासोहरूसँग परस्पर टकराउछ वा सार्वभौमिकतामाथी चुनौती दिन्थियो, त्यतिबेला कडा नियन्त्रण प्रणाली अवलम्बन गरेको थियो।
  • इस्लामिक विश्वमा, पश्चिमको विरुद्धमा छिटपुट प्रदर्शनहरू बढ्न थाले — जसले बढि स्वाधीनताका लागि आकांक्षा देखि तिरस्कारसम्मका विचारहरूलाई जन्म दियो।
  • भारतमा, प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचनसँगै, दक्षिणपन्थी राष्ट्रियतावादी र पारंपरिकतावादी शक्तिमा आए।
  • अफ्रिकामा उपनिवेशवाद विरोधी भावना बढ्यो, र ल्याटिन अमेरिकाका देशहरूले अमेरिकासँग र पश्चिमी संसारसँग स्वतन्त्र घोषणा गर्न थाल्यो।

अनि पश्चिमबाट प्रायः स्वतन्त्र रूपले सञ्चालन हुने बहु ध्रुवीय अन्तर्राष्ट्रिय प्रणालीको आदर्शका रूपमा ब्रिक्सको निर्माणमा परिणत भयो।

अमेरिकी डिप स्टेटले एक गम्भीर द्विविधाको सामना गरिरहेको थियो: के यसले आफ्नो एजेन्डामा अडिग रहनुपर्छ भने बढ्दो विरोधी प्रवृत्तिहरूलाई बेवास्ता गर्दै तिनीहरूलाई सूचना प्रभुत्व, नेतृत्व गर्ने कथा र मिडिया तथा सामाजिक नेटवर्कमा पूर्ण नियन्त्रण मार्फत दमन गर्न प्रयास गर्नुपर्छ? अथवा यसले यी प्रवृत्तिहरूलाई स्वीकृत गर्दै केहि अमेरिकी विश्लेषकहरूको व्यक्तिपरक मूल्याङ्कनसँग थप मेल नखाने वास्तविकतामा आफ्नो मौलिक रणनीतिलाई अनुकूलित गरेर नयाँ प्रतिक्रियाहरू खोज्नु पर्छ?

ट्रम्प र डिप स्टेट

ट्रम्पको पहिलो राष्ट्रपतित्व एक दुर्घटनाजस्तो देखिन्थ्यो — एक प्राविधिक दोष। हो, ट्रम्प पपुलिज्मको लहरमा सत्तामा आएका थिए। जसले अमेरिकाको जनताको एक भागबाट समर्थन प्राप्त गर्‍यो जसले बढ्दो रूपमा ग्लोबलिस्ट एजेण्डा र वोक संस्कृति (जसमा हाइपर-व्यक्तिवाद, लिङ्ग राजनीति, नारीवाद, एलजीबीटीक्यू अधिकार, क्यान्सल संस्कृति, र कानुनी र अवैध आप्रवासनको प्रवर्द्धन लगायतका तत्वहरूलाई समर्थन गर्दछ) अस्वीकार गर्दै आएको थियो। यसले पहिलो पटक "डिप स्टेट" शब्दलाई अमेरिकी सार्वजनिक वादविवादमा प्रमुख बनायो। जसले यस र सामान्य जनताको भावनाबीचको बढ्दो विरोधाभासलाई उजागर गर्‍यो।

तर, २०१६ र २०२० बीच, डिप स्टेटले ट्रम्पलाई गम्भीरतासाथ लिएन र ट्रम्पले आफ्ना राष्ट्रपति अवधिमा संरचनात्मक सुधारहरू कार्यान्वयन गर्न सकेनन्। उनको पहिलो कार्यकालको समाप्ति पछि, डिप स्टेटले बाइडेन र डेमोक्र्याट पार्टीलाई समर्थन गर्यो। जसले ट्रम्पलाई चुनावमा अप्रत्याशित दबाबका साथ धकेल्यो, जसलाई उनीहरू सम्पूर्ण वैश्विक र एकध्रुवीय मार्गका लागि खतरा मान्थे जुन अमेरिकाले दशकोंसम्म पालन गरेको थियो — एक निश्चित सफलतासँग। यसले बाइडेनको अभियानको नारा व्याख्या गर्छ:र; "बिल्ड ब्याक बेटर", जसको अर्थ "हामी अझ राम्रोसँग पुनर्निर्माण गरौं।" यो नारा ट्रम्पको पहिलो कार्यकालको "विघटन" पछि, वैश्विकतावादी उदारवादी एजेण्डा लागू गर्न फर्किनु आवश्यक भएको संकेत थियो।

तर, २०२० र २०२४ बीच सबै कुरा बदलियो। यद्यपि बाइडेनले, जसलाई गहिरो राज्यले समर्थन गर्यो, पूर्ववत मार्ग पुनःस्थापित गरे। यसपटक उनलाई यो प्रमाणित गर्न आवश्यक थियो कि वैश्विकतावादी संकटका सबै संकेतहरू अरू केही होइन, "विपक्षीहरूको प्रचार," "पुटिन वा चीनका एजेन्टहरूको काम," वा "घरेलु सीमांत समूहहरूको योजनाहरू" मात्र थिए। बाइडेनले, डेमोक्रेटिक पार्टीका उच्च पदस्थ र न्योकनहरूको सहयोगमा, परिस्थितिलाई यसरी प्रस्तुत गर्ने प्रयास गरे कि यहाँ कुनै वास्तविक संकट छैन, कुनै वास्तविक समस्या छैन, र वास्तविकता निरन्तर रुपमा उदारवादी वैश्विकतावादीहरूको विचार र परियोजनासँग कुनै विरोधाभास छैन।

बाइडेनले डिप स्टेटको विश्वास गुमाए

 विभिन्न कारणहरूले गर्दा बाइडेनले यी उद्देश्यहरू पूरा गर्न असफल भए।

पुटिनको नेतृत्वमा रहेको रूसले आत्मसमर्पण गरेन साथै अभूतपूर्व दबाबलाई सामना गर्‍यो। जसमा प्रतिबन्ध, सबै पश्चिमी देशहरूले समर्थन गरेको युक्रेनी शासनसँगको युद्ध, आर्थिक चुनौतीहरू र प्राकृतिक स्रोत निर्यातमा प्रतिवन्धका कारण तीव्र सन्कुचन समावेश छन्। यी सबैका बावजुद, पुटिन सफल रहे र बाइडेनले रूसमाथि विजय प्राप्त गर्न सकेनन्।

महत्वपूर्ण क्षति बेहोर्नु नपरी अमेरिकासँग चीनले व्यापार युद्ध जारी राख्यो।

भारतमा मोदीको सरकारलाई चुनावी अभियानका क्रममा गिराउन सफल भएन।

ब्रिक्सले कजानमा, रूसको भूभागमा, पश्चिमसँगको टकरावको बीचमा शानदार शिखर सम्मेलन आयोजना गर्‍यो, जसले बहुध्रुवीयताको उदयलाई स्थापित गर्‍यो।

इजरायलका गाजा र लेबनानका क्रियाकलापहरू नरसंहारमा परिणत भए। जसले कुनै पनि वैश्विकतावादी भाषणलाई कमजोर बनायो। बाइडेनसँग यसलाई समर्थन गर्ने बाहेक अर्को विकल्प थिएन। जसले उनको प्रशासनको विश्वासनीयतालाई थप कमजोर बनायो।

सबैभन्दा महत्वपूर्ण कुरा, ट्रम्पले हार मानेनन्। उनले रिपब्लिकन पार्टीलाई अभूतपूर्व रूपमा एकजुट गरे। आफ्नो जनतावादी एजेन्डालाई निरन्तरता दिँदै थप कट्टर बनाए।

समयको क्रममा, ट्रम्पको आन्दोलन एक विशिष्ट विचारधारामा परिणत भयो। यसको मुख्य ध्येय थियो कि वैश्विकवाद असफल भइसकेको छ, र यसको संकट कुनै शत्रु वा प्रचारद्वारा सिर्जना गरिएको होइन, बरु वास्तविक स्थिति हो। यसकारण, संयुक्त राज्य अमेरिकाले फ्रान्सिस फुकुयामाको सट्टा सामुएल हन्टिङ्टनको दृष्टिकोण अनुसरण गर्नुपर्छ। यथार्थवादी दृष्टिकोणमा फर्किनुपर्छ, र आफ्नो मूल अमेरिकी (र अझ व्यापक रूपमा पश्चिमी) पहिचानलाई पुनर्जीवित गर्नुपर्छ। यसले जागरूक संस्कृतिलाई र पछिल्ला दशकका उदार प्रयोगहरूलाई त्याग्नु पर्छ। र अमेरिकी विचारधारालाई यसको प्रारम्भिक शास्त्रीय उदार जरा र राष्ट्रियता तथा संरक्षणवादमा बल दिएको अवस्थामा पुनःस्थापित गर्नु पर्छ। यो विचारधारात्मक परियोजना ट्रम्पको नारा "पुन: अमेरिकालाई महान बनाऊ!"  “Make America Great Again” (MAGA) मा समेटिएको छ।

डिप स्टेटले प्राथमिकता परिवर्तन गर्‍यो

किनभने ट्रम्पले अमेरिकी विचारधारात्मक परिदृश्यमा आफ्नो स्थान दाबी गर्न सफल भए। गहिरो राज्यले डेमोक्र्याटहरूलाई उनलाई हटाउन अनुमति दिएन। बाइडन (आंशिक रूपमा मानसिक गिरावटका कारण) “बिल्ड ब्याक बेटर” को परीक्षामा असफल भए। वैश्वीकतावादको निरन्तरताको उपयोगिता बारे कसैलाई विश्वास दिलाउन सकेनन् । र यसरी डिप स्टेटले ग्लोबलिज्मको संकटको यथार्थता र यसलाई प्रवर्द्धन गर्ने पुराना तरिकाहरू त्याग्न आवश्यक रहेको कुरा स्वीकार गर्‍यो।

यस कारणले, डिप स्टेटले ट्रम्पलाई पुनः निर्वाचित हुन अनुमति दियो र विचारधारात्मक रूपमा कट्टर ट्रम्प समर्थकहरूको एउटा समूह गठन गर्नसमेत समर्थन गर्‍यो। यस समूहमा एलन मस्क, जेडी भ्यान्स, पिटर थिल, रोबर्ट एफ केनेडी जुनियर, तुल्सी गब्बार्ड, काश पटेल, पीट हेगसेथ, टकर कार्लसन, र एलेक्स जोन्सजस्ता प्रमुख व्यक्तित्वहरू समावेश थिए।

मुख्य बुँदा यो हो: ट्रम्पलाई स्वीकार गरेर, अमेरिकी गहिरो राज्यले विचारधारा, भू-राजनीति, कूटनीति, र अन्य क्षेत्रहरूमा अमेरिकी विश्वव्यापी रणनीति परिमार्जनको वस्तुगत आवश्यकता स्वीकार गर्यो। अबदेखि, सबै कुरा पुनरावलोकनको विषय हुनेछ।

ट्रम्प र ट्रम्पवाद, र व्यापक रूपमा, लोकवादलाई अब प्राविधिक त्रुटि वा असमानताहरूको रूपमा मात्र हेरिँदैन, विश्वव्यापीकरणको वास्तविक र आधारभूत संकटका संकेतक साथै यसको अन्त्यका रूपमा पनि हेरिन्छ।

ट्रम्पको यस हालको कार्यकाल केवल डेमोक्र्याट्स र रिपब्लिकन्सबीचको पालो परिवर्तन हुने अर्को अध्याय मात्र होइन—जसले परम्परागत रूपमा निर्वाचनको परिणामको पर्वाह नगरी डिप स्टेटद्वारा समर्थन गरिएको एकीकृत एजेन्डालाई अघि बढाउँदै आएका थिए। बरु, यसले अमेरिकी वर्चस्वको इतिहासमा नयाँ अध्यायको आरम्भको सङ्केत गर्दछ। यसको रणनीति, विचारधारा, प्रस्तुति, र संरचनाको गहन पुनरावलोकन।

उत्तर-उदारवाद

अब हामी विचारधाराको रूपमा ट्रम्पवादको उदयशील स्वरूपलाई चरणबद्ध रूपमा जाँच गरौं। उपराष्ट्रपति जे.डी. भान्स खुलेरै आफूलाई "पश्च-उदारवादी" भनी चिनाउँछन्। यसले पछिल्ला दशकहरूमा अमेरिकामा प्रभुत्व जमाएको वामपन्थी उदारवादसँग पूर्ण र सम्पूर्ण रूपमा अलगावलाई संकेत गर्दछ।

आफ्नै स्पष्ट विचारधाराको अभावमा रहेको गहिरो राज्यले अब उदारवादी विचारधाराको ठूलो पुनरावलोकन, यदि यसको पूर्ण विघटन नभए पनि, त्यसको विघटनको प्रयास गर्न इच्छुक देखिन्छ। हाम्रो आँखा अगाडि, ट्रम्पवादले स्वतन्त्र र विशिष्ट विचारधाराको स्वरूप ग्रहण गर्दैछ। जुन प्रायः अहिलेसम्म प्रचलित वामपन्थी उदारवादको प्रत्यक्ष विरोधमा उभिन्छ।

विचारधाराको रूपमा ट्रम्पवाद एकात्मक छैन र यसमा धेरै ध्रुवहरू छन्। यद्यपि, यसको सामान्य रूपरेखा क्रमशः स्पष्ट हुँदै गएको छ।

वैश्वीकरण, बाम-उदारीकरण (प्रगतिवाद), र वोक संस्कृतिको अस्वीकृति

ट्रम्पवाद दृढ र खुलेरै वैश्वीकरणको अस्वीकृति गर्दछ — एकल वैश्विक बजार र सांस्कृतिक स्थानको दृष्टिकोण, जहाँ राष्ट्रिय सीमा अझै अस्पष्ट हुँदै जान्छ र राष्ट्र-राज्यहरू क्रमशः आफ्नो अधिकारहरू अन्तर्राष्ट्रिय संस्थाहरूलाई (जस्तै, ईयू) सुम्पन्छन्। वैश्वीकरण समर्थकहरू विश्वास गर्छन् कि यसले चाँडै विश्व सरकारको स्थापनामा पुग्नेछ। जस्तै क्लाउस स्वाब, बिल गेट्स, र जर्ज सोरोसले खुल्ला रूपमा समर्थन गरेका छन्। यस दृष्टिकोणमा, सबै विश्वका मानिसहरू एकीकृत आर्थिक, प्राविधिक, सांस्कृतिक, र सामाजिक संरचनामा समान अधिकारका साथ वैश्विक नागरिक बन्नेछन्। यस प्रक्रियाका लागि उपकरणहरू, वा "ग्रेट रिसेट", महामारी र पर्यावरणीय एजेण्डाहरू समावेश छन्।

ट्रम्पिज्मको लागि, यो सबै पूर्ण रूपमा अस्वीकार्य छ। यसको सट्टा, यसले राष्ट्र-राज्यहरूको संरक्षण या तिनीहरूको सभ्यतासँग एकीकरणको पक्षपाती गर्दछ — कम से कम पश्चिमी सभ्यता को सन्दर्भमा, जहाँ अमेरिकाले नेतृत्व लिन्छ। तर यो नेतृत्व अब उदारवादी ग्लोबलिस्ट विचारधाराको ध्वजामा आधारित छैन; बरु, यो ट्रम्पिज्मका मूल्यहरूको आधारमा छ। यो हंटिङटनको मूल तर्कसँग नजिकको छ, जुन अन्य सभ्यतासँगको विरोधमा पश्चिमको एकता सुदृढ गर्ने कुरा हो।

वैश्वीकतावाद अस्वीकृत

ट्रम्पवाद अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवादको धारसँग बढी मिल्दोजुल्दो छ। जसले राष्ट्रिय सार्वभौमिकतालाई स्वीकार्छ र यसको उन्मूलनको माग गर्दैन। ग्लोबलिज्मको अस्वीकारले खोप अभियानहरू र वातावरणीय एजेण्डाहरूको आलोचना समेत समावेश गर्दछ। यस सन्दर्भमा, बिल गेट्स र जर्ज सोरोस जस्ता व्यक्तिहरूलाई शुद्ध दुष्टताको प्रतीकका रूपमा चित्रित गरिन्छ।

एन्टी-वोक

ट्रम्पवादीहरूले वोक विचारधाराको कडा विरोध गर्छन्। जसलाई उनीहरूले निम्न विषयहरू समेट्ने रूपमा परिभाषित गर्छन्:

  • लिङ्ग राजनीति र विकृतिहरूको वैधानिकता;
  • क्रिटिकल रेस थ्योरी, जसले ऐतिहासिक रूपमा पीडित समूहहरूले ह्वाइट जनसंख्याको विरुद्ध बदला लिन चाहन्छ भन्ने बुझाउँछ;
  • आप्रवासन, विशेष गरी अवैध आप्रवासनको प्रोत्साहन;
  • रद्द संस्कृति र वाम-उदारवादी सेन्सरसिप;
  • उत्तर- अाधुनिकतावाद।

यी "प्रगतिशील" र परम्पराविरोधी मान्यताहरूको सट्टा, ट्रम्पवादले परम्परागत मूल्यहरू (अमेरिका र पश्चिमी सभ्यताको सन्दर्भमा) पुनःस्थापित गर्न वकालत गर्छ। यसरी, एउटा एन्टी-वोक विचारधारा निर्माण भइरहेको छ।

उदाहरणका लागि:

  • धेरै लिङ्गहरूको अवधारणालाई केवल दुई प्राकृतिक लिङ्गहरूको घोषणाले प्रतिस्थापन गरिएको छ। ट्रान्सजेन्डर व्यक्तिहरू र LGBTQ+ समुदायलाई सामाजिक मान्यता हैन, तर एक कमजोर विचलनको रूपमा हेरिन्छ।
  • नारीवाद र पुरुषत्व तथा पितृसत्ताको कडा आलोचना अस्वीकार गरिन्छ। परिणामस्वरूप, पुरुषत्व र समाजमा पुरुषहरूको भूमिकालाई पुनः केन्द्रीय स्थानमा फर्काइन्छ। पुरुषहरूले अब पुरुष हुनुको लागि क्षमा महसुस गर्नु पर्दैन। यही कारणले गर्दा ट्रम्पवादलाई कहिलेकाहीँ "भाइहरूको क्रान्ति" वा "पुरुषहरूको क्रान्ति" पनि भनिन्छ।

क्रिटिकल रेस थ्योरीलाई ह्वाइट सभ्यता पुनर्स्थापनाबाट प्रतिकार गरिन्छ। तथापि, सेतो जातिवादका अत्यधिक रूपहरू सामान्यतया ट्रम्पवादभित्रका छेउका आन्दोलनहरूमा सीमित छन्। प्रायः यो सेतो मानिसहरूको अनिवार्य आलोचनाको अस्वीकृतिमा परिणत हुन्छ, तर गैर-सेतोहरूप्रति तुलनात्मक रूपमा सहिष्णु दृष्टिकोण कायम राख्छ। जबसम्म उनीहरूले सेताहरूसँग अनिवार्य प्रायश्चितको माग गर्दैनन्।

आप्रवासनको विरुद्धमा

ट्रम्पवादले आप्रवासनमा कडा सीमा र अवैध आप्रवासीहरूको पूर्ण निष्कासनको माग गर्दछ। गैरदस्तावेजी आप्रवासीहरूको निर्वासनलाई आवश्यकताको रूपमा हेरिन्छ। ट्रम्पवादीहरू राष्ट्रिय एकीकृत पहिचानको आह्वान गर्छन् र भन्छन् कि अन्य सभ्यता र संस्कृतिबाट पश्चिमी समाजमा आउने जो–कोहीले आफ्नो होस्ट राष्ट्रका परम्परागत मूल्यहरूलाई अपनाउनुपर्छ। आप्रवासीहरूलाई सांस्कृतिक रूपमा स्वतन्त्र रहन दिने उदार बहुसंस्कृतिवादलाई पूर्ण रूपमा अस्वीकार गरिन्छ।

विशेष गरी ल्याटिन अमेरिकाबाट आएका अवैध आप्रवासीहरूप्रति कठोर आलोचना गरिन्छ, जसको आगमनले राज्यहरूको जातीय सन्तुलनलाई परिवर्तन गरिरहेको मानिन्छ। जहाँ ल्याटिनोहरू बहुमतमा पुग्दैछन्। इस्लामिक समुदायहरू, जो तीव्र रूपमा वृद्धि भइरहेको र प्रायः पश्चिमी मान्यता र मागहरूलाई अस्वीकार गर्दैछन्। अर्को चिन्ताको विषय बनेका छन्—विशेष गरी उदारवादीहरूले उनीहरूको समायोजनको माग गर्नु त परै जाओस्, साना समुदायहरूले आफ्नो पहिचान प्रकट गर्न सक्रिय रूपमा प्रोत्साहन दिएका छन्।

आर्थिक रूपमा, ट्रम्पवादीहरूले संयुक्त राज्य अमेरिकामा चिनियाँ गतिविधिहरूप्रति अत्यन्त द्वेषभाव राख्दछन्। धेरै ट्रम्पवादीहरूले देशभित्र रहेका चिनियाँ स्वामित्वका सम्पत्ति र व्यवसायहरूको पूर्ण जफतको माग गर्दछन्।

अफ्रिकी-अमेरिकीहरूप्रति सामान्यतया ठूलो द्वेषभाव उत्पन्न हुँदैन, तर जब तिनीहरू ब्ल्याक लाइभ्स म्याटर (BLM) जस्ता आक्रामक राजनीतिक आन्दोलनहरूमा संगठित हुन्छन् र अपराधी वा लागूऔषध दुर्व्यसनीहरूलाई (जस्तै जर्ज फ्लोयडको मामिलामा) नायकको रूपमा प्रस्तुत गर्छन्, ट्रम्पवादीहरूले दृढ र निर्णायक प्रतिक्रिया दिन्छन्। फ्लोयड र उनको “पवित्रता” सम्बन्धी कथा चाँडै पुनर्विचार गरिने सम्भावना छ।

वाम-उदारवादी सेन्सरसिपको विरोधमा

ट्रम्प समर्थकहरू वाम-उदारवादी सेन्सरसिपको विपक्षमा एकजुट छन्। राजनीतिक शुद्धता र चरमपन्थको विरुद्धको आडमा, उदारवादीहरूले सार्वजनिक धारणा नियन्त्रण गर्न व्यापक प्रणाली निर्माण गरेका छन्। जसले अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावकारी रूपमा समाप्त गरेको छ। यसले उनीहरूको नियन्त्रणमा रहेको मुख्यधारा मिडिया र सामाजिक सञ्जाल दुबैमा लागू हुन्छ।

जो कोही वाम-उदारवादी एजेन्डाबाट अलिकति पनि भिन्न हुन्छन्। उनीहरूलाई तुरुन्तै "दक्षिणपन्थी", "जातिवादी", "फासिस्ट" वा "नाजी" को रूपमा ब्रान्ड गरिन्छ र बहिष्कार, प्लेटफर्मबाट हटाउने र कानुनी कारवाहीको सामना गर्नुपर्छ, कहिलेकाहीँ जेल सजायसम्म पुग्न सक्ने गरिका कार्य गरिन्छ।

यो सेन्सरशिप क्रमशः सर्वसत्तावादी प्रकृतिमा परिणत भयो। ट्रम्पवाद—रुस वा युरोपेली लोकप्रियतावादी धाराहरू जस्ता अन्य विरोधी-वैश्वीकरण आन्दोलनहरूको साथमा—यसको प्राथमिक लक्ष्य बन्यो। उदारवादी अभिजात वर्गले साधारण नागरिकहरूलाई खुला रूपमा अविवेकी र अचेत समाजका तत्वहरूको रूपमा हेरे र प्रजातन्त्रलाई “बहुमतको शासन” नभई “अल्पसंख्याहरूको शासन”का रूपमा पुनःपरिभाषित गर्‍यो।

“अल्पसंख्याहरूको शासन”का रूपमा पुनःपरिभाषित गर्‍यो।

जे कुराले वामपन्थी उदारवादी कार्यसूचीबाट भिन्नता देखायो, त्यसलाई “झुटो समाचार,” “पुटिनको प्रचार,” षड्यन्त्र सिद्धान्तहरू, वा दण्डात्मक उपायहरूको आवश्यकता पर्ने खतरनाक अतिवादी विचार भनेर लेबल गरियो। परिणामस्वरूप, स्वीकार्य संवादको दायरा नाटकीय रूपमा साँघुरियो, र वामपन्थी सिद्धान्तबाहिरको कुनै पनि कुरा अस्वीकार्य र दमनको विषय मानियो। यसले उदारवादी वैश्वीकरणका सबै पक्षहरूलाई विस्तार गर्‍यो, जस्तै लैङ्गिक मुद्दा, आप्रवासन, आलोचनात्मक जातीय सिद्धान्त, खोप, आदिलाई।

अन्ततः, उदारवाद पूर्णतः सर्वसत्तावादी र अत्यन्त असहिष्णु बन्यो। जहाँ "समावेशिता" लाई प्रत्येक व्यक्तिलाई उदारवादीमा रूपान्तरण गर्ने प्रक्रियाका रूपमा परिभाषित गरियो।

ट्रम्पवादले यस सम्पूर्ण प्रवृत्तिलाई कठोर रूपमा अस्वीकार गर्छ र विगत केही दशकहरूमा क्रमशः न्यून हुँदै गएको अभिव्यक्तिको स्वतन्त्रताको पुनःस्थापनाको माग गर्दछ। ट्रम्पवादका अनुसार कुनै पनि एकल विचारधारालाई विशेष प्राथमिकता दिइनु हुँदैन। बरु सम्पूर्ण विचारधारात्मक धाराहरू—दक्षिणपन्थीदेखि वामपन्थीसम्म—अभिव्यक्तिको स्वतन्त्रताको संरक्षण गर्नु नै यसको मूल आधारशिला हो।

उत्तरआधुनिकतावादको विरोधमा

ट्रम्पवादीहरूले उत्तरआधुनिकतावादलाई पनि अस्वीकार गर्छन्। जुन सामान्यतया संस्कृति र कलामा प्रगतिशील वाम-उदारवादी प्रवृत्तिसँग सम्बन्धित छ। ट्रम्पवादले अहिलेसम्म आफ्नै सांस्कृतिक शैली विकास गरेको छैन। तर उत्तरआधुनिकताकेन्द्रित संस्कृतिको वर्चस्व समाप्त गर्न र सांस्कृतिक प्रयासहरूको विविधीकरणको समर्थन गर्न केन्द्रित छ।

उत्तरआधुनिकतावादमा निहित नाइहिलिज्मको विरोधमा, ट्रम्पवादीहरू धर्म, खेलकुद, परिवार, र नैतिकता जस्ता परम्परागत मूल्यहरूको प्रवर्द्धन गर्छन्।

अधिकांश ट्रम्प समर्थकहरू परिष्कृत बौद्धिकहरू होइनन्; तिनीहरू मुख्य रूपमा उत्तरआधुनिकतावादी आधिपत्यको पुनर्मूल्यांकन र विकृत कलालाई सामान्य मान्यता दिने प्रवृत्तिको उल्टाइको माग गर्छन्।

तर, केही ट्रम्पवादी विचारधाराका प्रवर्तकहरूले उत्तरआधुनिकतालाई वामपन्थी-उदारवादीहरूबाट "पुनःअधिग्रहण" गरी एउटा "वैकल्पिक उत्तरआधुनिकता" निर्माण गर्ने प्रस्ताव राख्छन्। जसलाई "दक्षिणपन्थी उत्तरआधुनिकता" भन्न सकिन्छ। उनीहरू व्यंग्य र विघटन (deconstruction) लाई आत्मसात् गर्दै ती उपकरणहरूलाई वाम-उदारवादी सूत्रहरू र मान्यताहरू विरुद्ध प्रयोग गर्न सुझाउँछन। ठीक त्यही तरिकाले जसरी तिनीहरू परम्परावादीहरू र दक्षिणपन्थीहरूमाथि पहिले प्रयोग भएका थिए।

ट्रम्पको पहिलो राष्ट्रपति पदको चुनावी अभियानको समयमा, उनका समर्थकहरू 4chan जस्ता मञ्चहरूमा एकजुट भए, जहाँ उनीहरूले व्यंग्यात्मक मीमहरू सिर्जना गर्दै उदारवाद समर्थकहरूलाई ब्यंग्य र उक्साउन उद्देश्यप्रेरित असंगत विचारहरू प्रस्तुत गरे। केही चिन्तकहरू, जस्तै कर्टिस यार्विन वा निक ल्याण्ड, अझ अघि बढे र "गाढा ज्ञानोदय" (Dark Enlightenment) को अवधारणा अघि सारे, जसले उदारवादको एक प्रतिकूल व्याख्या प्रस्तुत गर्‍यो। तिनीहरूमध्ये केहीले त अमेरिकामा राजतन्त्र स्थापना गर्नुपर्ने प्रस्तावसमेत गरे।

हायकदेखि सोरोससम्म र फेरि फर्कँदै

वाम-उदारवादीहरूको दृष्टिकोणबाट हेर्दा, विगत शताब्दीभरि मानवताको राजनीतिक इतिहास शास्त्रीय उदारवादबाट वामपन्थी र यहाँसम्म कि चरम वामपन्थी सीमासम्म अघि बढेको छ। शास्त्रीय उदारवादीहरूले विचलनहरूलाई सहन गर्थे। तर केवल व्यक्तिगत स्तरमा, कहिल्यै तिनलाई मान्यता प्राप्त मानक वा कानुनी रूप दिइएन। तर प्रगतिशील उदारवादीहरूले यस्ता विचलनहरूलाई सामान्यीकरण मात्र गरेनन्, बरु तिनलाई कानुनी रूपमै स्थापित गरे। जसरी शास्त्रीय उदारवादीहरूले सामूहिक पहिचानको जुनसुकै रूपलाई ध्वस्त पार्ने आफ्नो परियोजनालाई निरन्तरता दिएका थिए, व्यक्तिवादलाई यसको तार्किक चरम सीमासम्म धकेल्दै।

यस विकासक्रमलाई २०औं शताब्दीको उदारवादी विचारधाराका तीन प्रतीकात्मक व्यक्तित्वहरू मार्फत बुझ्न सकिन्छ:

  1. नवउदारवादका संस्थापक फ्रेडरिक हायेकले व्यक्तिले के सोच्न वा गर्नुपर्छ भन्ने कुनै पनि विचारधाराको अस्वीकार गर्नुपर्छ भन्ने वकालत गरे। यसले पुरानो शास्त्रीय उदारवादलाई प्रतिनिधित्व गर्थ्यो। जसले पूर्ण व्यक्तिगत स्वतन्त्रता र अबाधित बजारलाई महत्त्व दिन्थ्यो।
  2. हायेकका विद्यार्थी कार्ल पोपरले अधिनायकवादी विचारधाराहरूको यस आलोचनालाई अझ विस्तार गरे, जसले फासिवाद र साम्यवादलाई लक्ष्य बनायो। साथै प्लेटो र हेगेलजस्ता व्यक्तित्वहरूसम्म पनि यसको दायरा फैलायो। पोपरका लेखनहरूमा एक स्पष्ट अधिनायकवादी स्वर प्रकट भयो। उनले उदारवादीहरू तथा उदारवादका समर्थकहरूलाई “मुक्त समाज”का सदस्यका रूपमा चित्रित गरे, जबकि अन्य सबैलाई “मुक्त समाजका शत्रु” भनी परिभाषित गरे। उनले तिनको उन्मूलनको वकालत गरे—अगावै नै—ताकि उनीहरूले “मुक्त समाज”लाई हानि पुर्‍याउन वा यसको प्रगतिलाई ढिलो गर्न नपाउन।
  3. जर्ज सोरोस, पोपरका छात्रहरुले यो दृष्टिकोणलाई अझ अगाडि बढाए। कुनै पनि अलोकतान्त्रिक शासनहरूलाई उल्ट्याउन वकालत गरे। त्यस्ता शासनहरूको विरोध गर्ने सबैभन्दा उग्र — प्रायः आतंककारी — आन्दोलनहरूलाई समर्थन गरे। र पश्चिमी समाजभित्रै "खुला समाज" का विरोधीहरूलाई कठोर रूपमा दण्डित, अपराधीकरण र समाप्त गर्ने कार्य गरे। सोरोसले ट्रम्प, पुटिन, मोदी, सी जिनपिङ, र ओरबानलाई आफ्नो व्यक्तिगत शत्रु घोषणा गरे र अटकलमार्फत संकलित अपार सम्पत्तिको प्रयोग गरी तीव्र रूपमा उनीहरूसँग लडाइँ गरे।

सोरोस पूर्वी युरोप, पोस्ट-सोभियत क्षेत्र, इस्लामिक विश्व, तथा यहाँसम्म कि दक्षिणपूर्वी एसिया र अफ्रिकामा समेत रंगीन क्रान्तिहरूको प्रमुख योजनाकार बने। उनले COVID-19 महामारीको समयमा व्यक्तिगत स्वतन्त्रतामाथि कठोर प्रतिबन्धहरूको पूर्ण रूपमा समर्थन गरे। अनिवार्य सामूहिक खोपलाई प्रवर्द्धन गरे र कुनै पनि असहमति राख्नेलाई कठोर रूपमा दमन गरे। यसरी, नयाँ उदारवाद खुलेरै सर्वसत्तावादी, उग्रवादी, र यहाँसम्म कि आतंककारी प्रवृत्तिको बन्यो।

ट्रम्पवादले यस क्रमलाई उल्टाउने प्रस्ताव राख्छ— हायेकदेखि पोपर हुँदै सोरोससम्मको मार्गलाई फिर्ता फर्काएर सुरुआतमा पुनः फर्कन। यो हायेकको सर्वसत्तावादविरोधी शास्त्रीय उदारवादको पुनःस्थापना गर्न प्रस्ताव गर्छ। जसले विचारको पूर्ण स्वतन्त्रता र स्वतन्त्र बजारलाई अँगालेको थियो। केही ट्रम्पवादीहरू अझ अगाडि गएर अमेरिकी गहिरो परम्परावादको पुनर्जागरणको आह्वान गर्छन्, जुन अमेरिकी गृहयुद्धभन्दा पहिलेदेखि अस्तित्वमा थियो।

ट्रम्पवादका आन्तरिक विभाजन

हाम्रो विश्लेषणले ट्रम्पवादको विचारधाराका प्रमुख रूपरेखाहरूको संकेत गर्छ। यद्यपि, यस सामान्य रूपरेखा भित्र पनि केही गुट र तनावहरू देखिन थालेका छन्। जसले कहिलेकाहीं स्पष्ट रूपमा विरोध गर्ने प्रवृत्तिहरूलाई जनाउँछन्।

एक विभाजन रेखा हालसालै “दक्षिणपन्थी प्राविधिकतावादी र दक्षिणपन्थी पारंपरिकतावादी बीचको द्वन्द्व” भनेर व्याख्या गरिएको छ - वा "टेक राइट" बनाम "ट्रेड राइट"।

दक्षिण पन्थी प्राविधिकतावादीहरूको निर्विवाद नेता र प्रतीक एलोन मस्क हुन्। मस्कले प्रविधीय भविष्यवादलाई - जसको प्रतीक उनका प्रसिद्ध मङ्गल ग्रहमा उपनिवेश बसाउने र नवप्रवर्तनका सीमाहरूलाई अघि बढाउने प्रतिज्ञाहरू छन्। पारंपरिक मूल्यहरूसँग र दक्षिण पन्थी जनवादी विचारधाराको सक्रिय समर्थनसँग संयोजन गर्छन्। मस्कको स्थिति राम्रोसँग चिनिएको छ र पश्चिममा यसलाई नजिकैबाट हेरिरहेको छ।

ट्रम्पको उद्घाटन अघि नै, मस्कले आफ्नो प्लेटफर्म X मा नयाँ दायाँ-कन्जरवेटिभ एजेन्डा सक्रिय रूपमा प्रवर्धन गर्न थालें। जसको उद्देश्य सोरोसको वैश्वीकतावादी नेटवर्कलाई प्रतिस्थापित गर्नु थियो। जहाँ सोरोसले एक पटक राजनेताहरूलाई घूस दिए र विश्वभरिका शासन परिवर्तनहरूलाई व्यवस्थित गरेका थिए।मस्क अहिले यस्तै उपायहरू अपनाइरहेका छन् — तर एंटी-ग्लोबलिस्ट र युरोपेली पपुलिस्टहरूको पक्षमा, जस्तै जर्मनीको "अल्टरनेटिभ फर जर्मनी" (AfD) का नेता एलिस वाइडल, ब्रिटेनका नाइजेल फराज र फ्रान्सकी मरीन ले पेन।

तर, संयुक्त राज्य अमेरिकामा मस्कको एजेन्डाले ट्रम्पको पहिलो कार्यकालका दौरान ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार, स्टीव ब्याननद्वारा नेतृत्व गरिएको एक समूहबाट प्रतिरोधको सामना गरिरहेको छ। ब्यानन र उनका सहयोगीहरूले दायाँपन्थी पारंपरिकतावादहरूको प्रतिनिधित्व गर्छन्। यो द्वन्द्व कानूनी आप्रवासीहरूलाई आवासीय अनुमति दिने नीतिमा देखिएको हो — जुन मस्कले समर्थन गरेका छन् । तर ब्याननले तीव्र अस्वीकार गरेका छन्।

ब्यानोनले अमेरिकन राष्ट्रियताका सिद्धान्तहरू प्रकट गर्दै कडा नागरिकता प्रक्रियाहरूको माग गरेका थिए र "अमेरिका अमेरिकनहरूको लागि!" भन्ने नारा निर्माण गरेका थिए। धेरैजना ब्यानोनको समर्थनमा जुटे, जसले मस्कलाई आलोचना गरे कि उनी केवल हालसालै मात्र कन्जरभेटिभसँग जोडिएका छन् । जबकि अमेरिकन राष्ट्रियतावादीहरू यी मूल्यहरूको लागि दशको दशकदेखि संघर्ष गर्दै आएका थिए।

यो भिन्नता ट्रम्पवादभित्र बढ्दो तनावलाई प्रकाश पार्छ, जसमा एकतर्फ दायाँपन्थी विश्ववादी दृष्टिकोण, भविष्यवाद र प्राविधिकतावाद छ भने अर्कोतर्फ दायाँपन्थी राष्ट्रियतावादको उभार छ।

इजरायल समर्थक र इजरायल विरोधीबीचको विभाजन

इजरायल समर्थक र इजरायल विरोधी ट्रम्पपंथीहरूको बीचमा अर्को विभाजन रेखा देखा परेको छ।

ट्रम्प आफैं, उपराष्ट्रपति जे.डी. भान्स र पिट हेगसेथ (ट्रम्पको नयाँ प्रशासनमा रक्षा सचिवका रूपमा नामांकित) इजरायलका दृढ समर्थक हुन्। ट्रम्पको इजरायल समर्थक धारणा र नेतान्याहूप्रतिको अडिग समर्थनले सम्भवतः उनको निर्वाचन विजयमा योगदान पुर्यायो।अमेरिकामा यहूदी लबीको प्रभाव अत्यधिक बलियो रहेको छ।

तर, जोन मियरशाइमर, जेफ्री साच्स, र पत्रकार एलेक्स जोन्स जस्ता व्यक्तिहरू—ट्रम्पको टोलिमा प्रमुख यथार्थवादी—ट्रम्पिजमको यस पक्षको विरोध गर्छन्। तिनीहरू भनेका छन् कि अमेरिकाले मध्यपूर्वसँग सम्बन्धमा थप व्यावहारिक दृष्टिकोण अपनाउनुपर्छ, र यो बुझ्नुपर्छ कि कहिलेकाहीँ अमेरिकाका चासोहरू इजरायलको चासोहरूबाट फरक पर्दछन्।

रोचक कुरा भनेको, ट्रम्पको घेरा भित्रका व्यक्तिहरू प्रायः यी मुद्दाहरूमा विरोधाभासी धारणा राख्छन्। उदाहरणका लागि, इजरायलको आलोचक एलेक्स जोन्सले मस्कको समर्थन गर्छन् भने, मस्कका विपक्षी स्टीव ब्याननले इजरायल पक्षको साथ दिन्छ।

जेनेरेसन सिद्धान्त

विलियम स्ट्राउस र निल होवद्वारा विकास गरिएको जेनेरेसन (पुस्ता) सिद्धान्तको संक्षिप्त छलफलले अमेरिकी राजनीतिक र सामाजिक इतिहासमा ट्रम्पिज्मको स्थान स्पष्ट गर्न मद्दत गर्न सक्छ।

विलियम स्ट्रॉस र नील होव द्वारा विकास गरिएको पीढीगत सिद्धान्तको संक्षिप्त छलफलले अमेरिकन राजनीतिक र सामाजिक इतिहासमा ट्रम्पवादको स्थान स्पष्ट गर्न मद्दत गर्न सक्छ।

यस सिद्धान्तअनुसार, अमेरिकी इतिहासले लगभग ८५ वर्षको लम्बाइमा दोहोरिने चक्रहरू समावेश गर्दछ (जसलाई मानव जीवनको आयु मान्न सकिन्छ), जुन प्रत्येकलाई चारवटा “टर्निङ्स” वा युगहरूमा विभाजन गरिएको छ। जसलाई ऋतुसँग तुलना गर्न सकिन्छ।

  1. "उच्च" (वसन्त): सामूहिक आन्दोलन, आशावाद र सामाजिक एकता को समय।
  2. "जागरण" (गर्मी): आन्तरिक जीवन, आत्मिकता र व्यक्तिवादमा ध्यान केन्द्रित गर्ने समय।
  3. "विघटन" (पटक): सामाजिक विखण्डन, भौतिकवाद र संस्थाहरूको कमजोरीको समय।
  4. "संकट" (हिमाल): सामाजिक पतनको समय, जहाँ नेताहरूको अयोग्यता र सांस्कृतिक पतनको विशेषता हुन्छ।।

यस ढाँचाअनुसार, वर्तमान "संकट" अवधि २००० को दशकको सुरुवातमा सुरु भएको हो र यसले ९/११ का घटनाहरू, सैनिक हस्तक्षेप, COVID-१९ महामारी, र युक्रेन युद्ध जस्ता घटनाहरूमा परिणत भएको छ। ट्रम्पको निर्वाचनले यस "संकट" को समाप्ति र नयाँ चक्रको शुरुआतलाई जनाउँछ— "उच्च" मा फिर्ती।

ट्रम्पवादको भू-राजनीति

अब हामी ट्रम्पवादको अर्को पक्ष—यसको वैदेशिक नीतितर्फ फर्कौं। यसको मुख्य परिवर्तन वैश्विक दृष्टिकोणबाट अमेरिकी केन्द्रितता र अमेरिकाको विस्तारवादतर्फ केन्द्रित हुनु हो।

यसको स्पष्ट उदाहरण ट्रम्पका क्यानडालाई ५१औँ राज्यका रूपमा समेट्ने, ग्रिनल्याण्ड किन्ने, पनामा नहरमाथि नियन्त्रण जमाउने, र मेक्सिकोको खाडीलाई "अमेरिकी खाडी" नामकरण गर्ने घोषणा हुन्। यी घोषणाहरूले अन्तर्राष्ट्रिय सम्बन्धमा आक्रामक यथार्थवादको झल्को दिन्छन् र झन् महत्वपूर्ण रूपमा, एक शताब्दीसम्म वुड्रो विल्सनको वैश्विकतावादी सिद्धान्त हावी भएपछि मनरो सिद्धान्ततर्फको पुनरागमनलाई दर्शाउँछन्।

१९औँ शताब्दीमा प्रतिपादित मनरो सिद्घान्तले उत्तर अमेरिकी महाद्वीपमा तथा केही हदसम्म दक्षिण अमेरिकी महाद्वीपमा पनि अमेरिकी नियन्त्रणलाई प्राथमिकता दियो। जसको उद्देश्य नयाँ विश्वमा यूरोपेली शक्तिहरूको प्रभावलाई कम गर्दै अन्ततः समाप्त गर्नु थियो। प्रथम विश्वयुद्धपछिको विल्सन सिद्घान्तले अमेरिका केवल एक राष्ट्र-राज्यको रूपमा सीमित नरहेर एक विश्वव्यापी अभियानतर्फ केन्द्रित गऱ्यो—विश्वभर उदारवादी प्रजातन्त्रका मान्यताहरू फैलाउने तथा यसको संरचनाहरूलाई विस्वव्यापी रूपमा कायम राख्ने।

महामन्दी (ग्रेट डिप्रेसन) को समयमा विल्सनवादी सिद्घान्तको प्रभाव घट्यो, तर दोस्रो विश्वयुद्धपछि पुनः सतहमा आयो र दशकौंसम्म अमेरिकी वैदेशिक नीतिमा प्रभुत्व जमायो।

विल्सनवादी वैश्विकतावाद अन्तर्गत क्यानडा, ग्रीनल्यान्ड वा पानामा नहर कसको नियन्त्रणमा छ भन्ने विषय गौण रह्यो। किनभने यी सबै विश्वव्यापी सत्ताधारी उदारवादी-प्रजातान्त्रिक शासन प्रणाली अन्तर्गत सञ्चालनमा थिए।

आज, ट्रम्पले यो विषयमा निर्णायक रूपमा ध्यान परिवर्तन गरिरहेका छन्। संयुक्त राज्य अमेरिका एक राष्ट्र-राज्यको रूपमा "फेरि महत्त्वपूर्ण बनेको छ," र यसले क्यानडा, डेन्मार्क, र पनामा लाई विश्व सरकारको अधीनमा होइन (जसलाई ट्रम्प प्रभावकारी रूपमा ध्वस्त पार्न चाहन्छन्), बरु वाशिङ्टन, संयुक्त राज्य अमेरिका, र ट्रम्पलाई नयाँ "उच्च" युगका करिश्माई नेताका रूपमा स्वीकार्न माग गर्दछ।

यदि पुएर्टो रिकोलाई गणना गरिएमा, ५१ औं राज्य, ग्रीनल्यान्ड, र पनामा नहर समावेश गरिएको एउटा अमेरिकी नक्साले विल्सोनियन वैश्वीकताबाट मोनरो सिद्धान्ततर्फको यो परिवर्तनलाई स्पष्ट रूपमा चित्रित गर्दछ।

युरोपमा विश्ववादी शासनहरूको विघटन

पश्चिमलाई पहिले नै अचम्ममा पारिसकेको सबैभन्दा चकित पार्ने घटनाक्रमहरूमध्ये एक हो— ट्रम्पपन्थीहरूले, अझै पूर्ण रूपमा शक्ति सुदृढ नगरी नै, अन्तर्राष्ट्रिय रूपमा आफ्नो कार्यक्रम लागू गर्न सुरु गरिसकेका छन्। उदाहरणका लागि, डिसेम्बर २०२४ देखि एलन मस्कले आफ्नो प्लेटफर्म X मार्फत नयाँ "ट्रम्पपन्थी" संयुक्त राज्य अमेरिका प्रतिकूल नेताहरूलाई विस्थापित गर्ने सक्रिय अभियानहरू थालेका छन्।

यसअघि, यस्ता गतिविधिहरू सोरोसद्वारा समर्थित वैश्वीकतावादी संरचनाहरूको वर्चस्वमा थिए। मस्कले कुनै समय नष्ट नगरी उही रणनीतिहरू कार्यान्वयन गर्न थालेका छन्। यस पटक युरोपका जर्मनीकी एलिस वेडल (Alternative for Germany), बेलायतका नाइजेल फराज र फ्रान्सकी मरीन ले पेनजस्ता वैश्वीकतावाद-विरोधी तथा लोकप्रियतावादी नेताहरूको समर्थनहरु।

डेनमार्क सरकार, जसले ग्रीनल्यान्ड हस्तान्तरण गर्ने विचारको विरोध गरिरहेको थियो, र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, जसले आफ्नो देशलाई संयुक्त राज्य अमेरिकाको ५१औँ राज्य बन्न नदिन दृढता देखाएका थिए। तिनीहरू पनि मस्कको तीव्र निगरानीमा परेका छन्।

युरोपेली वैश्विकवादीहरू, जो पुरानो सञ्जालका बाँकी अंशको प्रतिनिधित्व गर्छन्। अचम्मित भएका छन् र युरोपेली राजनीतिमा अमेरिकाको प्रत्यक्ष हस्तक्षेपको विरोध जनाएका छन्। यसको प्रत्युत्तरमा, मस्क र ट्रम्पपन्थीहरूले यथोचित रूपमा औंल्याएका छन् कि जब सोरोसको हस्तक्षेपमा कसैले आपत्ति जनाएन। अब तिनको पालो आएको छ। उनीहरू तर्क गर्छन् कि यदि संयुक्त राज्य अमेरिका नै विश्वको नेतृत्वकर्ता हो भने, ओबामा, बाइडेन, र सोरोस अर्थात् 'डीप स्टेट' अन्तर्गत जसरी युरोप वासिङ्टनको पालना गरिरहेको थियो, त्यसैगरी अहिले पनि अनुसरण गर्नुपर्छ।

मस्क, पिटर थिएल र मार्क जुकरबर्ग जस्ता व्यक्तिहरूसँग मिलेर, युरोपबाट सुरू गर्दै, विश्वव्यापी प्रणालीलाई ध्वस्त पार्ने प्रयत्न गरिरहेका छन्। उनीहरू ट्रम्पवादी मूल्यहरू साझा गर्ने लोकप्रियतावादी नेताहरूलाई सत्तामा ल्याउने प्रयासमा छन्। हंगेरी (ओर्बानको नेतृत्वमा), स्लोभाकिया (फिकोको नेतृत्वमा) र इटाली (मेलोनीको नेतृत्वमा) जस्ता केही राष्ट्रहरू पहिले नै परम्परागत मूल्यहरूको समर्थन गर्ने र विभिन्न हदसम्म वैश्वीकतावादीहरू (ग्लोबलिस्टहरू) को विरोध गर्ने भएकाले यस मोडलसँग सहज रूपमा तालमेल मिलाउन सक्षम भएका छन्।

अन्य युरोपेली राष्ट्रहरूमा, ट्रम्पवादी विचारधाराका पक्षधरहरू जुनसुकै उपाय अपनाएर सरकार परिवर्तन गर्न कटिबद्ध देखिन्छन्। आफ्ना विश्वव्यापीकरणवादी पूर्ववर्तिहरूले प्रयोग गरेका उही रणनीति अपनाउँदै। उदाहरणका लागि मस्कले बेलायतको लेबर पार्टीका नेता केयर स्टार्मरविरुद्ध अभूतपूर्व अभियान सुरु गरेका छन्। जसमा उनलाई "बेलायतमा भइरहेको पाकिस्तानी आप्रवासीहरूको बलात्कार गिरोहको समर्थनकर्ता र सह-अपराधी" को रूपमा चित्रण गरिएको छ। यस्ता कठोर आरोपहरू वाशिङ्टनबाट आउँदा, बेलायती जनताले तिनीहरूलाई सत्य मान्ने सम्भावना रहन्छ।

फ्रान्समा इमानुएल माक्रोंविरुद्ध र जर्मनीको उदारवादी प्रतिष्ठानविरुद्ध, जसले दक्षिणपन्थी लोकप्रीय दल "AfD" को तीव्र उदयलाई नियन्त्रण गर्न खोजिरहेको छ। यस्तै एक अभियान आकार लिँदै छ।

पहिले नै कठोर रूपमा अमेरिकी पक्षधर रहेको युरोप अब वैचारिक मार्ग परिवर्तनको सङ्घारमा छ। यदि पूर्ण रूपमा उल्टो मोड नलागे पनि। यो आकस्मिक परिवर्तन युरोपेली नेताहरूका लागि अत्यन्तै असहज बनिरहेको छ। जसले सर्कसका तालिमप्राप्त आज्ञाकारी जनावरझैँ आफ्ना मालिकका आदेशहरू दासताका साथ पालना गर्न सिकेका थिए। अहिले उनीहरूलाई नैतिक रूपमा आफूले अन्धविश्वासपूर्वक समर्थन गरेका सिद्धान्तहरू परित्याग गर्न र नयाँ ट्रम्पपन्थी वैचारिक केन्द्रसँग वफादारी गर्ने प्रतिबद्धता जनाउन माग गरिएको छ।

केही मानिसहरूले स्वीकार गर्नेछन्; अरूले प्रतिरोध गर्नेछन्। तर प्रक्रिया अघि बढिरहेको छ — ट्रम्पपंथीहरू युरोपमा उदारवादीहरू र वैश्वीकतावादीहरूलाई कमजोर पार्दैछन्। यो फेरि पनि सामुएल हन्टिङ्टनका सिफारिसहरूलाई पछ्याउँछ। ट्रम्पपंथीहरू पश्चिमलाई एकीकृत भू-राजनीतिक र वैचारिक सभ्यता रूपमा सुदृढ गर्न चाहन्छन्। सारमा, लक्ष्य एउटा पूर्ण विकसित अमेरिकी साम्राज्य निर्माण गर्नु हो।

चीन-विरोधी

ट्रम्पवादी विदेश नीतिको अर्को प्रमुख स्तम्भ चीनको विरोध हो। ट्रम्पवादका अनुयायीहरूका लागि, चीन वामपन्थी उदारवाद (लेफ्ट-लिबरलिजम) र वैश्वीकतावादीकरण (ग्लोबलिजम) का तत्त्वहरूसँग गाँसिएको छ। जसलाई उनीहरूले वामपन्थी विचारधारा र अन्तर्राष्ट्रियवादको रूपमा हेर्छन्। उनीहरूका दृष्टिमा, चीन यी दुवैको प्रतीक हो। जुन अमेरिकी विश्वव्यापीकरणवादका नीतिहरूसँग परम्परागत रूपमा जोडिएको छ।

वास्तविकतामा, आधुनिक चीन धेरै जटिल छ। तैपनि, ट्रम्पवादीहरूले चीनलाई प्रमुख प्रतिस्पर्धीको रूपमा हेर्छन्, किनकि उसले विश्वव्यापीकरणको फाइदा उठाएर आफूलाई एक स्वतन्त्र शक्तिको रूपमा स्थापित गरेको छ र अमेरिकी उद्योग, व्यापार तथा भूमि समेतको महत्त्वपूर्ण अंश हासिल गरेको छ। सस्तो श्रमको खोजीमा अमेरिकी उत्पादन उद्योग दक्षिणपूर्व एशियामा स्थानान्तरण गरिँदा अमेरिकाले आफ्नो औद्योगिक सम्प्रभुता गुमाएको छ। जसले उसलाई बाह्य स्रोतहरूमा निर्भर बनाएको छ।

ट्रम्प समर्थकहरूका लागि, चीनको उदयको दोष पूर्ण रूपमा अमेरिकी वैश्वीकतावादीहरूमा लाग्छ। यसरी, चीनलाई तिनीहरूको मुख्य शत्रुका रूपमा चित्रित गरिएको छ।

चीनको तुलनामा, रूसलाई दोस्रो दर्जाको चिन्ताको रूपमा हेरिएको छ र यो प्रायः ध्यानको केन्द्रबाट हराएको छ। चीन मुख्य प्रतिद्वन्द्वीका रूपमा केन्द्रबिन्दुमा आएको छ। फेरि, वैश्विक अस्तव्यस्तताको जिम्मेवारी अमेरिकी वैश्वीकतावादीहरूलाई दिइएको छ।

इजरायलको समर्थन प्रवृत्ति

ट्रम्पवादी विदेश नीतिको दोस्रो प्रमुख थिम इजरायल र यसको “दूर-दक्षिणपन्थी” समुहहरूको समर्थन हो। यद्यपि ट्रम्पवादीहरू बीच यस मुद्दामा कुनै एकमत छैन (केही इजरायलका विरोधी छन्), प्राबल्य मान्यता इजरायलको पक्षमा छ। यसले प्रोटेस्टेन्ट धर्मशास्त्रका यहूदी-क्रिश्चियन सिद्धान्तसँग मेल खान्छ। जसले यहूदी मसीहाको आगमनलाई भविष्यवाणी गरेको छ। जुन यहूदीहरूको ईसाई धर्ममा धर्मान्तरणको पूर्वसन्धानको रूपमा देखिन्छ। साथै इस्लामको सामान्य अस्वीकृति पनि।

ट्रम्पवादको इस्लामोफोबिया इजरायलसँगको उनीहरूको एकता दृढ बनाउँछ। विशेष गरेर, उनीहरूले इस्लामको शिया ध्रुव (ईरान, इराकी शिया, यमनी हूथी, र सिरियाली अलावाइट्स) लाई मुख्य खतरा मान्छन्। ट्रम्पवाद शिया विरोधी छ र व्यापक रूपले दक्षिणपन्थी सियोनिजमको प्रति वफादार छ।

लाटिनहरूको बिरोध

लाटिनहरूको मुद्दा अमेरिकी घरेलु नीतिमा ट्रम्पवादको दृष्टिकोणबाट सबैभन्दा महत्त्वपूर्ण चिन्ताहरू मध्ये एक हो। यहाँ एकपटक फेरि साम्युअल हन्टिङटनका विचारहरू सान्दर्भिक छन्। दशकौंपछि, हन्टिङटनले लाटिन अमेरिका देखि भएको जनसंख्याको ठूलो आप्रवासनलाई अमेरिकी सांस्कृतिक पहिचानको मुख्य खतरा भनेका थिए। जुन WASP (सेतो एंग्लो-स्याक्सन प्रोटेस्टेन्ट) संस्कृतिमा आधारित थियो। हन्टिङटनले भनेका थिए कि, एक निश्चित हदसम्म, एंग्लो-स्याक्सनहरूले अन्य जातीय समूहलाई अमेरिकी "मेल्टिङ पोट" मा समाहित गर्न सक्थे। तर, लाटिनहरूको विशाल आगमनले यसलाई असम्भव बनायो।

फलस्वरूप, अमेरिकामा आप्रवासन विरोधी भावना एक विशेष रूप लिइसकेको छ - विशेषगरी लाटिन अमेरिका बाट भएको ठूलो आप्रवासनको बिरोध। ट्रम्पको "महान पर्खाल", जसलाई उनको पहिलो कार्यकालमा सुरु गरिएको थियो। यस दृष्टिकोणको प्रतीकको रूपमा प्रस्तुत गरियो।

यो दृष्टिकोणले ट्रम्पवादी दृष्टिकोणलाई ल्याटिन अमेरिकी राष्ट्रहरूको बारेमा पनि आकार दिन्छ। यी देशहरूलाई सामान्य रूपमा "वामपन्थी" र आपराधिक आप्रवासनका स्रोतहरूका रूपमा हेरिन्छ। मोनरो सिद्धान्तमा फिर्ता जानुले अमेरिका लाई ल्याटिन अमेरिकामा कडा नियन्त्रण गर्न आवश्यकताको महत्त्वलाई जोड दिन्छ। जसले मेक्सिकोसँगको तनावलाई तीव्र बनाउँछ र पनामा नहरमाथि पूर्ण नियन्त्रणको मागलाई अघि बढाउँछ।

रूसलाई बिर्सेर, युक्रेनको कुरा त नगर्नु

अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा, रूस ट्रम्पवादी भू-राजनीतिमा तुलनात्मक रूपमा कम महत्त्वपूर्ण स्थान ओगट्छ। ट्रम्पवादिहरूलाई विश्वव्यापी विचारकहरूको जस्तो रूस-सम्बन्धी पूर्वाग्रह छैन। तर तिनीहरू रूसप्रति विशेष प्रेम पनि राख्दैनन्।

ट्रम्पवादमा एक सानो समुह छ जसले रूसलाई सेतो क्रिश्चियन सभ्यताको हिस्सा मान्छ र यसलाई चिनियाँ गोधुलीमा धकेल्नु गल्ती हुनेछ भन्ने विश्वास राख्छ। यद्यपि, यस्ता आवाजहरू दुर्लभ छन्। अधिकांशको लागि, रूसलाई कुनै ठूलो महत्त्व छैन। आर्थिक दृष्टिकोणले, यो गम्भीर प्रतिस्पर्धी होइन। (चीनको जस्तो), यसको अमेरिका भित्र कुनै ठूलो डायस्पोरा छैन र युक्रेनसँगको संघर्षलाई क्षेत्रीय र द्वितीयक मुद्दाको रूपमा हेरिन्छ। जसका लागि वैश्वीकतावादी विचारकहरू (ट्रम्पवादीहरूको विपक्षीहरू) जिम्मेवार छन्।

युक्रेनमा द्वन्द्वको समापन आवश्यक हुनेछ। तर, यदि छिटो भने समाधान सम्भव छैन। ट्रम्पिस्टहरू यूरोपका ग्लोबलिस्ट शासनप्रति यो मुद्दा छोड्नमा सन्तुष्ट छन्। यसका कारण यी शासनहरूमा उत्पन्न हुने तनावले मात्र तिनीहरूलाई कमजोर बनाउने छ। जुन ट्रम्पपन्थीका लक्ष्यसँग मेल खान्छ।

ट्रम्पपन्थीहरूको लागि, युक्रेनको कुनै रणनीतिक महत्त्व छैन र यसलाई प्रमुख रूपमा ओबामा र बाइडन प्रशासनसँग सम्बन्धित भ्रष्टाचार काण्डहरूको पर्दाफासको दृष्टिकोणबाट हेरिन्छ।

यद्यपि ट्रम्पपन्थीहरू सामान्यतया द्वन्द्वमा रूसको पक्षमा उभिएका छैनन्। उनीहरूले बाइडनको राष्ट्रपति कार्यकालमा युक्रेनलाई प्रदान गरिएको अभूतपूर्व समर्थनको विरोध गर्छन्।

बहुध्रुवियताबारे निष्क्रिय

ट्रम्पवादको बहुध्रुवियताप्रतिको दृष्टिकोण जटिल छ। बहुध्रुवियता संसारको विचार ट्रम्पिज्मको आदर्शसँग पूरै मेल खाँदैन। वैश्वीकतावादीहरूले समावेशी एकध्रुवियताको खोजी गर्दा, ट्रम्पिज्म नयाँ अमेरिकी प्रभुत्वको कल्पना गर्छ। जुन परम्परागत अमेरिकी मूल्यहरूमा केन्द्रीत छ: एक सेतो, क्रिश्चियन पश्चिम जसमा पितृसत्तात्मक मान्यताहरू छन् र यसले एकै समयमा स्वतन्त्रता, व्यक्तिवाद र बजारको मूल्यलाई महत्त्व दिन्छ।

यस संरचनाबाहिर रहेका व्यक्तिहरूसँग, ट्रम्पिज्म दुई विकल्पहरू प्रदान गर्छ: या पश्चिमसँग मेल खाने, वा समृद्धि र विकासको बाहिर रहनु। अब यो समावेशिता बारेमा होइन, बरु चयनात्मक बहिष्कारको कुरा हो। पश्चिम एक क्लबजस्तै बनिन्छ जसमा अरूलाई सामेल हुन चाहने इच्छा राख्न सक्छ, तर यसका लागि कडा मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ।

ट्रम्पवादी अन्य सभ्यताप्रति उदासीन छन्। यदि तिनीहरूले आफ्नो बाटोमा अडिग रहन चाहन्छन् भने, त्यसो होस्। त्यो तिनीहरूको लागि हानि हो। तर जो पश्चिमसँग सामेल हुन चाहन्छन्, तिनीहरूले कठोर परीक्षणहरू पास गर्नुपर्छ। त्यसपछि पनि, तिनीहरू सम्भवत: दोस्रो दर्जाका सहभागीहरूको रूपमा नै रहन सक्छन्।

यसरी, ट्रम्पवाद सक्रिय रूपमा बहु-ध्रुवीय विश्वको प्रवर्धन गर्दैन। तर, यसलाई निष्क्रिय रूपमा सहन गर्छ। बहु-ध्रुवीयता विश्ववादीहरूको पतनको अनिवार्य परिणामको रूपमा देखिन्छ। सकारात्मक लक्ष्यको रूपमा होइन।

संयुक्त राज्य अमेरिकामा आन्तरिक बहुध्रुवीयता

ट्रम्पवादको सबैभन्दा उल्लेखनीय पक्षहरूमध्ये एक यसको अमेरिकी आन्तरिक मुद्दाहरूमा तीव्र केन्द्रित हुनु हो। "MAGA" (Make America Great Again) र "America First!" जस्ता नाराहरूले यस प्राथमिकतालाई जोड दिन्छन्। त्यसैले, यद्यपि बहुध्रुवीयता प्रायः अन्तर्राष्ट्रिय सम्बन्धहरूको सन्दर्भमा छलफल गरिन्छ, ट्रम्पवादीहरूले यसको चुनौतीहरू मुख्य रूपमा संयुक्त राज्य अमेरिकाभित्रै सामना गर्छन्।

बहुध्रुवीय सिद्धान्तअनुसार, विश्वलाई विभिन्न प्रमुख सभ्यताहरूमा विभाजन गरिएको छः

  • पश्चिमी (Western)
  • रूसी-यूरेशियन (Russian-Eurasian)
  • चिनियाँ (Chinese)
  • भारतीय (Indian)
  • इस्लामिक (Islamic)
  • अफ्रिकी (African)
  • ल्याटिन अमेरिकी (Latin American)

यी सभ्यताहरूले एउटा हेप्टार्की (सात ध्रुव) बनाउँछन्, जसमा केही पूर्ण रूपमा सभ्यता-राज्यको रूपमा स्थापित छन्, भने अन्य केही अझै पनि आभासी वा उदाउँदै गरेका अवस्थामा छन्। हन्टिङ्टनको सभ्यतागत सिद्धान्तले यस संरचनालाई प्रतिध्वनित गर्दै जापानी-बौद्ध सभ्यतालाई समेत समावेश गर्दछ।

वैदेशिक नीतिमा, ट्रम्पवाद हेप्टार्कीप्रति धेरै हदसम्म उदासीन छ। किनभने यसले बहुध्रुवीयतालाई ध्वस्त पार्ने (वैश्विकतावादीहरू जस्तो) वा सक्रिय रूपमा प्रवर्द्धन गर्ने कुनै ठोस लक्ष्य राख्दैन। तर, बहुध्रुवीयता अमेरिकाको आन्तरिक राजनीतिमा तीव्र रूपमा प्रकट हुन्छ। जहाँ विभिन्न सभ्यतागत प्रभावहरू उल्लेखनीय आप्रवासी समुदायहरूका रूपमा केन्द्रित छन्।

जागृत आदर्शहरू (Woke Norms) र समावेशितालाई परित्याग गरिएपछि, अमेरिकामा फेरि जाति, जातीयता र धार्मिक पहिचानहरूबारे खुला रूपमा छलफल गर्न अनुमति छ। यसले विभिन्न प्रवासी समुदायहरूद्वारा प्रतिनिधित्व गरिने आन्तरिक बहुध्रुवीयतासँगको प्रत्यक्ष सामना गराउँछ।

  1. ल्याटिन अमेरिकी प्रवासी समुदाय: ल्याटिन अमेरिकी प्रवासी समुदायलाई अमेरिकी मूल वास्प (WASP - White Anglo-Saxon Protestant) पहिचानका लागि सबैभन्दा ठूलो खतरा मानिन्छ। जसले त्यसलाई क्रमशः क्षीण पारिरहेको छ। परिणामस्वरूप, ट्रम्पपन्थीहरू (Trumpists) यस सम्पूर्ण प्रक्रियालाई खलनायकीकरण गर्छन्। यसलाई जातीय माफिया, अवैध आप्रवासन, लागूऔषध माफिया, मानव तस्करी, र अन्य समस्यासँग जोड्दै निन्दा गर्छन्।
  2. चिनियाँ प्रवास: चीनको बढ्दो प्रभावले ट्रम्पपन्थीहरूमा चीन-भयलाई तीव्र बनाउँछ। संयुक्त राज्य अमेरिकाको प्रमुख आर्थिक तथा वित्तीय प्रतिस्पर्धीका रूपमा चीनको अमेरिकी अर्थतन्त्रमा आन्तरिक उपस्थिति तनाबलाई अझ गहिरो बनाउँछ।
  3. इस्लामिक समुदायहरू, जुन अमेरिकासहित पश्चिमी राष्ट्रहरूमा व्यापक रूपमा उपस्थित छन्, परम्परागत रूपमा अमेरिकी रूढीवादीहरूद्वारा शङ्काको दृष्टिले हेरिन्छन्। ट्रम्पपन्थीहरूको इस्लाम-भयले उनीहरूको इजरायल-समर्थनलाई सुदृढ गर्छ र संयुक्त राज्य अमेरिकाभित्र मध्यपूर्वी प्रभावहरूको विरोधलाई बल दिन्छ।
  4. भारतीय प्रवासी समुदायले अद्वितीय स्थान ओगटेको छ। यसले विशेष गरी सिलिकन भ्यालीमा उल्लेखनीय रूपमा वृद्धิ गरेको छ। जहाँ भारतीयहरूले प्रमुख क्षेत्रहरूमा प्रभुत्व जमाएका छन्। ट्रम्पका केही उल्लेखनीय सहयोगीहरू, जस्तै विवेक रामास्वामी, काश पटेल, र उपराष्ट्रपति जेडी भ्यान्सकी भारतीय-अमेरिकी पत्नीले भारतीय प्रभावप्रति खुलापन देखाउँछन्। हिन्दू धर्म ग्रहण गरेकी तुलसी गबार्ड जस्ता व्यक्तित्वहरूले यो प्रवृत्ति अझ प्रस्ट पार्छन्। यद्यपि स्टीभ ब्यानेन र एन कोल्टर जस्ता राष्ट्रवादी ट्रम्पपन्थीहरूद्वारा कहिलेकाहीँ विरोध देखिए पनि, समग्र रूपमा ट्रम्पपन्थी दृष्टिकोण भारतप्रति सकारात्मक देखिन्छ। भारतलाई चीनलाई सन्तुलित गर्न अमेरिकाको प्राथमिक साझेदारका रूपमा हेर्ने कल्पना गरिएको छ।
  5. अफ्रिकी-अमेरिकी समुदाय भने चुनौतीको रूपमा उभिएको छ। किनभने, यस समुदायमा जातीय एकताको इतिहास रहिआएको छ। जसलाई वैश्वीकतावादीहरूद्वारा सेतासँगको विरोधको रूपमा प्रोत्साहित गरिएको थियो। ट्रम्पपन्थीहरू यो प्रभावलाई नियन्त्रण गर्न अझ बढी आत्मसात्करणलाई प्रवर्द्धन गर्न तथा स्वायत्त जातीय समूहहरूको स्थापनाविरुद्ध प्रतिरोध गर्न चाहन्छन्।
  6. रूसी प्रभाव:
    अन्य ध्रुवहरू विपरीत, संयुक्त राज्य अमेरिकामा रसियाको प्रतिनिधित्व न्यूनतम छ। कुनै महत्वपूर्ण रूसी प्रवासी समुदाय अवस्थित छैन, र सामान्यत: रूसीहरू अन्य युरोपेली समूहहरूसँगै सेतो अमेरिकी समाजमा समाहित हुन्छन्। यसको परिणामस्वरूप, संयुक्त राज्य अमेरिकाको आन्तरिक बहुध्रुवीय संरचनामा रसियाको उपस्थिति नगण्य छ।

निष्कर्ष
ट्रम्पवाद केवल एक राजनीतिक आन्दोलन मात्र होइन; यो पूर्णरूपमा विकसित विचारधारा हो। यसले राजनीतिक-दार्शनिक तथा भू-राजनीतिक दुवै आयामलाई समेट्छ, जसको रूपरेखा क्रमशः स्पष्ट हुँदै गएको छ। हाललाई, यसको आधारभूत सिद्धान्तहरू पहिल्यै प्रस्ट छन्, जसले संयुक्त राज्य अमेरिकाको पहिचान र विश्वमा यसको भूमिकाको पुनर्विचारको आधार तयार गरिरहेका छन्।

अनुवाद : मोहनप्रसाद ज्ञवाली