ट्रम्प फ्याक्टर र हाम्रो युक्रेनमा विजय

रूसको सम्पूर्ण भविष्य युक्रेन विजयमा निर्भर छ। रूस अस्तित्वमा रहने कि नरहने भन्ने कुरा यसको परिणामले निर्धारण गर्छ। त्यसैले, हाम्रो लागि यो युद्धभन्दा महत्वपूर्ण विषय अरू कुनै छैन। यो पवित्र छ।

ह्वाइट हाउसमा ट्रम्पको आगमन, उही ट्रम्प जसले अप्रत्यक्ष रूपमा हामीविरुद्ध यो युद्ध सुरु गराए, यो विषयले गहन महत्व राख्छ। उनको नेतृत्वले हाम्रो मुख्य शत्रुको छविमा ठूलो परिवर्तन ल्याएको छ। जो अझै हाम्रो प्रमुख विपक्षी बनेको छ। हामी सामूहिक पश्चिम, नेटो, र तिनीहरूलाई निर्देशन गर्ने वैश्वीकतावादी सम्भ्रान्तसँग लडिरहेका छौं। अहिले ट्रम्प संयुक्त राज्य अमेरिकाको नेतृत्व गर्न उदाएका छन्। उनी घोषणा गर्छन्, "म पनि वैश्वीकतावादी सम्भ्रान्तसँग लड्दैछु।" यद्यपि, संयुक्त राज्य अमेरिका सामूहिक पश्चिम र नेटोको मुख्य स्तम्भ हो—ट्रम्पसहितको होस् या ट्रम्पबिनाको। यसले एक भयंकर तनाव सिर्जना गर्दछ।

हाम्रो ट्रम्पप्रतिको बढ्दो चासो पूर्णतः न्यायोचित छ। किनकि यसले हाम्रो प्रमुख प्रतिस्पर्धी पक्षको नेतृत्व परिवर्तनलाई प्रतिनिधित्व गर्दछ। यस परिवर्तनमा धेरै कुरा निर्भर गर्दछ।

हामी ट्रम्प र उनको प्रशासनबाट के अपेक्षा गर्न सकिन्छ भन्ने भविष्यवाणी गर्न सक्दैनौं। यद्यपि, केही प्रवृत्तिहरू स्पष्ट छन्। ट्रम्प स्पष्ट रूपमा वाम-उदारवादी वैश्वीकरणबाट आफूलाई अलग राख्छन्। जसले काउन्सिल अन फरेन रिलेसन्स वा अन्य वाम-उदारवादी संरचनाहरू मार्फत वाशिंगटनसँग संलग्न हुने प्रयासहरूलाई पूर्णतः व्यर्थ बनाउँछ। जहाँसम्म नवसंरक्षणवादीहरूको कुरा छ, उनीहरूसँग संवाद गर्नुको कुनै औचित्य छैन। किनभने उनीहरू चासो नै राख्दैनन्।

यस्तो देखिन्छ, ट्रम्पका रणनीतिज्ञहरूले नवसंरक्षणवादीहरू (neocons) (दक्षिणपन्थी वैश्विकतावादी) र यथार्थवादीहरूको मिश्रणलाई प्रतिनिधित्व गर्नेछन्। ट्रम्प स्वयं यथार्थवादीतर्फ झुकेका छन्। तर अन्तर्राष्ट्रिय सम्बन्धमा यो विचारधारा पछिल्लो केही दशकहरूमा व्यापक रूपमा कमजोर पारिएको छ। यथार्थवादीहरू हाम्रो लागि आदर्श साझेदार हुनेछन्। किनभने नाटोमा युक्रेन — विशेष गरी रूससँग युद्ध — अमेरिकी राष्ट्रिय चासोका लागि कुनै वास्तविक मूल्य राख्दैन। जुन यथार्थवादीहरूले प्राथमिकतामा राख्छन्। तर हामी शुद्ध यथार्थवादीहरूसँग होइन। बरु दक्षिणपन्थी वैश्विकतावादी यथार्थवादको मिश्रणसँग व्यवहार गरिरहेका छौं। यो एक जटिल संरचना हो। हाम्रो विजयको बाटोको ठूलो हिस्सा अब यसमा निर्भर हुनेछ।

बाइडेनका वैश्विकतावादीहरू (दायाँ र बायाँ दुबै) का कारण हामी परमाणु युद्ध र पूर्ण पारस्परिक विनाशको खतरनाक नजिक पुगेका थियौं। अहिले पनि हामी यो जोखिमपूर्ण किनारामा सन्तुलनमा छौं। दक्षिणपन्थी वैश्विकतावादी यथार्थवाद अन्तर्गत सम्बन्धहरू कसरी विकसित हुनेछन् भन्ने कुरा अझै अनिश्चित छ।

हामीले ट्रम्पको महत्त्वलाई हाम्रो लागि बढी आँकलन गर्नु हुँदैन। यो गल्ती हुनेछ। उनी कुनै उपहार होइनन्। साथै यो संघर्ष लामो र कठिन हुनेछ। केही पनि चाँडै समाप्त वा रोकिँदैन। तर ट्रम्प र तिनसँग सम्बन्धित परिवर्तनहरूको महत्वलाई कम आँकलन गर्नु पनि गल्ती हुनेछ। यसबीच वाशिंगटन र किभ, तथा वाशिंगटन र ब्रसेल्सबीचको केही गतिशीलतामा परिवर्तन हुनेछ। हामीले स्पष्ट र छिटो रूपमा ती परिवर्तनहरूलाई बुझ्नुपर्नेछ।

सम्पर्क रेखामा द्वन्द्वलाई स्थिर बनाउन, अस्थायी रूपमा निरस्त्रीकरण क्षेत्रहरू निर्माण गर्ने, वा युक्रेन नाटोमा प्रवेश नगर्ने ग्यारेन्टी दिनका लागि कुनै पनि वार्ता अब सम्भव छैन। यी सम्भावनाहरूलाई हामीले अब अपरिवर्तनीय रूपमा पार गरिसकेका छौँ। अब मात्र कीभ शासनको पूर्ण आत्मसमर्पण र युक्रेनमाथि हाम्रो नियन्त्रण अन्तर्गत स्थानान्तरण मात्र पर्याप्त हुनेछ। यो इतिहासमा जस्तै रूसको एक अभिन्न भाग रूपमा होस्। वा मैत्रीपूर्ण र ग्यारेन्टी गरिएको वफादार संस्थाको रूपमा। यही नै हाम्रो निष्कर्ष हो। सबै वार्ताहरू यस आधारभूत सिद्धान्तमा सुरु र समाप्त हुन्छन्। बाँकी सबै कुरा युद्धभूमिमा तय हुनेछ। प्रश्न केवल कहिले  हामीले जित्छौँ भन्ने हो — यदि  होइन। या त हामी जित्छौँ, वा मानवता समाप्त हुन्छ (युक्रेन त परैको कुरा हो)। युक्रेनमा रूसको पूर्ण र सम्पूर्ण विजय नै शान्ति र मानव जातिको अस्तित्वको ग्यारेन्टी हो। पराजित रूस एक घातक खतरा हो। जबकि विजयी रूस मैत्रीपूर्ण र सर्वहितकारी छ। यो अन्तर्राष्ट्रिय सम्बन्धको यथार्थवादी दृष्टिकोण हो।

वैश्विकतावादीहरूले स्थितिलाई फरक दृष्टिकोणबाट हेर्छन्। उनीहरूको प्रमुख विचार मानवतामाथि पूर्ण नियन्त्रण स्थापित गर्नु हो। र कुनै पनि सार्वभौम शक्तिको ध्रुव — विशेष गरी रुस जस्तो ठूलो र सक्रिय शक्ति — उनीहरूका लागि कुनै पनि मूल्यमा नष्ट गर्नुपर्ने शत्रु हो। उनीहरूको अन्तिम लक्ष्य हाम्रो विनाश हो। हाम्रो अन्तिम लक्ष्य भनेको राज्य-सभ्यता (State-Civilization) को रूपमा आफूलाई सुरक्षित गर्नु हो। यी दुई उद्देश्यहरू परस्पर विरोधी छन्।

तर, अमेरिकी यथार्थवादीहरूको अन्तिम लक्ष्य फरक छ। अमेरिकालाई पुनः महान बनाउनु हो। एक स्वतन्त्र, सार्वभौम र समृद्ध राज्य-सभ्यता विकास गर्नु। यस लक्ष्यका लागि, रूस कुनै बाधा होइन। निश्चित रूपमा, अमेरिकालाई पुनः महान बनाउन — यो उनीहरूको अधिकार हो। हामी पनि रूसलाई पुनः महान बनाउँछौं। मिलेर हामी वैश्विकतावादको नकारात्मक प्रभाव जसले सबैलाई हानि पुर्‍याउँछ त्यसलाई  अझ प्रभावकारी रूपमा निर्मूल गर्न सक्छौं। यो हाम्रो दृष्टिकोण हो। सिद्धान्ततः, MAGA (Make America Great Again) समर्थकहरूले यसमा सहमति जनाउनुपर्ने हो। तर, नवसंरक्षणवादीहरू (neocons) — दक्षिणपन्थी वैश्विकतावादीहरू — समस्यालाई झनै जटिल बनाउँछन्। उनीहरूले अमेरिकाको पुनर्स्थापित महानतालाई वर्चस्व र साम्राज्यवादको नयाँ लहरका रूपमा व्याख्या गर्छन्। यस्तो परिदृश्यमा, कुनै खतरा नभएको रूस पनि फेरि एउटा बाधाको रूपमा देखा पर्छ।

यो नयाँ वाशिङ्टन प्रशासनसँग हामीले समाधान गर्नुपर्ने जटिल भू-राजनीतिक समस्याको विषय हो।

दुर्भाग्यवश, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञहरूको धेरैजसो, जो वैश्वीकरण र उदारवादद्वारा प्रभावित छन्, यस चुनौतीको सामना गर्न पूर्णतः तयार छैनन् र आवश्यक दक्षता राख्दैनन्। हाम्रो उद्देश्य सार्वभौमिकता र बहुध्रुवीयता संरक्षण गर्नु हो। हाम्रो उद्देश्य युक्रेनमाथि विजय प्राप्त गर्नु हो। यसका लागि गहिरो राष्ट्रप्रेम आवश्यक छ। जुन हाल सतही रूपमा मात्र देखिएको छ।

दोस्रो पक्षमा, परम्परावादीहरू र ख्रीष्टियन (कहिलेकाहीं यहूदी-ख्रीष्टियन) रूढिवादीहरू छन्। जो हाम्रा विशेषज्ञहरूका लागि अपरिचित र विदेशी छन्।

यसकारण, ट्रम्पको अमेरिकासँगको सम्बन्ध गम्भीर चुनौतीको रूपमा देखापरेको छ। हामीले यसलाई गौरवपुर्वक सामना गर्नुपर्छ।

अनुवाद: मोहनप्रसाद ज्ञवाली