ह्वाइट हाउस, एक पागलखाना
Primary tabs
पश्चिमको सामूहिक सञ्चारमाध्यम वा वैश्विकतावादीहरूको सञ्चारमाध्यमले संसारभरका विभिन्न देशहरूमा विभिन्न भाषामा एउटै मन्त्र दोहोर्याइरहेछन्, यी अमेरिकी चुनावहरू "संसारकै सबैभन्दा महत्वपूर्ण चुनावहरू हुन्", र ती चुनावहरूले विश्वको भविष्यलाई डिजाइन गर्नेछन्। अर्को शब्दमा, उनीहरू यी चुनावहरू संसारकै सबैभन्दा महत्वपूर्ण हुन् भन्ने दाबी गर्छन्। किनभने यी चुनावहरूको भूमिका तथाकथित वैश्विकतावादी एजेन्डालाई विश्वव्यापी रूपमा पुष्टि गर्न, न्यायोचित स्थापित गर्न र कायम राख्नमा महत्त्वपूर्ण छ।
संयुक्त राज्य अमेरिकाको सन्दर्भमा:
• वर्तमान राष्ट्रपति जोसेफ बाइडेन बूढो, पागल, र विक्षिप्त व्यक्ति हुन्, तर तिनले अझै पनि विश्वभर युद्ध भड्काउन बिर्सेका छैनन्;
• वर्तमान उप-राष्ट्रपति र रास्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस पूर्ण रूपमा अनविज्ञ र अस्वस्थ अवस्थामा छिन्।
• अर्का राष्ट्रपतिको उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसपटक संयोगवश एक सुपरहिरोको फिल्म भूमिकामा छन्। जसले ठूलो निर्माण व्यवसाय चलाउँछन्। तर ऊनी र्यालीहरूमा फिल्म शैलीको हत्या प्रयासबाट बचिरहेका छन्। ऊनी फोहोर ट्रक चलाउँछन्, र एउटा फास्ट-फूड स्थानमा काम गर्छन् (जसले खाना होइन, खाना जस्तो देखिने विष बनाउँछ);
• धेरै वर्षदेखि विभिन्न सामाजिक स्तरहरूमा र विभिन्न सामाजिक समूहहरूबीच अमेरिकाका नागरिकहरू बीच आन्तरिक युद्धहरू भइरहेका छन्;
• आवास र स्वास्थ्यदेखि वित्तीय र ओपिओइडसम्मका थुप्रै सामाजिक संकटहरू छन्;
• सैन्य बलमा आवश्यक संख्यामा भर्ती र सीपयुक्त कर्मचारीको कमी छ, पूर्व-सैनिकहरू बेघर र आत्मघाती स्थितिमा छन्;
• हलिउडदेखि पप संस्कृतिसम्मको मनोरञ्जन उद्योग, जुन राजनीतिक संस्थापनसँग निकट सम्बन्धित छ, बीभत्स र भयावह गतिविधिमा संलग्न भएको आरोपले भत्किँदै छ;
• धार्मिक स्वतन्त्रता अब मात्र शैतानवादी र अन्य धार्मिक गुटहरूलाई लागू हुन्छ;।
• अमेरिकाभरि रहेका ठूला आगलागीहरू (आवासीय र औद्योगिक क्षेत्र दुवैमा) वायुप्रदूषण, बाढी, विमान दुर्घटना, मजदुर संघको हडताल, ओभरडोजको घटना, चिकित्सा इन्जिनियरिङ्, र अस्वस्थ जलवायु एजेन्डासँगै देखा परिरहेका छन्;
• पागलपनपूर्ण भाषाको औपचारिक कार्यान्वयन;
• वास्तविक संसारलाई लगातार बेवास्ता गर्ने मिडिया सर्कस;
• इन्टरनेटको सूचना ओभरलोड, डार्क वेब र सामान्य ज्ञान विरुद्धको साइबर युद्ध;
• आदि...
किन यस्तो पागल, विक्षिप्त र दुष्ट राज्यको राष्ट्रपतिको निर्वाचनलाई सम्पूर्ण संसारका लागि महत्वपूर्ण, प्रभावशाली वा निर्णायक घटना मानिन्छ? विभिन्न देशहरूमा र विभिन्न भाषाहरूमा अमेरिकी राष्ट्रपतिको सर्कसबारे निरन्तर दबाब दिनुको एउटै उद्देश्य भनेको वैश्विकतावादी मिडियाले स्थानीय एंग्लो-अमेरिकी एजेन्डालाई मात्र पछ्याउने हो, विश्वव्यापी स्तरमा। यो एजेन्डाका केही भागहरू एक उम्मेदवारको पक्षमा हुन्छन् भने अरू भागहरू अर्को उम्मेदवारको पक्षमा हुन्छन्।
विश्वका लागि यस वैश्विक मिडिया पागलपनको एकमात्र फाइदा भनेको यो हो कि यस पटक कुन प्रकारको युद्धप्रिय नेता चयन हुनेछ भनेर थाहा पाउने हो - जुन नव-उपनिवेशवादी समूहको सदस्य हो जसले बम, मिसाइल र तख्तापलटमार्फत “लोकतन्त्र ल्याउने” विदेशी नीतिमा आधारित छ, वा त्यो जसले राज्य आतंकवाद मार्फत “लोकतन्त्र ल्याउने” नीतिमा आधारित छ? दुबै उम्मेदवारहरूले आन्तरिक र विदेशी नीति मिडिया अभियानहरूमा आधार बनाउने छन् जसले विश्वभरि ८०० भन्दा बढी अमेरिकी सैनिक आधार, विश्व बैंक, IMF वा खेल, संस्कृति, विज्ञान र शिक्षा जस्ता अन्य नक्कली अन्तर्राष्ट्रिय संगठनहरूको बारेमा चर्चा गर्छन्... र तिनीहरूको आपसी अन्तिम लक्ष्य भनेको अन्य देशहरूको प्राकृतिक स्रोत, उद्योग र धन चोर्नु हो।
यद्यपि अमेरिका एक राज्यको रूपमा आन्तरिक विस्फोटनलाई योजनाबद्ध प्रेस, इलेक्ट्रोनिक/इन्टरनेट मिडिया वा सामाजिक नेटवर्कहरूले पनि लुकाउन सक्दैन। यसले केवल उनीहरूको वास्तविक उद्देश्य र अत्यन्त विषालु र मन दंग पार्ने सामग्री फैलाउने पागल नीतिलाई प्रकट गर्छ। जुन ब्रेनवाशिङ गर्नको लागि हो। केहीले यसलाई मनोवैज्ञानिक अपरेसन, वा संज्ञानात्मक युद्ध, वा सूचना युद्ध भनेर पनि भनेका छन्। जुनसुकै नामले भनिएको भएता पनि, यसले सबैभन्दा ठूलो क्षति भने अमेरिका नागरिकहरूलाई नै पुर्याएको छ। जो वर्तमान राष्ट्रपति (स्पष्ट रूपमा पागल) को साथ हुनुमा ठीक छन् र अब उनीहरू फेरि (पुनः पुनः) पनि पागल राष्ट्रपति उम्मेदवारहरूको एकमात्र विकल्प छान्नमा ठीक छन्।
अमेरिकी राष्ट्रपति (हरु) चुनावको बारेमा हालको उन्माद अमेरिकामै सीमित रहनु पर्छ र यी राष्ट्रपति (हरु)को चुनावहरू केवल अमेरिकी नागरिकका लागि मात्र दस्तावेजको होस वा नहोस् , महत्त्वपूर्ण हुनुपर्छ, र अरूका लागि भने होइन। संसारले पछाडि उभिनु पर्छ र सिनेमामा जस्तै अर्को अमेरिकी डरावनी थ्रिलर हेर्नु पर्छ। किनकि, अमेरिकी चुनाव सम्पन्न भएपछि, संसारले कुनै एक अस्वस्थ उम्मेदवारसँग डिल गर्नु पर्नेछ र अहिले यस विषयमा ऊर्जा बर्बाद गर्नुपर्ने आवश्यकता छैन। त्यो पागल शोबाट आफ्ना देशहरूलाई टाढा राख्नको लागि लामो प्रक्रियाका लागि तयारी गर्नु राम्रो हुन्छ। यदि कुनै देशले पागल शोलाई ध्यान दिएन र कुनै तरिकाले हिँड्न छाड्यो भने राम्रो हुन्छ।
अमेरिकी राष्ट्रपति चुनाव प्रक्रिया अब राजनीतिक रंगमंच होइन। यो सर्कसको शो पनि होइन। यो त वास्तविक र साँचो पागलखाना हो।
अनुवाद: मोहनप्रसाद ज्ञवाली