अलेक्जेन्डर दुगिन: पुतिनको भलदाय भाषण – एक भविष्यवाणी
Primary tabs
आज भ्लादिमिर पुटिनको भलदाय क्लबको बैठकमा गरेको भाषणलाई सगाैरव भन्न सकिन्छ कि याे एक इतिहासकै महत्वपूर्ण घटनाको रूपमा लिन सकिन्छ। कुनै समयमा, चर्चिलको फुल्टन भाषणले शीतयुद्धको सुरुवात गर्यो र इतिहासमा एउटा घटनाका रूपमा चिनियो। उनले त्यहाँ एक राष्ट्रको नेताले मानवताको भविष्यको बारेमा वर्णन गरेका थिए। तर त्यो भविष्य द्वन्द्व, कडा प्रतिस्पर्धा र दुई विचारधारात्मक शिविरहरूको टकरावको भविष्य थियो। आज हाम्रो राष्ट्रपतिले भने एउटा बिल्कुलै फरक भविष्यको वर्णन गरेका छन्। उनले नयाँ विश्व व्यवस्थाको संरचना, वा उनकै शब्दमा भन्नुपर्दा, नयाँ सृष्टि वर्णन गरे। जसलाई सिङ्गो मानवजातिले निर्माण गर्नुपर्ने छ। र यस सृष्टिका प्रमुख मापदण्डहरूको सूची तयार गर्नुपर्नेछ ।
सर्वप्रथम, यो न्याय, प्रत्येक राष्ट्रका संस्कृतिहरूप्रति सम्मान र वास्तविक लोकतन्त्र हो। भ्लादिमिर पुटिनले भनेझैं, लोकतन्त्र भनेको बहुमतको सत्ता हो। आधुनिक वैश्वीकतावादी र उदारवादीहरूले परिभाषित गरेजस्तो अल्पमतको सत्ता होइन। वास्तविक लोकतन्त्र भनेको जनताको शासन हो। जसले इतिहासमा आफ्नो मार्ग आफैं रोज्छन्। यो सार्वभौम अधिकार कुनै पनि हालतमा उनीहरूबाट खोस्न सकिँदैन।
दोस्रो कुरा, नयाँ विश्व व्यवस्थाको आधार परम्परागत मूल्यहरू हुन्। संयुक्त राज्य अमेरिकाका नेताहरूले अन्तिम क्षणसम्म अडान लिएका सिद्धान्तहरूमा आधारित भएर संसार निर्माण गर्न सकिँदैन। उनिहरुले निर्वाचनको दौडमा पराजय भोगेका छन्, भगवानको कृपाले। उनीहरूले मानिसलाई खारेज गर्न, लिङ्गलाई खारेज गर्न, परिवारलाई खारेज गर्न जोड दिएका थिए। मानिसलाई वस्तुतः उत्तर-मानव, उत्तर-मानवतावादी अस्तित्वहरूद्वारा प्रतिस्थापन गर्न चाहन्थे।
तर विगतका बर्षका जटिल परिस्थितिहरूमा, जबसम्म हामीले आक्रमण गरेका थिएनौं, NATO, वैश्वीकतावादी शासन र तिनीहरूको समर्थकहरूको दबाबको सामना गर्ने हाम्रो क्षमता पनि प्रमाणित गर्ने अवसर पाएका थिएनौं। ती नै विचारहरू जुन आज भ्लादिमिर पुटिनले स्पष्ट र सोझो रूपमा व्यक्त गरेका छन्। यी कुरा त्यो समय केही फरक भावनाका साथ व्यक्त गरिन्थ्यो।
केही समयअघि, जब पुटिनले बहुध्रुवीयता (मल्टिपोलारिटी) को कुरा गरे। धेरैले सोचे कि यो केवल शब्द मात्र हो। जुन रूस पश्चिमी देशहरूको विपक्षमा परेका कारण त्यसलाई व्याख्या गर्न मात्र प्रयोग गरिएको हो। वास्तवमा, यो त्योभन्दा धेरै ठूलो कुरा थियो। यो एउटा रणनीति हो। जुन परम्परागत मूल्यहरू र सबै संस्कृति र सभ्यताहरूको विविधताको सम्मानमा आधारित छ। यो कुनै एक मात्र सभ्यता होइन, जसले आफूलाई 'प्रगतिशील' घोषणा गर्दै आफ्ना सिद्धान्तहरू सम्पूर्ण संसारलाई लाद्न खोजिरहेको छ।
यो त झन् इतिहासमा सबै मानव सभ्यताको नेतृत्वदायी विचार निहित भाषण हो। यो केवल रूसको मात्र होइन, सम्पूर्ण विश्वको पनि हो। यसमा पनि, यो अत्यन्त महत्त्वपूर्ण छ किनकि भ्लादिमिर पुटिनले पश्चिमी नव-उदारवादलाई एक प्रकारको अधिनायकवादी विचारधारामा परिणत भएको कुरामा जोड दिए। साथै, हाम्रो राष्ट्रपतिको भनाइमा पश्चिम हाम्रो शत्रु होइन। हाम्रो वास्तविक शत्रु भनेको कट्टरपन्थी, असहिष्णु र मानवतामाथि एकदम अस्वाभाविक नियमहरू लाद्न खोज्ने वैश्विक अभिजात वर्ग हो।
यो धेरै महत्त्वपूर्ण कुरा हो किनकि यो भाषण, पक्कै पनि स्वतःस्फूर्त थिएन, यो केही समय अघि तयारी गरिएको थियो। अब यो व्यावहारिक क्रियाकलापहरूले पुष्टि गरेको छ। काजानमा ब्रिक्सको विजय सम्मेलन र अमेरिकामा ट्रम्पको राष्ट्रपति चुनावमा विजयले यसको सप्रमाण पुष्टि गरेको छ। परम्परागत मूल्यहरूको पक्षमा र वैश्वीक अधिनायकवादको विरोधमा निर्णय गरिएको छ। अमेरिकनहरूले आफैंले निओलिबरल गिरोहको विरोधमा भन्यो: जानुहोस् यहाँबाट!
यस पृष्ठभूमिमा हाम्रो राष्ट्रपतिको र आजको उनको भलदाई सम्बोधन बिल्कुल एक महत्त्वपूर्ण भविष्यवाणी जस्तो देखिन्छ। र भ्लादिमीर पुटिनले केवल कुरा मात्र गर्दैनन्, उनी काम पनि गर्छन्। उनको योजनाको महत्वपूर्ण र सबैभन्दा मुख्य अंश पहिले नै पूरा भएको छ। र बाँकी सबै, पक्कै पनि, भविष्यमा पूरा हुनेछ।
त्यसैगरी, आफ्नो भाषणमा रसियाका राष्ट्रपतिले भने कि वैश्विकतावादिहरुले (सिर्फ पश्चिमी होइन, ग्लोबलिस्टहरू – हामीलाई यी धारणा अलग गर्न सिक्न आवश्यक छ, किनकि ट्रम्पको अमेरिका, बाइडेन, ओबामा, बुश, क्लिन्टन र सोरोसको अमेरिका फरक हो) रसियालाई हराउन चाहन्थे। यसलाई तोड्न चाहन्थे। तर उनीहरू सफल भएनन्। रसियालाई रणनीतिक रूपमा पराजित गर्न कसैलाई पनि सम्भव भएन र भविष्यमा यो कहिल्यै सम्भव हुने छैन।
अन्तमा, पछिल्ला दशकहरूमा हामीले पहिले नै संसारलाई हाम्रो आदर्श, मूल्य, परम्परागत जीवनशैली र हामीलाई उदार वैश्विकतावादि अभिजात वर्गले थोपरेको एजेण्डासँग असहमतिका बारेमा हाम्रो क्षमता प्रदर्शन गरेका छौं।
तर पहिलेका वर्षहरूको जटिल परिस्थितिहरूमा, जब हामीले कुनै प्रहार गरेको थियनौं। नाटो, वैश्विकतावादी शासकहरू र तिनीहरूको सत्तारूढहरूद्वारा दबाबको प्रतिकार गर्न हाम्रो क्षमता प्रमाणित गर्न सकेका थियौं, यस्ता विचारहरू, जुन आज भ्लादिमीर पुटिनले सिधै र स्पष्ट रूपमा व्यक्त गर्नुभएको छ, अलि फरक रुपमा।
यो कुनै यूटोपिया होइन, बरु यो त त्यही हो जसले सम्पूर्ण मानवजातिलाई आधुनिक सामूहिक पश्चिमेली नेताहरूले नेतृत्व गर्दै आएका थिए। पश्चिमी उदारवादी वर्चस्वमा आधारित यस एकध्रुवीय विश्व व्यवस्थालाई रूसी राष्ट्रपतिले स्पष्ट रूपमा "होइन" भनेका छन्। वा स्पष्ट भाषामा अस्वीकृत गरिदिएका छन्।
अब हाम्रासँग नयाँ शक्ति छ: एस.एम.ओ. (विशेष सैन्य अभियान) मा रूसले आत्मबल प्राप्त गरेको छ। यो धेरै बलियो र दृढ भएको छ। अब हामीसँग हाम्रो रूसी राज्यको विचारधारा छ। यो विचारधारा ईसाई धर्म र हाम्रो देशका सबै परम्परागत धर्म र आदिवासीहरूको विचारधारा हो, जसका लागि रूस एकमात्र मातृभूमि हो। र यसैले हामी अब सय गुणा बलियो भएका छौं।
जब हामीले युक्रेनलाई पूर्ण मुक्त पार्नेछौं। तब हामी हजारौं गुणा बलियो हुनेछौं। र त्यसपछि, असम्भाव्य परिक्षणहरू पार गर्दै, हामी प्रमाणित गर्नेछौं कि हामी हाम्रो मार्गको प्रत्येक चरणमा सही थियौं। जसले हामीलाई हाम्रो पुनर्जागरणको यात्रा र मानवता को विश्वव्यापी आन्दोलनमा हाम्रो भूमिकालाई पुनः प्राप्त गर्न उन्मुख बनायो। एक यथार्थपरक, न्यायपूर्ण, मानवतावादी, र ईश्वरसम्पन्न संसारको दिशामा।
अनुवाद माेहनप्रसाद ज्ञवाली