जर्मनीले वैकल्पिकको खोजी गरिरहेको छ

जर्मनीको निर्वाचनमा चान्सलर ओलाफ शल्ज निसन्देह पराजित भएका छन्। तर, जर्मन समाज अब जागृत हुँदैछ भनि निष्कर्ष निकाल्नु अझै हतार हुनेछ। आखिर, अधिकांश मतदाता फ्रेडरिक मर्जको पार्टीतर्फ गएका छन्, जुन नाममात्र “क्रिश्चियन” हो। क्रिश्चियन डेमोक्र्याटिक युनियन (CDU) एकदमै उदारवादी राजनीतिक संरचना हो। जसको ख्रीष्टियन धर्मसँग कुनै वास्तविक सम्बन्ध छैन। यो शल्जको समाजवादी डेमोक्र्याटिक पार्टी (SPD) जत्तिकै वैश्वीकतावादी (ग्लोबलिस्ट) प्रवृत्तिको दल हो।

निश्चित रूपमा, जर्मनीको विकल्प एफडी (AfD) पार्टीले २०% भन्दा बढी मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्नु उल्लेखनीय सफलता हो। यो तुलनात्मक रूपमा नयाँ दलले तर्कसंगत दृष्टिकोण प्रस्तुत गर्छ, र यसप्रति लागेको राष्ट्रवाद वा दक्षिणपन्थी उग्रवादको आरोपहरू निराधार आलोचना बाहेक  केही होइनन्।

एफडी ले सामान्य जर्मन मध्यमवर्गीय नागरिकहरूको चासो र भावना प्रतिनिधित्व गर्छ। र तर, केवल सामान्य मात्र होइन, बरु स्वाभाविक (सामान्यतः मान्य) पनि, किनभने पश्चिममा अहिले "सामान्य" नागरिकहरू आफैं विभाजित छन्। विगतमा, कुनै पनि समाजमा विवेकी बहुमतको गठन यिनै सामान्य मानिसहरूले गर्ने गर्थे। जबकि अतिरिक्त वादी वा मूर्खतापूर्ण विचारहरूका किनाराहरूमा मात्र सीमित हुन्थे। तर आज, पश्चिमी समाजको एक महत्त्वपूर्ण हिस्सा कट्टरपन्थी सोच र अतिवाद तर्फ बढ्दै गएको छ।

जर्मनीमा सामान्य नागरिकहरूको सामान्य विवेकको रक्षा गर्न एफडी कटिबद्ध छ। विशेष गरी ती विकृत राजनीतिक शक्तिहरूका प्रतिनिधिहरू विरुद्ध, चाहे ती “वामपन्थी” हुन्, “हरियाली” समर्थकहरू हुन्, शोल्जको SPD होस् वा मर्जको CDU/CSU। तथापि, समग्र रूपमा जर्मनीका मतदाताहरूले पूर्णतः गलत निर्णय गरे। यद्यपि एलन मस्कले केवल एफडी लाई मतदान गर्न सुझाव दिएका थिए। जसले उनको सल्लाह सुने वा जसले आफ्नो दैनिक अनुभवका आधारमा एफडी छनोट गरे, तिनीहरूले उचित निर्णय गरे। तर, जर्मनीको दिशा परिवर्तन गर्नका लागि यति मात्र पर्याप्त छैन।

दुर्भाग्यवश, रसिया-जर्मनी गठबन्धनको कुनै पनि चर्चा हाललाई असामयिक देखिन्छ। निश्चय पनि विश्वव्यापी शक्तिहरू हाम्रो समीपता प्रति चिन्तित छन्। तर मर्जको नेतृत्वमा रहेको जर्मनीसँग यस्तो गठबन्धन असम्भव छ। तथापि, बुन्डेस्टाग (जर्मन संसद) मा १५० भन्दा बढी सिटहरू जितेको एफडी (AfD) सँग हामीले निःसन्देह सहकार्यको मार्ग खोज्नुपर्छ। यी व्यक्ति तर्कसङ्गत, रचनात्मक तथा तुलनात्मक रूपमा प्रगतिशील छन्—परम्परागत रूपमा कठोर रूढिवादी होइनन्। र रसियाले, जसले विवेकपूर्ण राजनीतिको आधारशिला बोकेको छ, तर्कसङ्गत सोचलाई समर्थन गर्ने सबै शक्तिहरूसँग सुमधुर सम्बन्ध कायम गर्नैपर्छ।

नयाँ चान्सलर फ्रेडरिक मर्जको भविष्य सम्बन्धमा भन्नुपर्दा, म पुनः जोड दिन चाहन्छु—उनी एक विशिष्ट वैश्वीकतावादी विचारधारा राख्ने व्यक्ति हुन्। साथै, उनले  यो विश्वास गर्छन् कि तर्कसंगतरुवमा सुढृढ बन्दै गएको अमेरिकालाई प्रतिसन्तुलित गर्न अब एउटा सशक्त युरोपेली मोर्चा निर्माण गर्नु आवश्यक छ। यो प्रवृत्ति अस्थायी हो कि स्थायी, त्यो भविष्यले नै देखाउनेछ। यस सन्दर्भमा, उनी पूर्णरूपमा अतार्किक देखिन्छन् । सामान्य विवेकको मार्गमा उन्मुख रूसको विरोध गर्नुका साथै सोही दिशामा क्रमशः अग्रसर हुँदै गएको अमेरिकाको पनि विरोध गर्नु उनको विशेषता हुनेछ।

त्यसकारण, म विश्वास गर्दिन कि निकट भविष्यमा रूस-जर्मनीको कुनै प्रकारको वार्ता वा साझेदारी सम्भव छ। यसको सट्टा, हामीले ट्रम्पसँग सघन सहकार्यको एक मोडेल निर्माण गर्न सक्छौं भन्ने कुरा धेरै सम्भावित छ। न कि यस्ता पतनशील युरोपेलीसँग। जो कुनै पनि मूल्यमा संसारभरि घृणित र वहिस्कृत भएको उदारवादी व्यवस्था बचाउन लागिपरेका छन्।