जर्मनीले वैकल्पिकको खोजी गरिरहेको छ
जर्मनीको निर्वाचनमा चान्सलर ओलाफ शल्ज निसन्देह पराजित भएका छन्। तर, जर्मन समाज अब जागृत हुँदैछ भनि निष्कर्ष निकाल्नु अझै हतार हुनेछ। आखिर, अधिकांश मतदाता फ्रेडरिक मर्जको पार्टीतर्फ गएका छन्, जुन नाममात्र “क्रिश्चियन” हो। क्रिश्चियन डेमोक्र्याटिक युनियन (CDU) एकदमै उदारवादी राजनीतिक संरचना हो। जसको ख्रीष्टियन धर्मसँग कुनै वास्तविक सम्बन्ध छैन। यो शल्जको समाजवादी डेमोक्र्याटिक पार्टी (SPD) जत्तिकै वैश्वीकतावादी (ग्लोबलिस्ट) प्रवृत्तिको दल हो।