पुटिनको भूराजनीतिक क्रान्ति

यस लेखमा रुसी दार्शनिक अलेक्जेन्डर दुगिनले राष्ट्रपति पुटिनको २००७ को म्युनिख भाषणलाई बहुध्रुवीय क्रान्तिको सुरुवातको रूपमा रेखाङ्कित गरेका छन्। जसले एकध्रुवीय वैश्वीकतावादललाई चुनौती दिँदै संयुक्त राष्ट्रसंघको प्रासंगिकतालाई न्युनिकरण गरेको उल्लेख गरेका छन् ।

भ्लादिमिर भ्लादिमिरोविच पुटिनले १८ वर्ष पहिले म्युनिखमा दिएको भाषणले एकध्रुवीय वैश्विकतावादी प्रणालीमाथि पहिलो पटक व्यवस्थित र स्पष्ट रूपमा चुनौतीको संकेत गर्‍यो। यो एक भू-राजनीतिक क्रान्तिको प्रारम्भ थियो। जसको नेतृत्व शुरुमा रुसले गरेको थियो। तर विस्तारै क्रमशः अन्य शक्तिहरू पनि बहुध्रुवीयताको क्लबमा सामेल भए। चीन, भारत र ब्राजिलले पहिलो चरणमा यो मार्ग पछ्याए र पछि अन्य राष्ट्रहरू पनि ब्रिक्समा सामेल भए। यसबाट नै पुटिनले आफ्नो म्यूनिख सम्बोधनमा उल्लेख गरेका विचारले बहु-ध्रुवीयताको संस्थागत रुपधारण गरेको हो।

आज हामी यस मार्गमा महत्वपूर्ण प्रगति गरेका छौं। हामी युक्रेनी वैश्वीकतावादको विरुद्ध युद्ध गर्दैछौं। विशेष गरी उदार-वैश्वीकतावादी विचारधाराको विरुद्ध। बहुध्रुवीयता ब्रिक्सजस्ता संरचनाहरू मार्फत दिनानुदिन सुदृढ र मुर्त हुँदै गएको छ। तर अहिले एकध्रुवीय विश्व पतनतर्फ स्थिर रूपमा अघि बढ्दैछ। विशेष गरी ट्रम्पले अमेरिकामा शुरुवात गरेको सांस्कृतिक क्रान्तिले । निस्सन्देह, ट्रम्प र "ट्रम्पिस्ट" ले अमेरिकी प्रभुत्वमा आधारित नयाँ एकध्रुवीय विश्वलाई बचाउने प्रयास गर्नेछन्।  तथापि, अमेरिकी राज्य सचिव मार्को र्यूबियोले पहिले नै यो स्वीकार गरिसकेका छन् कि हामी बहुध्रुवीय संसारमा बाँचिरहेका छौं। यो स्वीकृति सही र आशापूर्ण मान्न सकिन्छ।

२००७ मा, आफ्नो म्युनिक भाषणमा, पुटिनले संयुक्त राष्ट्रसंघको सन्धिको पालना गर्नुको आवश्यकता र महत्त्वलाई जोड दिएका थिए। तथापि, संयुक्त राष्ट्रसंघ द्वितीय विश्वयुद्धका परिणामस्वरूप बनेको एक संगठन हो। जहाँ सुरक्षा परिषद, शक्ति वितरण र यसको तंत्रहरू औपचारिक रूपमा वेस्टफालियन व्यवस्थाका सिद्धान्तहरूमा आधारित थिए। संयुक्त राष्ट्रसंघले केवल राष्ट्र-राज्यहरूलाई नै सार्वभौम अभिनेता रूपमा मान्यता दिएको थियो। ।

तस्बिर: फेब्रुअरी २००७ मा, भ्लादिमिर पुटिनले आफ्नो प्रसिद्ध म्युनिक सम्बोधन। जसलाई रूसको समकालीन, सार्वभौम राजनीतिक मार्गनिर्देशनको घोषणा मान्न सकिन्छ।

संयुक्त राष्ट्रसंघको प्रमुख सिद्धान्तमा एउटा विरोधाभासी सूत्र पनि समाविष्ट थियो। त्यो हो, कुनै पनि राष्ट्र-राज्यको भौतिक अखण्डताका अधिकार र जनताको आत्मनिर्णयको अधिकारको स्वीकृति। जुन सिद्धान्त स्वाभाविक रूपमा सार्वभौमिकतालाई चुनौती दिन्छ। यो अस्पष्ट सूत्र पछि विभिन्न सन्दर्भमा र विभिन्न अर्थका साथ लागू गरिएको छ। तथापि, संयुक्त राष्ट्रसंघको प्रणालीले द्वीध्रुवीयता र अल्पसंख्यक गैर-गठबन्धन राष्ट्रहरूको एक सानो भागलाई जोगाई राखेको छ। तर समग्रमा, यसले एक मौलिक रूपले द्विध्रुवीय विश्व व्यवस्थामा परावर्तित गरेको छ।

सोभियत सङ्घको पतनपछि द्विध्रुवीय संसार अस्तित्वमा रहेन। प्रारम्भमा, विश्वव्यापी दृष्टिकोण भएका व्यक्तिहरूले एकध्रुवीय संसार स्थापना गर्ने प्रयास गरे। यहाँसम्म कि "लोकतान्त्रिकहरूको महासंघ" बनाउने पक्षमा संयुक्त राष्ट्रसंघको विघटनको प्रस्ताव समेत गरे। तर यस विचारले कहिल्यै संस्थागत समर्थन प्राप्त गर्न सकेन। किनकि संसारको अधिकांशले पश्चिमी प्रभुत्वमा असंगत राष्ट्रहरूको समायोजन गर्ने अवधारणा अस्वीकार गर्यो। जसको परिणामस्वरूप, संयुक्त राष्ट्रसंघ निष्क्रिय बन्यो  र अबत झन समाप्त भइसकेको द्विध्रुवीय विश्व व्यवस्थाको अवशेष बनेको छ। अन्ततः, एकध्रुवीय संसारले पनि आफूलाई संस्थागत गर्न असफल भयो साथै इतिहासको अंश बन्न पुग्यो।

अब, बहुध्रुवियतामा आधारित एक नयाँ विश्व व्यवस्था निर्माण गर्नुपर्छ। यस बहुध्रुवियतालाई अभिव्यक्तिको नयाँ ढाँचामा पाएन भने के होला? के संयुक्त राष्ट्रसंघलाई बहुध्रुवियताको सिद्धान्तसँग मेल खाने गरी पुनर्संरचना गर्न सकिन्छ? मलाई शंका छ, किनकि वर्तमान संयुक्त राष्ट्रसंघको संरचना वेष्टफालिय प्रणाली र याल्टा सम्मेलनद्वारा स्थापन गरिएको वैचारिक द्विध्रुवीयताको संयोजनको प्रतीक हो। जुन दोस्रो विश्वयुद्धको परिणामस्वरूप उत्पन्न भएको थियो। तर त्यसपछि धेरै युद्धहरू भएका छन्। जसले विश्वको राजनीतिक नक्सा अप्रत्याशित तरिकाले पुनः आकार दिएको छ। जसको परिणामस्वरूप, आजका राष्ट्रिय राज्यहरूलाई अत्यधिक असीमित संप्रभुता र वास्तविक शक्तिको स्तर प्राप्त भएको छ। त्यसैले, मलाई विश्वास छ कि संयुक्त राष्ट्रसंघले यस्ताे रूपान्तरण वा विकास गर्न असमर्थ छ।

अब नयाँ अन्तर्राष्ट्रिय संस्थाको सिर्जना गर्ने बारे विचार गर्ने समय आएको छ। जुन बहुध्रुवियता विश्वका उदाउँदा परिस्थितिहरूलाई प्रतिबिम्बित गर्न सकोस्, र प्रमुख संस्थाहरूमा भूमिका वितरणको उपयुक्तता सुनिश्चित गरोस्। यस दिशाउन्मुख एक सम्भावित कदम भनेको ब्रिक्स राष्ट्रहरूको बीच संवादबाट स्थापनामा हुन सक्दछ, जुन बहुध्रुवियतामा ट्रम्पको अमेरिका एक मोडलको रूपमा कार्य गर्न सक्छ। अन्ततः, एक अवशिष्ट प्रक्रियाद्वारा, युरोप पनि सामेल हुन सक्छ। यो अन्ततः एकपटक जागृत हुनेछ र दुर्भाग्यवश अहिले सम्म फसेको उदार-वैश्विक उन्मादबाट बाहिर आउँनेछ।

अनुवाद: मोहनप्रसाद ज्ञवाली