पैक्स युरोपिया: उदारवादी नाजीहरूको पदयात्रा

अलेक्जेन्डर दुगिनले यश लेखमा युरोपेली संघको सैन्यवादी प्रवृत्तिउन्मुख प्रस्थान गतिविधिलाई उजागर गरेका छन् जुन अब प्याक्स अमेरिकालाई प्रतिस्थापन गरी आक्रामक रूपमा प्याक्स युरोपियाका रूपमा स्थापित हुन खोज्दैछ। तर यिनिहरु आफ्नै विघटनशील व्यवस्था जोगाउनलाई युद्ध लड्न तत्पर देखिन्छन्

युरोपेली संघका सैन्य आयुक्त, लिथुएनियाका अन्द्रियुस कुबिलियसले टोकेभिल संवाद मञ्चमा एक अत्यन्तै अर्थपूर्ण भाषण दिए। उनको मुख्य मन्तव्यले नयाँ विश्व परिदृश्यमा युरोपेली राजनीतिज्ञहरूले आफूहरूको भू-राजनीतिक अवस्थालाई कसरी बुझिरहेका छन् भन्ने कुरा स्पष्ट रूपमा झल्काउँछ।

अन्द्रियुस कुबिलियसले आफ्नो भाषणको सुरुवात अमेरिकी MAGA आन्दोलनको आलोचना गरे, जसले ट्रम्पलाई सत्तामा ल्याउन मद्दत गर्‍यो। उनले यसलाई अमेरिकीहरूले लोकतन्त्रप्रति आफ्नो बोध गुमाउँदै व्यक्तिगतताको दिशातर्फ मोडिएको रूपमा चित्रण गरे। यो एकदमै अनौठो र असंगत विश्लेषण हो, तर मलाई लाग्दैन कि लिथुएनियाली नेता आफूलाई दर्शनशास्त्री ठान्छन्। वस्तुतः, MAGA आन्दोलन भनेको उदारवादका अतिरेक विरुद्ध अमेरिकन ऐक्यबद्धताको पुनरुत्थान हो। यो नै त्यो “अमेरिकी लोकतन्त्र” हो जसको प्रशंसा टोकेभिलले गरेका थिए। आजका दिनमा वैश्विकतावादी र युरोपेली नेताहरूले जसलाई “लोकतन्त्र” भनेर बुझाउँछन्, त्यो वस्तुतः एक प्रकारको “उदारवादी नाजीवाद” हो। यसकै विरोधमा अमेरिकीहरू उठेका हुन्  र त्यो पूर्णरूपमा न्यायसंगत छ। तर राजनीतिक दर्शनमा गरिएको यो अप्ठ्यारो प्रयासपछि, आन्द्रियस कुबिलियस अन्ततः आफ्नो वास्तविक बिन्दुतर्फ उन्मुख हुन्छन्।

उनको मुख्य तर्क यस्तो छ: प्याक्स अमेरिकाना (Pax Americana) युरोपबाट पछि हट्दैछ। अतीतमा, संयुक्त राज्य अमेरिका अहिलेको युरोपमा सत्तारूढ 'उदारवादी नाजीहरू' जस्तै विचारधाराद्वारा सञ्चालित थियो। कुबिलियसले जानाजान लिथुएनियाका "वन Forest) दाजुभाइहरू" (हिटलरका दण्डात्मक दस्ताहरूसँग सहकार्य गर्नेहरू) लाई एक आदर्शको रूपमा प्रस्तुत गर्छन्।

त्यस समयमा युरोपेली संघ (EU) ले संयुक्त राज्य अमेरिका (U.S.) लाई बिना सर्त अनुसरण गथ्र्यो चाहे वाशिंगटनले युद्ध सुरु गरेको होस् वा उक्साएको, त्यसलाई स्थगित गर्ने प्रयास गरेको होस् वा अन्त्य गर्न खोजेको होस्। युक्रेनको सन्दर्भमा पनि यही अवस्था देखियो। बाइडेन प्रशासनले रूसलाई उक्सायो र त्यसपछिको परिस्थितिलाई व्यवस्थापन गर्ने प्रयास गर्‍यो। युरोपेली संघले प्याक्स अमेरिकाना (Pax Americana) लाई निष्ठापूर्वक पछ्यायो र आफ्ना कदमहरू त्यसै अनुरूप मिलायो। तर त्यसपछि ट्रम्प आफ्नै एजेन्डा लिएर अगाडि आए। कुबिलियसका अनुसार, अब ट्रम्पले आफ्नो ध्यान हिन्द-प्रशान्त क्षेत्रतर्फ सार्नेछन्। के मध्यपूर्व त्यसअन्तर्गत पर्छ त? साथै उनले युरोपलाई युक्रेनका साथ रूसको प्रत्यक्ष सामना गर्न छाडिदिनेछन्। पूर्ण रूपमा एक्लो त होइन, तर ट्रम्पका अभिप्रायहरू अस्पष्ट छन्, र MAGA (Make America Great Again) आन्दोलनले उनलाई समर्थन गरिरहेकाले उनीमाथि पूर्ण रूपमा विश्वास गर्न सकिँदैन। यसैले, प्याक्स युरोपिया (Pax Europea) परियोजनाको सुरुवात अपरिहार्य भएको छ। यसको आशय भनेको यदि उनीहरूले आफ्नै बाटो पूर्ण रूपमा लिँदै गए भनेको “उदारवादी नाजीवाद” (liberal Nazism) लाई स्वतन्त्र रूपमा (प्रमुख रूपमा रूसबाट र यदि आवश्यक परे ट्रम्प र MAGA बाट पनि) जोगाउनु हो।

यसपछि सधैंझैं रसियाविरोधी घृणात्मक टिप्पणीहरूको बाढी आउँछ, जसको निष्कर्ष यस्तो हुन्छ: रसियालाई महान् राष्ट्र बन्ने बाटोबाट हटाएर एउटा "सामान्य" देश बनाइनु पर्छ। यदि रूस महान रहिरह्यो भने, उसले “उदारवादी नाजीवाद” विरुद्ध युद्ध सुरु गर्नेछ (जसको सम्भावना वास्तवमै छ) र त्यसपछि यूरोपेली संघमा कुनै पनि देश सुरक्षित हुने छैनन्। किनकि विशेषगरी अमेरिका फेरि पनि आफ्नै योजनामा (जस्तै: हिन्द-प्रशान्त क्षेत्र)व्यस्त रहने छ। रसियालाई “सामान्य देस बनाउने” एक मात्र उपाय भनेको उसलाई रणनीतिक पराजयको सामना गराउनु हो त्यो पनि युक्रेनको माध्यमबाट। किनभने युरोपेलीहरू स्वयंले जस्तो लड्न चाहँदैनन्, युक्रेनीहरू अझै पनि दृढता र अन्तिम सीमासम्मको संकल्पका साथ लडिरहेका छन्। उनीहरूले त अहिले युरोपमै सबैभन्दा बढी ड्रोनको सञ्चयसमेत गरेका छन्।

यसरी प्याक्स यूरोपिया (Pax Europea) भन्ने परियोजनाको सार यो हो: युरोपका "उदारवादी-नाजी" शासकहरू ( जसको सूची "फरेस्ट ब्रदर" कुबिलियसले दिएका छन्  उर्सुला फन डेर लायन, फ्रेडरिक मर्ज, इम्यानुएल म्याक्रों, किअर स्टार्मर, जोर्जिया मेलोनी, र डोनाल्ड टस्क)हरुको निष्कर्ष  EU लाई एक आक्रामक र युद्धमुखी सैन्य गठबन्धनमा रूपान्तरण गर्नुपर्छ भन्ने रहेको छ र जसको मूल उद्देश्य भनेको रूससँग युद्ध लड्नु हो। युक्रेन यस सैन्य संरचनाको केन्द्रविन्दु बन्नेछ।

यसैबीच, Pax Americana (अमेरिकी नेतृत्वमा स्थापित शान्ति व्यवस्थाको प्रतीक) को प्रतिनिधि नाटो अब अप्रासंगिक हुँदैछ, किनकि अमेरिका अहिले आफ्नै "MAGA" युग (Make America Great Again) मा प्रवेश गरिसकेको छ। त्यसैले निष्कर्ष एकदम स्पष्ट छ, अब युरोपेली सैन्य गठबन्धन निर्माण गर, युक्रेनलाई बिना सर्त सदस्यता देऊ र रुसविरुद्ध पूर्णरूपमा युद्ध सुरु गर न कि युक्रेनसँगको लडाइँ सकिएर रुस युरोपतर्फ बढ्ने पर्खाइ गर। रुसले युक्रेनपछि युरोपमा मोड लिन्छ त? यो प्रश्न अझै खुला छ। तर, कुविलियसजस्ता व्यक्तिहरू जतिजति बढ्छन्, त्यसको उत्तर 'हो' हुने सम्भावना पनि त्यति नै बढ्दै जान्छ।

कुविलियसको भाषणको प्रमुख विशेषता भनेकै यसको स्पष्टता हो। यही कुरा अहिले युरोपेली सङ्घका सत्ताधारीहरू सोचिरहेका छन्, त्यसका लागि योजना बनाइरहेका छन्, र सक्रिय रूपमा तयारी गरिरहेका छन्।

यही अनुसार, युरोपको यस्तो अवस्थाको सामना गर्न रूससँग एउटा मात्र विकल्प बाँकी रहन्छ: केवल आफ्नै शक्तिमा भरोसा गर्नु , दृढतापूर्वक र निडरतापूर्वक युक्रेनमा अन्तिम विजयसम्म लडिरहने र 'पैक्स रसिका' लाई अगाडि बढाउने।

यद्यपि, कौतुहुलताको कुरा के छ भने, बहुध्रुवीयताको कडा विरोध गर्ने ती शक्तिहरू आफैंमा थाहा नपाई, त्यसैको ढाँचामा प्रवेश गर्न थाल्छन् र त्यसैका सूत्रहरू अनुसार काम गर्न थाल्छन्। यहाँ हामीसँग 'पैक्स अमेरिकाना' छ जुन अहिले ‘MAGA’ द्वारा भरिएको ध्रुव। त्यसपछि 'पैक्स रसिका' अर्को ध्रुव। 'पैक्स सिनिका' चिनियाँ ध्रुव (जुन स्पष्ट छ)। अब यी सबैको बीचमा देखा पर्दैछ ‘नाजी-उदारवादी’ ध्रुव जसलाई यहाँ 'पैक्स युरोपिया' भनिएको छ। यो नै हो शुद्ध बहुध्रुवीयता।

अनुवाद : मोहनप्रसाद ज्ञवाली