पश्चिम समाप्त भयो: रूस र अमेरिकाले विश्वमानचित्रको पुनःनिर्माण गरिरहेका छन्
Primary tabs

राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पले अन्ततः फोन संवादको थालनी गरे यो विषय उल्लेखनीय छ। दुई ठूला शक्ति राष्ट्रका नेताहरूले संवादको थालनी गर्नु, साँच्चै एक महत्वपूर्ण प्रगति हो। स्वाभाविक रूपमा, उनीहरूबीचको छलफल विश्व व्यवस्था सम्बन्धी मुद्दाहरूमा केन्द्रित थियो। दुई ठूला शक्ति राष्ट्रका नेताहरूले जबसम्म विश्व व्यवस्थाका लागि नयाँ मापदण्डहरू परिभाषित गर्दैनन् तवसम्म सानातिना विषयहरूमा कुरा गर्नुको कुनै औचित्य हुँदैन।
अनुदारवादी क्रान्तिबाट विश्व पुनर्वितरणतर्फ
तथ्य यो हो कि, पश्चिममा वास्तविक रुपमा एउटा रुढीबादी क्रान्ति सम्पन्न भएको छ। ट्रम्प र उनका अनुयायीहरूले सामूहिक पश्चिमको दिशालाई १८० डिग्रीले परिवर्तन गरेका छन्। साथै, सामूहिक पश्चिम अब एक इकाईको रूपमा अस्तित्वमा छैन। यसको सट्टा, अहिले संयुक्त राज्य अमेरिका (महान अमेरिका) छ, जुन ट्रम्पको कार्यकालको छोटो अवधिमा महान बनेको छ। हालसम्म पनि युरोप एक उदारवादी, वैश्विकतावादी युरोप बाँकी छ। तर यो दुर्भाग्यपूर्ण भ्रम हो; युरोपलाई नयाँ व्यापक बहुध्रुवीय विश्वव्यवस्थाको मोडेलसँग तालमेलमा ल्याउनुपर्छ जसमा ट्रम्प र पुटिन दुवै सहमत छन्। जस्तै सि जिनपिङ, महान चीनका महान शासक, र मोदी, महान भारतका महान शासक यसमा सहमत छन्। त्यसैले, युरोपले महान बन्नुपर्छ। नत्र यो पूर्णरूपमा अस्तित्वहीन हुनेछ र हामी यसलाई बिर्सनेछौं।
आजको नयाँ विश्व व्यवस्थाका दुई वास्तुकारहरूबीचको वार्तालापले अत्यन्त ठूलो महत्व राख्छ। उता पुटिनको रूस भने उही पुरानै अवस्थामा अडिग छ। वास्तवमा, केही हदसम्म, यो नयाँ महान अमेरिकाका लागि एउटा आदर्शको रूपमा प्रस्तुत हुन्छ। सारमा, अहिले हामी एउटै दिशामा अघि बढिरहेका छौं; फरक यति मात्र हो कि अमेरिकीहरु आफ्नो विशिष्ट चमकका साथ छिटो अघि बढिरहेका छन् । तर हामी बिस्तारै र सावधानीपूर्वक अघि बढिरहेका छौं। तसर्थ, मलाई विश्वास छ कि आधुनिक विश्वको नजिकको भविष्यमा पुटिनको रूस र ट्रम्पको अमेरिकाबीचको गठबन्धन हुनेछ। तर, त्यसअघि सबैभन्दा गम्भीर विवादास्पद मुद्दा समाधान गर्नुपर्छ — अर्थात्, युक्रेनको प्रश्न।
युक्रेन हाम्रो हो। यही सत्य हो।
युक्रेन हामीसँगै हुनुपर्छ र अरु कसैसँग होइन। न त युरोप, न त अमेरिकासँग। त्यही समयमा, क्यानडा अमेरिकाको ५१औं राज्य बन्न सक्छ भन्ने कुरा सम्भव छ — हामीलाई कुनै आपत्ति छैन। वा ग्रीनल्यान्ड अमेरिकाको भाग बन्न सक्छ — हामीलाई कुनै आपत्ति छैन। र यदि पश्चिमी युरोप पनि अमेरिकाको भाग बन्छ भने, हामीलाई सायद धेरै आपत्ति नहोला। पुटिनले एकपटक भनेझैं, युरोपेली उच्च वर्गहरू अमेरिकी मालिकको अगाडि पुच्छर हल्लाउने कुकुरहरू मात्र हुन्। राम्रोसंग हल्लाउन् — यसले हामीमा कुनै कुनै फरक पर्दैन। तर, युक्रेन, बेलारुस, बाल्टिक राष्ट्रहरू र पूर्वी युरोपका केही भागहरु नयाँ विश्व पुनर्वितरणको नक्शामा स्पष्ट रूपमा हाम्रा हुन। यसमा कुनै दोहोरो प्रश्नको स्थान छैन।
मध्य पूर्वको सन्दर्भमा, रुस इरानसँग संघीय राज्य स्थापना गर्ने दिशामा अघि बढिरहेको छ। यस सन्दर्भमा, हामी वास्तवमै संयुक्त राज्य अमेरिकासँग हाम्रो मतभेद छ। तर के भयो र? यो ठूलो कुरा होइन। हो, रुस-इरान संघीय राज्यले अमेरिकी-इजरायल गठबन्धनको विरोध गर्नेछ। तर अन्ततः, यस संघर्षमा युद्धविराम र आपसी प्रभावका क्षेत्रहरूको लागि हामी अनिवार्य रूपमा साझा सूत्रहरू खोज्नेछौं।
तर, युक्रेनलाई यस समीकरणको कुनै पनि विषय बनाउनु हुदैन। युक्रेन हाम्रै हो — रूसको एक भाग मात्र। बेलारूस हाम्रो सहयोगी राष्ट्र हो। इरान हाम्रो संघीय राज्य मात्र हो। त्यहाँबाट हामी सम्बन्धहरूको एक जटिल सन्तुलन निर्माण गर्नेछौं। र यदि युरोप एक विषयको रूपमा अस्तित्वमा रहन्न भने, त्यो उनीहरूको आफ्नै कर्म हो। उनीहरूले आफैंले आफुलाइ यस्तो बनाए। म पुनः दोहोर्याउँछु: युरोप या त महान हुनेछ, वा यसको अस्तित्वमा पूर्ण रूपमा समाप्त हुनेछ।
सारांश:
अलेक्जेन्डर दुगिनले यश लेखमा दाबी गर्छन् कि पश्चिम अब एकीकृत सत्ता रूपमा अस्तित्वमा छैन। ट्रम्प र पुटिनले एक रूढिवादी क्रान्तिमार्फत विश्व व्यवस्थालाई पुनःआकार दिइरहेका छन्। जसमा क्यानाडा र ग्रीनल्याण्ड अमेरिकाको नियन्त्रणमा पर्न सक्छन् साथै पूर्वी युरोपका केही भागहरू रुसको अधीनमा हुन सक्छन्। साथै युरोपले महान बन्ने कि? विलिन हुने बीच एक छनोट गर्नुपर्नेछ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली