रोमानियाको उदारवादी विश्वव्यवस्थाविरुद्ध विद्रोह
Primary tabs

रुढीवादी विचारधारा र सार्वभौमिकताको पुनरागमन।
️अलेक्जेन्डर दुगिन
अलेक्जेन्डर दुगिनले रोमानियाको राष्ट्रपति निर्वाचनको पहिलो चरणको विश्लेषण गर्दै जर्ज सिमिओनको विजयलाई युरोपमा बढ्दो रुढीवादी लहरको अर्को चिंगारी र राष्ट्रमा प्राचीन रूढीवादी (अर्थोडक्स) पुनर्जागरणको संकेतका रूपमा व्याख्या गरेका छन्।
रोमानियाको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा सार्वभौमवादी उम्मेदवार जर्ज सिमिओनको विजय एक ऐतिहासिक घटना हो। यसले रोमानियाली जनताको युरोपेली उदारवादी अभिजात वर्ग र वैश्विकतावादी तानाशाहीको प्रभुत्व अन्त्य गर्ने इच्छालाई पुष्टि गर्छ। यो पनि याद गर्न अत्यावश्यक छ कि रुमानियाली जनता प्राचीन पवित्र अर्थोडक्स धर्मावलम्बी हुन्। जब जर्ज सिमिओन र पूर्वमा अयोग्य घोषित गरिएका उम्मेदवार कालिन जिओर्जेस्कुले परम्परागत मूल्यहरूको पुनरागमनको कुरा उठाउँछन्। यसको तात्पर्य उनीहरू ओर्थोडक्सी (परम्परागत ईसाई धर्म) मा फर्किने चहाना राखिरहेका छन् । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो।
अहिले युरोपभर एक प्रकारको परम्परावादी क्रान्तिको उभार चलिरहेको छ। परम्परागत मूल्य मान्यताका पक्षपातीहरूले वैश्वीकतावादका पक्षधरहरूलाई टक्कर दिइरहेका छन्। यस नाटकको प्रारम्भिक दृश्य हामीले अमेरिकामा देखिसकेका छौं। जहाँ ट्रम्प समर्थकहरू र वैश्वीकतावादीहरूबीचको संघर्षले अन्ततः अमेरिकी निर्वाचनमा परम्परागत मूल्यहरूको विजय सुनिश्चित गर्यो। यद्यपि अमेरिकी परम्परागत मूल्यहरू हाम्रो र युरोपको मूल्यहरूसँग पूर्ण रूपमा मेल खाँदैनन्, तर पनि तिनको मूलभूत स्वभाव परम्परावादी नै रहन्छ।
यो परम्परावादी क्रान्ति अहिले युरोपसम्म फैलिएको छ। त्यहाँ यसले तीव्र प्रतिरोधको सामना गरिरहेको छ। विशेषतः ती उग्र उदारवादीहरू, जसले अधिकांश युरोपेली मुलुकहरूमा सशक्त ढंगले तानाशाहीवादी शासन स्थापना गरिसकेका छन्। हालै, उनीहरूले जर्मनीको परम्परा र सार्वभौमिकतावादी दल ‘अल्टरनेटिभ फर जर्मनी (AfD)’ लाई "उग्रपन्थी सङ्गठन" घोषणा गरे। त्यो पनि कुनै वैधानिक आधारबिना नै। साथै उनीहरूले नयाँ अमेरिकी प्रशासनको खुलेआम अवज्ञा गरे, किनकि ट्रम्प र एलन मस्क दुबैले AfD लाई समर्थन जनाइसकेका थिए।
यसैगरी, ट्रम्प, मस्क र ट्रम्पवादी आन्दोलनले रोमानियाली सार्वभौमवादी नेताको रूपमा चिनिएका क्यालिन जिओर्जेस्कुलाई समर्थन गरेका थिए, जसलाई २०२५ को राष्ट्रपति निर्वाचनमा गैरकानुनी रूपमा भाग लिनबाट वञ्चित गरियो। जिओर्जेस्कुले २०२४ को पहिलो चरणमा विजय प्राप्त गरेका थिए। तर उनीमाथि रूसको पक्षमा कार्य गरिरहेको भन्ने आधारहीन आरोप लगाउँदै उनले प्राप्त गरेको मतपरिणामलाई रद्ध गरियो।
अहिले सम्पन्न, नयाँ पहिलो चरणको मतदानमा जर्ज सिमिओन — जो जोर्जेस्कुबाट समर्थन प्राप्त गरेका छन् ऊनी ४१% मतसहित अग्रस्थानमा छन्। उनको विजय केवल रोमानियन जनताको लागि मात्र होइन, उदार-वैश्वीकतावादी तानाशाहीविरुद्धको सङ्घर्षमा सम्पूर्ण परम्परावादी युरोपका लागि पनि एक महत्वपूर्ण जित हो।
पक्कै पनि, सिमिओनका सबै भू-राजनीतिक धारणा हाम्रो विचारसँग मेल खाँदैनन्। तर उनी किभको शासनप्रणालीको विरोध गर्छन्, युद्ध अस्वीकार गर्छन् र उदारवाद तथा यसको तानाशाहीको प्रतिरोध गर्छन्। यसरी गर्दा, वस्तुगत रूपमा उनी हाम्रा सहयोगी बन्छन्। तर, उनको विजयले हामीलाई अत्यन्तै सुमधुर सम्बन्धको प्रत्याभूति भने दिने छैन। जसरी ट्रम्प विजयपछिको सम्बन्ध तथा अन्य पश्चिमी रुढीवादीहरूसँग हाम्रो सम्बन्ध पनि अवरोधरहित छैन। पूर्ण समन्वय असम्भव हुनेछ। तर कम्तिमा उनी यति अवश्य हुन् - हाम्रा शत्रुहरूका शत्रु हुन्। विशेषतः, सिमीओनले कीएभमा स्थापित (हाम्रो साझा शत्रु) विश्वव्यापी सञ्जाल (वैश्वीकतावादी)द्वारा स्थापित नव-नाजी शासन बिरोधि हाम्रो दृष्टीकोणलाई समर्थन गर्छन्।
संभावना यो पनि छ कि वैश्वीकतावाद पक्षधरहरूले रोमानियाली जनताविरुद्ध थप कदम चाल्ने प्रयास गर्नेछन्। एक रुढीवादी राष्ट्रपतिको निर्वाचन गराउने पहिलो प्रयास (जोर्जेस्कु) उनीहरूले विफल पारे। अहिले यो दोस्रो प्रयास हो। हामी स्पष्ट रुपमा एकिन गर्न सक्छौँ कि यी वैश्वीकतावाद समर्थकहरू कुनै पनि हदमा जान तयार हुन्छन्, चाहे त्यो राजनीतिक हत्या, खुला रूपमा आतङ्कवादी रणनीति वा हमला, आफ्ना विरोधी नेताहरूलाई प्रतिबन्ध लगाउने होस वा आपराधिक अभियोग लगाउनुको साथै निर्वाचन परिणामलाई रद्द गर्ने वा फेरबदल गर्ने जस्ता कार्यहरू जस्ता जुनसुकै कार्यमासंलग्न हुनसक्छन्।
यद्यपि ट्रम्पले कम्तीमा अस्थायी रूपमा अमेरिकामा यो उदारवादी अधिनायकवादलाई पराजित गर्न सफल भएका छन्। युरोपमा भने रूढिवादी क्रान्तिको अनुभूति हुन अझै बाँकी छ। जर्ज सिमियन यस क्रान्तिका पहिलो विजेता बन्ने आशा गरिएको छ। रोमानियालीहरूका लागि परम्परागत आर्थोडक्सी मूल्यहरू अपरिहार्य हुन्। र उनीहरू यससँग सम्बद्ध भएकाले, यदि दोस्रो चरणको निर्वाचन अगाडि बढ्छ भने सिमियनको विजय लगभग अवश्यम्भावी हुनेछ। यसले रूसी-रोमानियाली सम्बन्धलाई विकास गर्नका लागि अनुकूल वातावरण सिर्जना गर्ने सम्भावना छ। विशेषतः पूर्व प्रधानमन्त्री भिक्टर पोन्टाले (जसले १३ प्रतिशत मतसहित चौथो स्थान प्राप्त गरेका थिए) सिमियनलाई समर्थन गरिसकेका सन्दर्भमा यो परिणाम झनझन सुनिश्चित हुँदै गएको देखिन्छ।
अन्त्यमा एक टिप्पणी। केही पर्यवेक्षकहरू सिमिओनको रोमानिया र माल्डोभालाई पुनः एकीकरण गर्ने प्रस्तावप्रति चिन्तित देखिन्छन्। माल्डोभाकी वर्तमान राष्ट्रपति माइया सान्दु (जो एक वैश्विकवादी तथा सोरोसद्वारा नियुक्त व्यक्तित्व हुन्) सार्वभौमिकतावादको पक्षधर सिमिओनको भन्दा एकदमै भिन्न र विपरीत दृष्टिकोण राख्छिन्। यस्तो परिवेशमा दुवै पक्षबीच कुनै पनि प्रकारको समझदारीको पूर्णतः अभाव हुनु स्वाभाविक देखिन्छ। म यहाँसम्म पनि भन्न सक्छु कि सम्भवतः निकट भविष्यमा रोमानिया, पहिले जहिले पनि रसियासँग निकट र प्रिय रहेको माल्डोभाभन्दा पनि नजिकिन सक्छ।
तर अहिलेको अवस्थामा हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता भनेको यो निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुनु दिनु हो। रोमानियाली जनतालाई आफ्नो इच्छालाई स्वतन्त्र रूपमा अभिव्यक्त गर्न दिनुपर्छ। ती युरोपेली वैश्विकवादीहरू (जसले रोमानियामा समेत उदारवादी अधिनायकवाद लागू गरेका छन्) ले एकपटक फेरि पारम्परिक इसाई अर्थोडक्स रोमानियाली जनताको स्वतन्त्र अभिव्यक्तिलाई विफल हुन दिनु हुँदैन।
अनुवाद: मोहनप्रसाद ज्ञवाली