रूसी जनतालाई जागृत गराऊ!
Primary tabs

विशेष सैन्य अपरेशन (SMO) को अन्त्यको प्रतिक्षामा रहेको चञ्चल भावना केही अशोभनीय हो। यहाँसम्म कि यसमा विकृत कुरा समावेश छ। विजयप्रति लक्ष्यित हुनु एउटा कुरा हो। यो प्रयास, बलिदान, वीरता र परिचालन हो। तर यो बिल्कुल पनि "यो छिटो सकियोस्" भन्ने होइन। यदि हामी नब्युँझिने हो भने, यो अन्त्य हुने छैन। त्यसको लागि समाजको सुतेको भागलाई ब्युँझाउन के आवश्यक पर्छ? हो मेरो विश्वास छ, कि यसको लागि प्राकृतिक र कृत्रिम दुवै कारणहरू छन्।
प्राकृतिक कारणहरू यस तथ्यमा निहित छन् कि हाम्रा मानिसहरू लगभग सय वर्षदेखि, सायद अझ लामो समयदेखि, "निन्द्रा" को अवस्थामा बाँचेका छन्। उनीहरूलाई विभिन्न विचारधाराहरूमा अनुकूलन गर्न बाध्य बनाइएको छ, जसलाई उनीहरूले पूर्ण रूपमा बुझ्दैनन्। साथै, विभिन्न शासन प्रणालीहरूले पनि उनीहरूको इच्छा र चासोलाई प्रतिबिम्बित गर्न सक्दैनन्। यसको परिणामस्वरूप, उनीहरूले आफ्नो प्रति देखाइएको उपेक्षाको मूल्य चुकाउन बाध्य हुन्छन्। यो मूल्य उनीहरूले आफ्ना विचार र परियोजनाहरूबाट टाढा रहेर चुकाउँछन्।
मानिसहरू र राज्यबीच एक अत्यन्त जटिल र पीडादायक प्रायः दुःखद सम्बन्ध रहेको छ। यद्यपि जनताका लागि राज्य एक आदर्शको रूपमा उच्चतम मूल्य हो, जसका कारण उनीहरू राज्यको अपूर्णता यसको सामाजिक प्रणाली, यसको प्रशासनिक संरचना देख्दा पनि धेरै सम्झौता स्वीकार गर्छन्। तर यो असंगतिले अन्ततः उनीहरूलाई उदास र निराशामा डुबाउँछ।
रूसी जनताहरूको रूसी राज्यसँग निकै जटिल सम्बन्ध छ। एकातिर, उनीहरूले यसलाई एक विचारको रूपमा स्वीकार्छन् र सम्मान गर्छन्। यसलाई उच्च आध्यात्मिक मूल्य (राज्यको पवित्रीकरण) मान्छन्। अर्कोतर्फ, लामो समयसम्मको उपेक्षापछि, जसमा सत्तारूढ विचारधाराले जनतालाई मुख्य केन्द्रमा राखेन, जनताले शान्त निराशा र अवज्ञाको माध्यमबाट यसको मूल्य चुकाउन थालेका छन्। सत्तामा रहेका व्यक्तिहरूले कुरा गर्दा जनताले टाउको हल्लाउँछन्। तर वास्तविकतामा उनीहरूले त्यसलाई मनबाट स्वीकार गरेका हुँदैनन्।
यसरी अर्धनिद्राको अवस्था, बेग्लाबेग्लैपन हाम्रो जनतालाई बानी परिरहेको छ। केवल युद्धले विशेष गरी युक्रेनमा अहिले भइरहेको जस्तो पवित्र युद्धले मात्र प्रायः जनतालाई चलायमान बनाउँछ र तिनीहरूलाई बिउँझाउँछ। जनता बिस्तारै चेतन थाल्छन्। आफैंलाई इतिहासको विषयको रूपमा चिन्छन् र सक्रिय हुन थाल्छन्। उनीहरू आफैंले त्यस्तो राज्यव्यवस्थाको माग गर्न थाल्छन्, जसमा उनीहरूले विश्वास गरेका हुन्छन् साथै त्यसको रक्षा गर्छन् । जसको मूल्य रगतले तिर्नुपर्छ। यस्तो अवस्था १७ औं शताब्दीको आरम्भमा भएको 'टाइम अफ ट्रबल्स' को समय, १८१२ को देशभक्तिपूर्ण युद्धको समयम र 'ग्रेट प्याट्रियोटिक वार' को समयमा पनि भएको थियो।
तर, जनतालाई केवल व्यावहारिक उद्देश्यको लागि प्रयोग गर्ने र तिनीहरूप्रति बेपरवाह देख्ने प्राचीन आदतले जनताको उत्साहलाई शीतल पार्छ र उनीहरूको जागरणलाई कमजोर गराउँछ। यो एक अत्यन्त संवेदनशील मुद्दा हो किनभने वास्तविकता भनेको यो छ: हाम्रो उच्च वर्गमा अझै पनि धेरै व्यक्ति छन्। जो उदार विचारधाराका छन् र पूर्ण रूपमा वैश्वीकरणतर्फ उन्मुख छन् । जसले रूसी जनतालाई सिधै घृणा, डर, र तिरस्कार गर्छन्। त्यसैले मैले हालका समयहरूमा पनि सबैभन्दा स्वाभाविक र समयसापेक्ष देशभक्तिपूर्ण पहलहरूको दमनको माध्यमबाट यसलाई बारम्बार अनुभव गरेको छु।
अर्थात्, आज शक्तिको शिखरमा त्यस्ता व्यक्तिहरू छन् जो संसारमा अरू कुनै पनि कुराभन्दा बढी रूसी जनताको जागरणबाट डराउँछन्। त्यसैले, तिनीहरू या त राष्ट्रवादको नक्कली रूपहरू सिर्जना गर्न वा यो जागरणलाई पूर्ण रूपमा दबाउन प्रयास गरिरहेका छन् । ताकि रूसी जनताले आफूलाई आफ्नै इतिहासका स्रष्टाहरूको रूपमा नचिनून्। हो, विगत तीस वर्षदेखि कायम रहेको रुसोफोबिया एसएमओ (विशेष सैन्य अपरेसन) सुरु भएदेखि केही हदसम्म घटेको छ। तर यो पूर्ण रूपमा हराएको छैन। किनकि शक्तिको उच्च तहमा त्यस्ता व्यक्तिहरू छन् जो रूसी जनतालाई अझ गहिरो र अपरिवर्तनीय निन्द्रामा राख्न चाहन्छन्।
यद्यपि, रुसका परीकथाहरूमा हामीले प्राय: उल्लेख गर्ने "वीर निद्रा" को अवधारणा एक प्रकारको कालो जादु हो। यो नायकमाथि दुष्ट शक्तिहरू, अन्धकारपूर्ण प्राणीहरूले उसको महान् कार्य पूरा गर्ने बेलामा लगाइने मन्त्र हो। ठीक त्यही क्षणमा, जब उसले कसैलाई बचाउनुपर्छ। उसलाई भयानक निद्राले समात्छ: उसले केही बुझ्दैन। उसले यसको प्रतिरोध गर्न सक्दैन र ऊ गहिरो निद्रामा लम्पसार पर्छ। उसलाई मात्र, उदाहरणका लागि, परीकथाकी कन्याको आँसुले मात्र उसलाई ब्युँझाउन सक्छ।
त्यसैले अब: केवल रुसी महिलाको आँसुले मात्र रुसी वीरलाई जागृत गर्न सक्छ। त्यसैले, सम्पूर्ण रुसी जनतालाई पनि जागृत गर्नेछ।
रुसी जनताले उठ्नु पर्छ। किनकि यदि यो जागरण अहिले भएन भने, हाम्रो सबै कुरा जोखिममा पर्छ जहाँ राज्य र जनता समेत। हामी जागृत हुन आवश्यक छ; हामीले दशौं वर्षदेखि भोगिरहेको अधोगति र पतनका प्रमुख प्रवृत्तिहरूलाई उत्कर्ष, जागरण, पुनरुद्धार र पुनर्जीवनका प्रवृत्तिहरूमा परिवर्तन गर्नुपर्छ। तर यही हो कि केही सत्तामा रहेका शक्तिहरू कत्ति पनि यसो गर्न चाहँदैनन् साथै सबैभन्दा बढी डराउँछन्।
सारांश:
अलेक्जेन्डर दुगिनका अनुसार, रूसका जनतालाई ऐतिहासिक जडत्व र शासक वर्गको डरका कारण गहिरो वैचारिक निद्रामा राखिएको छ। यो केवल एक गहिरो राष्ट्रिय पुनर्निर्माण — जुन एक अंधकारमय जादुई मन्त्रमुक्ति जस्तै हुनेछ र यसले मात्र तिनीहरूको सक्रियता पुनःस्थापित गर्न र रूसको अस्तित्वको सुनिश्चितता गर्न सक्छ।