रूसमा साम्राज्यवादी भाग्यको पुनः उदय
Primary tabs

कोन्स्तान्तिन मालोफेभको दृष्टिकोणमा रुसी साम्राज्यलाई रुसको एक पवित्र भाग्यको दृष्टिमा प्रस्तुत गरेका छन। जस्तो कि तेस्रो रोमले दैवीक अधिकार, सांस्कृतिक महानता र दुष्ट शक्तिहरूलाई रोक्ने पात्रको रूपमा 'कतेखोन' लाई प्रतिनिधित्व गर्दछ। त्यसरी नै रुसी साम्राज्यको ब्याख्या गरेका छन्।
अलास्का शिखर सम्मेलनका क्रममा, राष्ट्रपति भ्लादिमिर पुटिनले मन्दमुस्कान सहित बिदेशमन्त्री सेर्गेई लाभ्रोभलाई “साम्राज्यवादी” भने। वास्तवमा, उनी पुनरजागृत साम्राज्यका एक प्रमुख अभियन्ता हुन्। रुसको वैदेशिक नीतिको एक शीर्ष नेतृत्वलाई यसभन्दा बढि सम्मानजनक परिभाषा दिन गाह्रो छ। तैपनि, रुसको इतिहास र भविष्यसँग गाँसिएका मौलिक अवधारणाहरू बुझ्नु अति महत्वपूर्ण हुनेछ। जुन कुरा कोन्स्टान्टिन मालोफेयेभको कृति “साम्राज्य” मा समेटिएको छ।
वीसौँ शताब्दीमा ‘साम्राज्य’ भन्ने शब्दले आफ्नो मौलिक अर्थ गुमायो र प्रायः उपनिवेशवाद (‘औपनिवेशिक साम्राज्य’) वा मार्क्सवादी विचारधारामा (‘साम्राज्यवाद’) सँग मात्र सम्बन्धित भएर प्रयोग गरिन थाल्यो। व्यावसायिक विज्ञापनको युगमा जटिल अवधारणाहरूको अवमूल्यन हुँदै जाँदा, ‘रोथ्सचाइल्ड साम्राज्य,’ ‘क्रुप साम्राज्य,’ ‘वालमार्ट साम्राज्य’ र यहाँसम्म कि ‘प्लम्बिङ साम्राज्य’ जस्ता हास्यास्पद शब्द संयोजनहरू पनि देखा परे।
हाम्रो पुस्तकको उद्देश्य ‘साम्राज्य’ भन्ने उच्च र पवित्र अवधारणालाई त्यसको मौलिक अर्थमा पुनःस्थापित गर्नु, साम्राज्यका विशेषताहरूलाई परिभाषित गर्नु र ती कुरा कुन-कुन अवस्थामा देखा परे भन्ने देखाउनु हो।
साम्राज्य भनेको साम्राज्यहरू मध्ये सर्वोच्च उत्कृष्ट साम्राज्य हो; साम्राज्यमा प्रमुख सम्राट् हुन्छ, जसको शक्ति स्वतन्त्र छ र जुन केवल परमेश्वरको इच्छाद्वारा मात्र नियन्त्रित हुन्छ। साम्राज्यमा सम्राट्को अधिकार र पितृसत्ताको अधिकार बीचमा सामञ्जस्य रहन्छ; सम्राटप्रतिको निष्ठाले प्रजाहरूलाई तिनीहरूको मूल वा उत्पत्तिबाट अलग गरेर एकताबद्ध गर्छ; साम्राज्य उच्चतम संस्कृतिद्वारा, आत्मनिर्भर अर्थतन्त्रद्वारा र योग्य तथा योग्यतमहरूको शासनद्वारा (मेरिटोक्रेसी) विशेष शाशित हुन्छ।
यी सबै गुणहरू नयाँ रोम अर्थात् कन्स्टान्टिनोपलको साम्राज्यमा मूर्त रूप पाए। तर जब कन्स्टान्टिनोपलले परमेश्वरबाट वहिस्कृत भयो र रूढिवादी विश्वासलाई त्याग्यो, त्यो पतन भयो। त्यसपछि मस्को तेस्रो रोम बन्यो।
हामी नै साम्राज्य हौं। यो हाम्रो रगतमा, हाम्रो रूसी भाषामा, हाम्रो शास्त्रीय संस्कृतिमा, हाम्रो अर्थाेडक्स चर्चमा निहित छ। साम्राज्यको पहिलेको गौरव पुनर्स्थापित गर्ने जिम्मेवारी हामीबाहेक अरू कसैको पनि होइन। यो हाम्रो पुर्खाहरू र हाम्रा सन्तानहरूको निम्ति हाम्रो कर्तव्य हो। किनभने यदि ‘अवरोध गर्ने शक्तिलाई मार्गबाट हटाइयो भने, अधर्मको रहस्य पूर्ण हुनेछ।' साम्राज्य नै केटेखोन हो — जसले संसारलाई पाप र दुष्टताबाट बचाइरहेछ। र हामी यस साम्राज्यका योद्धा हौं।