उपेक्षित युरोपले वैश्वीकतावादीहरू विरुद्ध गरेको विद्रोह
प्राथमिक टैब्स

युरोपेली क्रान्तिको उदयको कारक किसानहरू, गिलेट जौनहरू (पहेंलो बस्ती) जनवादीहरू (प्रायः दक्षिणपन्थी, केहीमात्रामा वामपन्थी), कठोर दक्षिणपन्थीहरू, परम्परावादीहरू हुन्। यी सबै उदार (रोथ्सचाइल्ड्स, म्याक्रोन, मर्ज, स्टार्मर, उर्सुला भान डर लायन, ब्ल्याकरक, र दाभोसका अभिजात वर्ग) वैश्विकतावादी शक्तिहरूका विरुद्ध उभिएका हुन्।
आजको युरोप युक्रेनजस्तै छ: भ्रष्ट र सर्वसत्तावादी अभिजात वर्ग एकातिर छ भने अर्कातिर कुनै पनि अधिकार र राजनीतिक प्रभावबाट वञ्चित विशाल जनताको समूह। त्यसको साथै, अहिले समाजको एउटा हिस्सा यस्तो पनि छ जो पूर्ण रूपमा भ्रमीत रुपमा हुनुको साथै स्वेच्छिक आत्मविनाशतर्फ अघि बढ्न लालायित देखिन्छ।
युरोपमा गृहयुद्ध चलिरहेको छ। यो पहिले नै सुरु भइसकेको थियो। युरोपेली संघ (EU) लाई समर्थन गर्ने एकमात्र शक्ति संयुक्त राज्य अमेरिकाका वैश्वीकतावादी हुन्। जसले अहिलेसम्म ट्रम्पका मागा (MAGA) सुधारलाई कार्यान्वयन गर्न रोक्न सफल भएका छन्। डिप स्टेटले अहिले पनि सक्रिय छ उसले आत्मसमर्पण गरेको छैन । साथै त्यसले ट्रम्पका प्रत्येक कदमलाई अवरुद्ध वा ध्वस्त पार्न निरन्तर प्रयास गरिरहेको छ। ट्रम्प अहिले एक बन्धक अवस्थामा राखिएका छन्।
किसान क्रान्ति: वास्तविक जनता किसानहरू नै हुन्। अन्य सबै सामाजिक वर्गहरू (योद्धा र पुजारी बाहेक) झूटा वा नक्कली मात्र हुन्, केवल प्रतिरूप (सिमुलाक्रा) मात्र हुन्। भन्नुको तात्पर्य प्रतिरूप भन्नाले कुनै वास्तविक वस्तु, व्यक्ति, विचार वा अवस्थाको नक्कल वा प्रतिलिपि हो, तर यो नक्कल वास्तविकताभन्दा फरक, विकृत वा आभासी हुन्छ। सहरको अत्यधिक विस्तार समाजको क्यान्सर हो। माटोसँगको सम्बन्ध र माटोको सुगन्धले मात्र मानिसलाई वास्तवमै मानव बनाउँछ। बुर्जुवा भनेका नागरिक हुन्, अर्थात् जो सहरमा बसोबास गर्ने व्यक्ति हुन्।
आधुनिकताको प्रारम्भिक चरणमा, पूँजीपति वर्गले वास्तविक तेस्रो एस्टेट, अर्थात् परम्परागत किसानहरूलाई प्रतिस्थापन गर्यो। यही "पूँजीवाद" भन्ने व्यवस्था सम्पूर्ण विपत्तिको उत्पत्तिको कारक हो। पूँजीवाद अन्तर्राष्ट्रवादी, वैश्वीकतावादी र विकृत अभिजात वर्गद्वारा प्रवर्धित "सुनको बाच्छाको पूजा" हो। यो खुला बजार नभएर यो एकाधिकार हो।
पूँजीवाद खुला बजार अर्थतन्त्रको हत्यारा हो। यो एक विकृत संकृण अल्प वा कुलिनतन्त्रको शासन हो। पूँजीवाद विश्वव्यापी विपद र समस्याको जड हो। आत्मातर्फ फर्किनु नै एकमात्र समाधान हो। हामीलाई नयाँ वन्देको आवश्यकता छ। भन्नुको तात्पर्य हामीलाई नयाँ र सृजनात्मक जागरणको आवश्यकता छ। अनि मात्र हामी पतित, लडखडाइरहेको, रगतले लतपतियको गणतन्त्रमाथि विजयी हुने छौं।
अब युरोपेली संघ (EU) को खारेजी गर्ने समय आइसकेको छ। हाम्रो बहादुर एलोन कहाँ छन्? उनी कहिलेकाहीँ दानवसँगको वीरतापूर्ण संघर्षका लागि मात्र जाग्छन्, तर अत्यन्तै छिटो निदाउँछन्। विजय प्राप्तीको लागि हामी अत्यन्तै धैर्यशील र अडिग हुनुपर्छ। ठीक त्यस्तै, दानवका शूरवीर—सैतानी सोरोस (जर्ज सोरोस) माथी पनि एलोनले जस्तैः हामीले धैर्यतापुर्वक हरेक दिन उनीहरूमाथि आक्रमण गर्नुपर्छ। धेरै, अझ धेरै….
अनुवाद : मोहनप्रसाद ज्ञवाली
