रूसी इतिहाससँग प्रबुद्ध समाज

अलेक्जेन्डर दुगिनले रूसी सभ्यताको महत्वलाई बिस्तार गर्न, पश्चिमी पूर्वाग्रहहरूबाट जोगाउन र रूसी पहिचानको अनादरविरुद्ध कानुनी उपायहरू अवलम्बन गर्नका लागी रूसमा मानवीय शिक्षा परिमार्जन गर्ने आवश्यकताबारे छलफल गरेका छन्।

रूसमा मानव ज्ञानको मुख्य सामग्री परिमार्जनको एउटा निकैनै गम्भीर प्रक्रिया सुरु भएको छ भनेर शायद तपाइँ सचेत हुनुहुन्छ । यो एक वृहत् पहल हो किनकि विशेष सैन्य अपरेसनको दोस्रो वर्षमा शिक्षा मन्त्रालय र अन्य धेरै गहन संरचनाका विशेषज्ञहरूले मानविकीमा हाम्रो शिक्षा पश्चिम-केन्द्रित मान्यताहरूले भरिएको छ भन्ने पत्त्ता लगाएका छन् । यी सिद्धान्तहरूले व्यवस्थित रूपमा रूसी सभ्यता र रूसी विशिष्टताको महत्त्वलाई हल्का रूपमा लिन्छन र रूसको विशेष मार्गको विरोध गर्छन्। हामी विकासको पश्चिमी मार्गको निःशर्त सार्वभौमिकताको आधारमा निर्माण गरिएको एक पद्धतिको सामना गरिरहेका छौं।  जसले रूसको सभ्यतागत सार्वभौमिकताको धारणालाई कमजोर पारिरहेको छ। यो अवस्था धेरैमा लगभग सबै मानविकी विषयहरूमा फेला पर्यो।

इभान इलिन हायर स्कूल अफ पोलिटिक्सले यस अनुसन्धानमा सक्रिय भूमिका खेल्यो । हामीले सबै मानविकी विषयहरूमा पश्चिम-केन्द्रित प्रतिमानहरूको 'माइनफिल्डहरू' पहिचान गर्यौं। हाम्रो सामाजिक-मानवतावादी विज्ञान र शिक्षा विगत तीन दशकदेखि यस्तै किसिमले निर्माण भएको छ । सम्भवतः यसले अझ लामो समयसम्म एक प्रणालीगत सवालको नेतृत्व गरेको छ।

जहाँसम्म मलाई थाहा छ  जब अनुसन्धानको परिणाम राष्ट्रपतिलाई रिपोर्ट गरियो उनले एक निश्चित किसिमले प्रतिक्रिया दिए। चाखलाग्दो कुरा के छ भने मानविकीका सबै विषयमध्ये इतिहासलाई राष्ट्रपतिले प्राथमिक महत्वको ठानेका छन् । यहाँ हामी प्रतिक्षा गर्न सक्दैनौं; हामीले तुरुन्तै कदम चाल्नुपर्छ । किनभने यो सबैभन्दा महत्त्वपूर्ण छ: ऐतिहासिक पहिचान, हाम्रो जनताको विकासको विभिन्न चरणहरूको निरन्तरता र मुलरुपमा  राज्य-गठनमा रूसी जनताको भूमिका यी सबै अहिले मौलिक महत्वको रूपमा छन्।

योसँगै,अब हामी ढिलो गर्न सक्दैनौं।

यद्यपि राष्ट्रपतिले तात्कालिक समाधानको अर्थ के हो भनेर निर्दिष्ट नगरे तापनि 'ऐतिहासिक प्रबुद्धतामा राज्य नीतिको जगमा' आज्ञाप्ति प्रकाशित भएपछि हामीले उनको अर्थ के हो भनेर स्पष्ट जवाफ पायौं। निस्सन्देह राजनीतिशास्त्र, दर्शनशास्त्र, सांस्कृतिक अध्ययन, समाजशास्त्र, मानवशास्त्र र मनोविज्ञानमा व्यवस्था स्थापित गर्न आवश्यक छ। सबै कुरा पश्चिमकेन्द्रित छ। हामीलाई सबै विषयहरूमा रूसी ज्ञान चाहिन्छ।

यो सबै इतिहासबाट सुरु भएको हो किनकि राष्ट्रपतिको विश्वास छ कि हाम्रा जनताको आत्म-जागरूकता र विश्व दृष्टिकोणको चाबी यस क्षेत्रमा निहित छ जुन पश्चिमसँग भयंकर सभ्यतागत टकरावको यस महत्वपूर्ण समयमा धेरै महत्त्वपूर्ण छ। राष्ट्रपतिले मे ८ मा हस्ताक्षर गरेको आदेश आधारभूत परिवर्तन हो । त्यो हो हामी राष्ट्रपतिको तर्फबाट सर्वोच्च राज्य प्राधिकरणको तर्फबाट प्रभावकारी रूपमा घोषणा गर्दैछौं  कि हाम्रो ऐतिहासिक आत्म-चेतनाको केन्द्रमा हाम्रा रूसी जनताहरू छन्। हामीले पूर्णतया नयाँ स्थानविज्ञान (टोपोलोजी) निर्माण गर्नुपर्छ जहाँ हामी रूसी जनता राज्य-गठन गर्ने मानिसहरूलाई इतिहासको मुख्य विषयको रूपमा राख्छौं  तथा उनीहरूबाट हामी सबै ऐतिहासिक दृष्टिकोण र क्षितिजहरू निर्माण गर्दछौं।

यो हाम्रो ऐतिहासिक विज्ञान र ऐतिहासिक शिक्षामा एक क्रान्तिकारी सफलता हो ।  जसले अन्तिम समयसम्म पश्चिमावादमा प्रभुत्व जमाएको थियो। अहिले पश्चिमावादलाई खारेज गरिएको छ अर्थात् अब सार्वभौमिक मार्ग छ भन्ने धारणा छ र पश्चिमी समाज यही मार्गमा अघि बढ्छ । हामी प्रत्येक सभ्यतालाई यसको आफ्नै ऐतिहासिक मोडेलहरू इस्लामी संसार, चिनियाँ संसार, पश्चिम, अफ्रिकी संसार, भारत र ल्याटिन अमेरिका लेख्न अनुमति दिन्छौं र पश्चिमावादलाई अस्वीकार गर्दछौं । सबैले आ-आफ्नो सार्वभौम ऐतिहासिक ज्ञानमीमांसाको केन्द्रमा आफूलाई राखौं। हामी हाम्रो रूसी सभ्यतामा रुचि राख्छौं ।

सार्वभौम रूसी सभ्यतामा रूसी जनता र रूसी जनतासँग ऐतिहासिक रूपमा सम्बन्धित अन्य जातीय समूहहरूले हाम्रा जनताको एकीकृत साझा समझ निर्माण गर्नुपर्दछ।  जुन विषयबाट रूसी ऐतिहासिक ज्ञान निर्माण गरिएको हुन्छ। हामी विशेष गरी प्रबुद्धताको बारेमा कुरा गर्दैछौं । प्रबुद्धता शिक्षा मात्र होइन र ज्ञानको संग्रह पनि होइन। यो एक निश्चित प्रतिमानभित्र मानवीय ऐतिहासिक ज्ञानको संगठन हो जहाँ रूसीहरू केन्द्रमा छन् । जहाँ हाम्रो राज्य, हाम्रो संस्कृति, हाम्रो परम्परा र हाम्रा मूल्यहरू केन्द्रमा छन् ।

परम्परागत मूल्यहरू हाम्रो पहिचानको संकेत (कोड) हो। यो आज्ञप्तिमा प्रत्यक्ष रूपमा धेरै पटक भनिएको छ। त्यो हो हामी के रक्षा गर्छौं,  हामी कसको द्वारा बाँच्छौं  र हाम्रा पुर्खाहरूले हामीलाई के दिए। सोभियत काललाई ध्यान दिन अति आवश्यक छ किनभने त्यतिबेला मार्क्सवादी भौतिकवादी विचारहरू हावी थिए। ऐतिहासिक भौतिकवादले पाश्चात्य संस्कृतिको सार्वभौमिकतालाई साझा गरेको थियो तर यसको पुँजीवादी व्याख्याको सट्टा समाजवादी प्रस्तुत गरेको थियो। यो मोडेल ऐतिहासिक शिक्षामा १९९०को दशकको उदार अनि पूर्णतया पश्चिमी-केन्द्रित प्रतिमानभन्दा पहिले थियो । तर रूसी इतिहासको सबै अघिल्लो चरणहरूमा प्रभुत्व राख्ने परम्परागत मूल्यहरूको अस्वीकृतिमा पनि निर्माण गरिएको थियो ।

सोभियत कालमा प्रशस्त मात्रामा रुसोफोबिया राखिएको थियो  र स्टालिनको नेतृत्वमा महान् देशभक्तिपूर्ण युद्धको समयमा मात्र केही सुधारहरू गरिएका थिए। तथापि सोभियत ऐतिहासिक विज्ञानको सामान्य अभिमुखीकरण सार्वभौमिक थियो । रूसी परम्परागत मूल्यहरूलाई अग्रस्थानमा राखिएन । हाम्रा इतिहासका धेरै सवालहरूहरू सार्वभौमिक, पश्चिमी-केन्द्रित र अनिवार्य रूपमा रुसोफोबिक सेटिंग्सको आधारमा समाधान गरिएको थियो। हाम्रो इतिहासमा आज  हामीले सोभियत कालको लागि एक योग्य स्थान फेला पार्नैपर्छ । तर हामी सोभियत इतिहास लेखनको कृत्रिम निद्रावस्थाको प्रभावमा पूर्णरूपमा दास र निष्क्रिय प्राप्तकर्ता हुनु हुँदैन

सोभियत काललाई केही नयाँ ऐतिहासिक दृष्टिकोणबाट पुनर्व्याख्या गरिनुपर्छ । वास्तवमा ऐतिहासिक प्रबुद्धताबारे पुटिनको आदेशले यस परिस्थितिको जग बसाल्छ जहाँ हामीले सबैभन्दा पहिले सोभियत संघलगायत हाम्रो पहिचानको परम्परागत रुसी जगलाई हेर्नुपर्छ।

तथापि सोभियत संघ हाम्रो हजार वर्षको इतिहासमा एउटा घटना मात्र हो। यो एक योग्य स्थान हुनुपर्छ तर कुनै पनि तरिकामा यो अन्य सबै चरणहरू रद्द गर्न सक्दैन। रूसी संस्कृतिको पूर्ण समृद्धि र विशिष्टता सोभियत कालद्वारा अर्थोडक्स, राजशाही राज्य, शाही चरण र बीजान्टिनवादबाट रद्द गर्नु हुँदैन। 'आधुनिकताको स्टिमबोट' बाट पूर्व-क्रान्तिकारी अधिकारीहरूलाई टाढा राख्ने प्रयास गरिएको थियो तर वास्तवमा यसबाट केही पनि राम्रो भएन। विगत तीन दशकमा स्थापित पश्चिमा उदारवादी दृष्टिकोणको प्रभुत्व रहेको ऐतिहासिक क्षेत्र अझ कहालीलाग्दो छ । वास्तवमा यो आज्ञाप्ति सोभियत इतिहास लेखनको विरुद्धमा होइन जुन विशेष गरी सटीक वा स्पष्ट रूपमा रूसी छैन । तर १९९० को दशकमा प्रचलित इतिहासको लागि अत्यधिक पश्चिम-केन्द्रित विध्वंसकारी दृष्टिकोणको विरुद्ध हो।

ऐतिहासिक ज्ञानमा पुटिनको राज्य नीतिको आज्ञप्तिले यी विनाशकारी प्रक्रियाहरूमा एक बिन्दुलाई चिह्नित गर्दछ र एक नयाँ युग राष्ट्रव्यापी ऐतिहासिक ज्ञानको युगको सुरुवात गर्दछ। यहाँ काम रूसी पहिचान पुष्टि गर्न र परम्परागत मूल्यहरूसँग परिचित हुनका लागि छ । मुख्य मूल्यहरू रूसी अर्थोडक्स, रूसी राज्य, रूसी साम्राज्य, रूसी बीजान्टिन तथा रूसी राजनीतिक, सामाजिक, सांस्कृतिक, नैतिक र साहित्यिक परम्परा हुन्। यो सबै राज्यलाई सुम्पिएको छ । अब ऐतिहासिक प्रबुद्धताको काम केवल बालबालिकाको पूर्वविद्यालय संगठनहरूमा शिक्षकहरूको काम मात्र होइन जहाँ आज्ञाप्तिमा जोड दिएअनुसार ऐतिहासिक ज्ञान सुरु हुनुपर्दछ । तर यो सबै तहमा राज्य प्राधिकरणको कार्य हो।

यो विद्यालय, संस्थान, विश्वविद्यालय र एकेडेमी अफ साइन्सेजको काम हो। हामी जान्दछौं कि विज्ञान एकेडेमीलाइ हाल पाठ्यपुस्तकहरू र शैक्षिक कार्यक्रमहरूको समीक्षा गर्ने जिम्मा दिइएको छ, । तर के एकेडेमी रूसी सन्दर्भमा आफैमा पर्याप्त प्रबुद्ध छ ? यो प्रश्न सोध्न एकदम उपयुक्त छ किनभने दुर्भाग्यवश एकेडेमीको मानवीय विषयहरूमा सोभियत र उदारवादी दुवै शिक्षाविदहरूको महत्त्वपूर्ण उपस्थिति छ ।  जस उपस्थितिले विगत दशकमा आफ्नो स्थान सुरक्षित गरेका छन् । विज्ञान एकेडेमीमा ठ्याक्कै यो छ कि त्यहाँ ऐतिहासिक ज्ञानको कमी भएको छ। नत्र त्यस्तो आदेश जारी गर्नु पर्दैनथ्यो ।

यी सबै वर्षहरूमा हामीले ऐतिहासिक ज्ञान प्राप्त गरेका छैनौं र हाम्रा जनताको सभ्यतागत सार्वभौमिकतालाई बलियो बनाउन र पश्चिमसँगको यो सबैभन्दा भयानक, राक्षसी द्वन्द्वलाई जित्नका लागि हामीलाई यसको सख्त खाँचो छ। यसैले हामी सच्चा रूसी शिक्षाविदहरु, विज्ञानसम्बन्धी एक उच्च शिक्षाक संस्था जो यो आफैं पूर्ण रूसी ऐतिहासिक ज्ञानद्वारा प्रबुद्ध गरिने छ ।

निश्चय पनि ऐतिहासिक ज्ञान संघ नयाँ विषयहरूको लागि, सैनिकहरूको लागि र हाम्रा सम्पूर्ण जनताको लागि आवश्यक छ। हामी को हौं, हाम्रो सभ्यताको सार के हो, हाम्रो संस्कृतिको संहिता के हो भन्ने कुरा बुझेर आफ्नो बारेमा यो ज्ञानको कारणले मात्र हामीले बहुध्रुवीय प्रणालीमा निर्माण गरिरहेको संसारमा साँच्चै आफ्नो भूमिका निर्वाह गर्न सक्छौं।

मलाई लाग्छ कि यो आज्ञप्ति धेरै महत्त्वपूर्ण छ। हाम्रो ऐतिहासिक मार्गको एउटा नयाँ चरण सुरु हुन्छ । पदभार ग्रहण गरेलगत्तै हाम्रा राष्ट्रपतिले यो कार्यक्रमगत आज्ञप्ति पारित गरेका छन्। ऐतिहासिक ज्ञानको क्षेत्रमा क्रम दिएर हाम्रो समाजको ऐतिहासिक ज्ञानको प्रक्रिया सुरु गरेपछि यो अन्य विधातर्फ मोडिनेछ । यस सन्दर्भमा, इवान इलिन हायर स्कूल अफ पोलिटिक्स जसको म प्रमुख छु र अन्य मैत्रीपूर्ण विशेषज्ञ समुदायहरू यस प्रक्रियामा संलग्न हुन सुरू गरेका छन्।

इतिहास हाम्रो राष्ट्रपतिको लागि एक असाधारण कुरा हो र उहाँ बिल्कुलै ठीक हुनुहुन्छ किनभने यो समाजको लागि सबैभन्दा महत्त्वपूर्ण छ। हामीसँग हाम्रो परम्परागत मूल्यहरू मार्फत रूसी इतिहासको ज्ञान हुनेछ । यसले रूसी जनता र रूसी राज्य ऐतिहासिक प्रक्रियाको विषयहरू हुन् भन्ने तथ्यलाई प्रतिनिधित्व गर्दछ। अन्य सबै मानविकी विषयहरू हामी यस अक्षको साथ लगातार निर्माण गर्नेछौं।

यो आज्ञप्ति,२०२२ देखि आज्ञप्ति ८०९ को संयोजनमा 'परम्परागत मूल्यहरूमा' प्रभावकारी रूपमा एक नयाँ विचारधारा बनाउँछ । यदि तपाईं चाहनु हुन्छ भने एक नयाँ राज्य विचार र एक नयाँ रूसी विश्वदृष्टि उच्च अधिकारीद्वारा दस्तावेजमा राखिएको छ। निस्सन्देह यो धेरै प्रतीकात्मक छ कि त्यहाँ अझैसम्म कुनै पुन: नियुक्त गरिएको सरकार छैन र कुनै पुन: नियुक्त गरिएको प्रशासन छैन  तर आज्ञप्ति पहिले नै त्यहाँ छ। विचार र  रणनीति धेरै नै महत्त्वपूर्ण छ । पहिचान गरिएका रणनीतिक कार्यका लागि व्यक्तिहरूको चयन पछि गरिनेछ।

सबैभन्दा महत्त्वपूर्ण रणनीतिक कार्य भनेको हाम्रो समाज, हाम्रो राज्य र राष्ट्रिय पहिचानको ऐतिहासिक ज्ञानलाई सुदृढ पार्नु हो। निस्सन्देह यसले मौलिकरूपमा राज्य बनाउन चाहने रूसी जनताको दृष्टिकोणालाइ बदली दिनेछ।  अन्तमा, हाम्रो इतिहासमा पछिल्लो सय वर्षको लागि र शायद धेरै लामो समयको लागि रूसी जनतालाई उनीहरूको अधिकार दिइएको छ । तिनीहरूलाई इतिहासको विषयको रूपमा घोषणा गरिएको छ। रूसी विचार, रूसी भावना, रूसी दर्शन वा रूसी पहिचानका लागि कुनै पनि अपमानजनक बयान वा दृष्टिकोण  ऐतिहासिक ज्ञानको आवश्यकताबाट उत्पन्न भएका हुन् ।यसका लागि विशिष्ट कानूनी परिणामहरूको लागि नेतृत्व गर्नुपर्दछ।

रुसीहरूको अपमान गर्ने कसैलाई पनि अधिकार छैन। रुसोफोबिया भनेको जातिवाद हो ।  रूसमा होस वा सीमा बाहिर कसैलाई पनि रूसीहरूलाई अपमान गर्ने अधिकार छैन।

किनभने उनीहरू रूसी हुन्। अब देखि हामी अपमान गर्ने जो कोहीलाई दण्डित गर्नेछौं।

अनुवादक: मोहनप्रसाद ज्ञवाली