Actual politics
यूएसएएड ध्वस्त: ट्रम्प र मस्कको परम्परावादी क्रान्ति जारी
संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास एजेन्सी (USAID) को विघटन एक यस्तो घटना हो जसको महत्त्व अत्यन्त उच्च छ। जब सोभियत संघले कमिन्टर्न (तेस्रो अन्तर्राष्ट्रिय) र पछि कमिनफर्मलाई समाप्त गर्यो। यी संरचनाहरू जसले विश्वव्यापी रूपमा सोभियत संघका वैचारिक हितहरूको वकालत गर्थे। त्यसले अन्तर्राष्ट्रिय सोभियत प्रणालीको अन्त्यको सुरुवात संकेत गर्यो। यद्यपि परस्पर आर्थिक सहायता परिषद् (COMECON) र वार्सा सन्धि सङ्गठन १९९१ सम्म अस्तित्वमा रहे। तिनीहरूको पतनको आधार भने ख्रुश्चेभको शासनकालमै निश्चित भइसकेको थियो।
अलेक्जेण्डर लुकाशेन्को: व्यक्ति र वीर (श्रेष्ठ)
अमेरिकामा 'लिबरल' शब्द गाली (अपमानजनक)को रूपमा प्रयोग हुँदैछ।
डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचनमा विजय पश्चात् संयुक्त राज्य अमेरिकामा भएको घटनाक्रम, पदस्थापन प्रक्रिया तथा सत्ता हस्तान्तरणले हामीलाई त्यहाँ तीव्र रूपमा परम्परावादी क्रान्ति सम्पन्न भइरहेको संकेत दिन्छ। मूल्य प्रणाली लगभग पूर्ववर्ती दिशाको पूर्ण विपरीत दिशामा रूपान्तरित हुँदैछ। ट्रम्प र उनको टोलीले घोषणा गरिरहेका सिद्धान्तहरू तथा प्रारम्भिक कदमहरू ती सबै पूर्ण रूपमा वाम-उदारवादी विचारधारासँग विरोधाभाषमा छन्। जसले वैश्विकतावादी रणनीति, अभिमुखीकरण र कार्यहरूलाई आधार प्रदान गर्दै आएको थियो।
ट्रम्पको क्रान्ति
उदारवादी जातिवादको अस्वीकृती र वास्तविक पहिचानको पुनः प्राप्ति
वैश्वीकरणको पर्दाफास: चक्रब्यूहको पछाडि सामूहिक राक्षस
अलेक्जेन्डर दुगिनले यस लेखलमा पश्चिममा रहेको दुई परस्परविरोधी शक्तिहरूबीचको भिन्नता प्रस्तुत गरेका छन्। पहिलो, उदारवादी अभिजात वर्ग र उनीहरूको प्रभावको जालको प्रतिनिधित्व गरिएको "राक्षसी-पश्चिम," जसलाई वैश्वीकतावादी शक्ति मानिन्छ। दोस्रो, "मागा-पश्चिम," जुन यसका विरुद्ध खडा भएको शक्तिशाली समूह हो। उनी तर्क गर्छन् कि यी पहिचानहरूबीचको संघर्षलाई बुझ्न वैश्विक शक्तिको वास्तविक स्वरूप र सार्वभौमिकताको लागि संघर्षलाई केन्द्रमा राख्नुपर्छ।
वृद्धि: वर्षको समीक्षा
एसएमओ (विशेष सैन्य अभियान) अहिले मुख्य विषय हो। जुन हाम्रो लागि, हाम्रो जनताका लागि र हाम्रो राज्यका लागि केन्द्रीय विषय हो। दार्शनिक प्रोटागोरसले भनेका थिए, “मानिस नै वस्तुहरूको मापदण्ड हो।” हाम्रो लागि अहिले, एसएमओ नै वस्तुहरूको मापदण्ड बनेको छ। सन् २०२४, यो अन्त्य हुन लागेको वर्षमा एसएमओको क्षेत्रमा निर्णायक मोड आएको देखियो। युक्रेनी नाजीहरूले कुर्स्क क्षेत्रमा आक्रमण, सुजा कब्जा, र केही अन्य भूभाग कब्जाका गरेका छन् जुन क्षेत्रबाट (दुर्भाग्यवश) हामीले अझै उनीहरूलाई पूर्ण रूपमा हटाउन सकेका छैनौं। तर पनि, समग्रमा यो वर्ष एसएमओले हाम्रो पक्षमा निर्णायक परिस्थिति सृजना गर्यो। रुसले विस्तारै, आत्मविश्वासका सहित अपरिवर्तनीय रूपमा प्रगति गर्न थाल्यो।
चौथो घुम्तिको अन्त्य
अन्तर्राष्ट्रिय अनिश्चितता २०२५
ट्रम्पो-भविष्यवाद: कालो स्वतन्त्रता सिद्धान्त
उत्तर उदारवाद के हो? यसका पारम्परिक वामपन्थी स्वरुपहरु छन्। तिनीहरू हुन्, वालरसटाइन, ट्रोट्स्किजम, नेग्री-हार्ड्टको वैश्विक अराजकतावाद, सांस्कृतिक मार्क्सवाद र अति-वैश्वीकरण। यद्यपि, जेडी भान्स, थियेल, मस्क र अन्य ट्रम्प-भविष्यवादिहरूले यो शब्द प्रयोग गर्दा यसको अर्थमा केही फरक धारणा समेट्छन्। उत्तर-उदारवादी दक्षिणपन्थ अर्थ के हो? यो धारणा बुझ्ने सबैभन्दा सजिलो उपाय भनेको यसलाई अघिल्लो - अझ बढी रूढीवादी, प्रि-वोक र कम प्रगतिशील युगतर्फ फर्काउनु हो। मलाई धेरैजसो ट्रम्प समर्थकहरूले यसलाई यस्तै रूपमा बुझ्छन् र ब्याख्या गर्दछन्।
ट्रम्प फ्याक्टर र हाम्रो युक्रेनमा विजय
रूसले सिरिया गुमायो: चोट भनेको चोट हो, पीडा भनेको पीडा हो
किन पश्चिमले रूसलाई नष्ट गर्न चाहन्छ?
'युरोपको एक सिद्धान्त’: नयाँ दक्षिणपन्थीहरूको महादेशीय पहिचानको दृष्टिकोणमा अन्तर्दृष्टिहरू
अगस्ट २०२२ मा, मस्कोमा भएको कार बम विस्फोटले २९ वर्षीया दारिया दुगिनाको ज्यान लियो। जो राजनीतिक दर्शनमा उदाउँदो आवाज थिइन्। उनको असामयिक निधन भएता पनि, मृत्युपछि प्रकाशित पुस्तक अ थ्योरी अफ युरोप (युरोपको एक सिद्धान्त)ले उनको बौद्धिक योगदानलाई जीवन्त राखेको छ। यो पुस्तकले फ्रेन्च नुभेल ड्रइट (नयाँ दायाँ) आन्दोलनको दुर्लभ झलक प्रस्तुत गर्छ। मुख्यधाराको समाचारले प्रायः यस विचारधारालाई सरल लेबलमा सीमित गर्ने प्रयास गरिरहेको भए पनि, दुगिनाको यसका प्रमुख चिन्तकहरूप्रति रहेको गहिरो ज्ञानले युरोपेली पहिचान र सभ्यताबारे हाम्रो आधारभूत मान्यतालाई चुनौती दिने एउटा रोचक दार्शनिक प्रवाह प्रकट गर्छ।
उदारवादी क्षण
रुसबाट दार्शनिक दुगिनले भने- ‘नेपाल रोल मोडेल देश हो’
अमेरिका कृत्रिम बुद्धिमत्ता (AI) मा वर्चस्व कायम राख्न प्रयासरत छ
युक्रेन प्रश्न र ट्रम्प प्रशासन
अलेक्जेन्डर दुगिनले दाबी गर्छन् कि युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा पूर्ण रूपमा एकीकृत गर्ने रूसको अडान विस्तारवादी महत्वाकांक्षा भन्दा पनि अस्तित्वगत आवश्यकता हो। यो एउटा भू-राजनीतिक अपरिहार्यता भएकोले, यो कुरा पश्चिमी नेताहरू, जस्तै डोनाल्ड ट्रम्पलाई स्पष्ट रूपमा बुझाउनु आवश्यक छ। अन्यथा गम्भीर भ्रमपुर्ण बुझाईको कारण विनाशकारी परिणाम निम्तिन सक्छ।
११ नोभेम्बर, रियादमा प्यालेस्टाइन समस्यालाई लिएर एक आपतकालीन अरब-इस्लामी देशहरूको शिखर सम्मेलन सम्पन्न भयो। यो एक अत्यन्तै महत्वपूर्ण घटना हो।
हाइटीमा संकट झन् गम्भीर बन्दै गएको छ
अलेक्जेन्डर दुगिन: पुतिनको भलदाय भाषण – एक भविष्यवाणी
आज भ्लादिमिर पुटिनको भलदाय क्लबको बैठकमा गरेको भाषणलाई सगाैरव भन्न सकिन्छ कि याे एक इतिहासकै महत्वपूर्ण घटनाको रूपमा लिन सकिन्छ। कुनै समयमा, चर्चिलको फुल्टन भाषणले शीतयुद्धको सुरुवात गर्यो र इतिहासमा एउटा घटनाका रूपमा चिनियो। उनले त्यहाँ एक राष्ट्रको नेताले मानवताको भविष्यको बारेमा वर्णन गरेका थिए। तर त्यो भविष्य द्वन्द्व, कडा प्रतिस्पर्धा र दुई विचारधारात्मक शिविरहरूको टकरावको भविष्य थियो। आज हाम्रो राष्ट्रपतिले भने एउटा बिल्कुलै फरक भविष्यको वर्णन गरेका छन्। उनले नयाँ विश्व व्यवस्थाको संरचना, वा उनकै शब्दमा भन्नुपर्दा, नयाँ सृष्टि वर्णन गरे। जसलाई सिङ्गो मानवजातिले निर्माण गर्नुपर्ने छ। र यस सृष्टिका प्रमुख मापदण्डहरूको सूची तयार गर्नुपर्नेछ ।
ट्रम्पको जितको भू-राजनीति
ट्रम्पको विजय: एक वैश्विक परम्परावादी क्रान्ति
ह्वाइट हाउस, एक पागलखाना
पश्चिमको सामूहिक सञ्चारमाध्यम वा वैश्विकतावादीहरूको सञ्चारमाध्यमले संसारभरका विभिन्न देशहरूमा विभिन्न भाषामा एउटै मन्त्र दोहोर्याइरहेछन्, यी अमेरिकी चुनावहरू "संसारकै सबैभन्दा महत्वपूर्ण चुनावहरू हुन्", र ती चुनावहरूले विश्वको भविष्यलाई डिजाइन गर्नेछन्। अर्को शब्दमा, उनीहरू यी चुनावहरू संसारकै सबैभन्दा महत्वपूर्ण हुन् भन्ने दाबी गर्छन्। किनभने यी चुनावहरूको भूमिका तथाकथित वैश्विकतावादी एजेन्डालाई विश्वव्यापी रूपमा पुष्टि गर्न, न्यायोचित स्थापित गर्न र कायम राख्नमा महत्त्वपूर्ण छ।
