Actual politics
अलेक्जेन्डर दुगिन: पुतिनको भलदाय भाषण – एक भविष्यवाणी
आज भ्लादिमिर पुटिनको भलदाय क्लबको बैठकमा गरेको भाषणलाई सगाैरव भन्न सकिन्छ कि याे एक इतिहासकै महत्वपूर्ण घटनाको रूपमा लिन सकिन्छ। कुनै समयमा, चर्चिलको फुल्टन भाषणले शीतयुद्धको सुरुवात गर्यो र इतिहासमा एउटा घटनाका रूपमा चिनियो। उनले त्यहाँ एक राष्ट्रको नेताले मानवताको भविष्यको बारेमा वर्णन गरेका थिए। तर त्यो भविष्य द्वन्द्व, कडा प्रतिस्पर्धा र दुई विचारधारात्मक शिविरहरूको टकरावको भविष्य थियो। आज हाम्रो राष्ट्रपतिले भने एउटा बिल्कुलै फरक भविष्यको वर्णन गरेका छन्। उनले नयाँ विश्व व्यवस्थाको संरचना, वा उनकै शब्दमा भन्नुपर्दा, नयाँ सृष्टि वर्णन गरे। जसलाई सिङ्गो मानवजातिले निर्माण गर्नुपर्ने छ। र यस सृष्टिका प्रमुख मापदण्डहरूको सूची तयार गर्नुपर्नेछ ।
ट्रम्पको जितको भू-राजनीति
ट्रम्पको विजय: एक वैश्विक परम्परावादी क्रान्ति
ह्वाइट हाउस, एक पागलखाना
पश्चिमको सामूहिक सञ्चारमाध्यम वा वैश्विकतावादीहरूको सञ्चारमाध्यमले संसारभरका विभिन्न देशहरूमा विभिन्न भाषामा एउटै मन्त्र दोहोर्याइरहेछन्, यी अमेरिकी चुनावहरू "संसारकै सबैभन्दा महत्वपूर्ण चुनावहरू हुन्", र ती चुनावहरूले विश्वको भविष्यलाई डिजाइन गर्नेछन्। अर्को शब्दमा, उनीहरू यी चुनावहरू संसारकै सबैभन्दा महत्वपूर्ण हुन् भन्ने दाबी गर्छन्। किनभने यी चुनावहरूको भूमिका तथाकथित वैश्विकतावादी एजेन्डालाई विश्वव्यापी रूपमा पुष्टि गर्न, न्यायोचित स्थापित गर्न र कायम राख्नमा महत्त्वपूर्ण छ।
ब्रिक्स शक्तिशाली हुँदै गइरहेको छ
रूसी सत्ताका अनिवार्य तत्व
इजरायलको नरसंहारकारी महत्त्वाकांक्षा
डिप स्टेट
अलेक्जेन्डर दुगिनले डिप स्टेट (गुप्त वा छदम राज्य)लाई भ्रष्ट पश्चिमी गठबन्धनको रूपमा खुलासा गरेका छन्। जसले, संयुक्त राज्य अमेरिका र युरोपमा घुसपैठ गरेर चुनावहरूमा हस्तक्षेप गरिरहेको छ। डोनाल्ड ट्रम्पजस्ता लोकप्रिय नेताहरूलाई दबाउने प्रयास गरिरहेको छ। र उदार-वैश्विकवादी एजेन्डालाई लोकतन्त्रको रक्षकको रूपमा छलपूर्वक प्रस्तुत गरेर जनताको इच्छालाई निर्दयतापूर्वक दमन तथा अपमान गरिरहेको छ।
जापानको नयाँ सरकार
अक्टोबर १ मा, शिगेरु इशिबाले जापानको नयाँ प्रधानमन्त्रीको रूपमा सपथ लिए। तत्कालीन सरकारले पूर्ण रूपमा राजीनामा दियो र नयाँ प्रमुखले तुरुन्तै आफ्नो क्याबिनेट गठन गर्न थाले। यी परिवर्तनहरू अपेक्षित थिए। किनकि त्यसकाे अघिल्लो दिन इशिबाले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखको निर्वाचन जितेका थिए। जसले, कोमितो पार्टीसँग मिलेर संसदको दुवै सदनमा बहुमत प्राप्त गरेको छ।
गहिरो राज्य (डिप स्टेट): टर्कीले पश्चिमको मुख्य रहस्य उजागर गर्यो।
"गहिरो राज्य" भन्ने अभिव्यक्ति आज राजनीतिक क्षेत्रमा झन् झन् बढी प्रयोग भइरहेको छ। याे शब्द बिस्तारै पत्रकारिताबाट आम-राजनीतिक भाषामा प्रवेश गरिरहेको छ। यससँगै, यस शब्दको अर्थ झन् झन् अस्पष्ट हुँदै गएको छ । र यसलाई प्रत्येकले आफ्नै तरिकाले बुझ्न थालेका छन्। यो अवधारणालाई नजिकबाट अध्ययन गर्ने समय आएको छ। यो शब्द कहिले र कहाँबाट चलनचल्तीमा आयो भनेर पत्ता लगाउनु अत्यन्त महत्त्वपूर्ण छ।
भविष्यका छ स्वयंसिद्ध सिद्धान्तहरु - एक बहु-ध्रुवीय विश्व':
दुगिनको निर्देशन: "मध्यपूर्वको द्वन्द्व एक ठूलो युद्धको सुरुवात हो"
नसरल्लाहको मृत्युले इजरायलको प्रलयकारी उदयको संकेत गर्दछ।
जायोनिस्टहरुको प्लेबुकबाट सिक्नुपर्ने पाठहरू
यो स्वीकार्न अप्रिय छ, तर अाफ्ना दुश्मनहरुलाई निःसन्देह निर्दयतापूर्वक नष्ट गर्ने कुरामा इजरायली कट्टरपन्थी निर्णायकता, न केवल ती शत्रुहरूको व्यवहारसँग विपरीत छ। तर कीभ शासनसँग हामीले गरेको व्यवहार र दृष्टिकोणसँग पूर्ण रूपमा फरक छ। इजरायल अतिसक्रिय(proactively) रूपमा कार्य गर्छ,। अहिले स्पष्ट भएको छ कि तिनीहरूले हमासलाई आक्रमण गर्न उकासे, जसबाट प्रतिरोधलाई कुनै परिणाम हासिल भएन। यसैबीच, इजरायलले मध्यपूर्वमा आफूसँग विरोध गर्ने शक्तिहरूको नेतृत्वलाई समाप्त गर्यो । अनि सजिलैसँग गाजाका प्यालेस्टिनीहरूको भयकंर नरसंहार गर्यो।
कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय
हिजोको रूसी सुरक्षा परिषदको स्थाइ समितिको बैठकको सत्रको क्रममा रास्ट्रपति भ्लादिमिर पुटिनले हाम्रो देशको आणविक सिद्धान्त ("आणविक प्रतिरोधको क्षेत्रमा राज्य नीतिका आधारहरू") मा संशोधनहरूको घोषणा गरे। यो अत्यन्तै महत्वपूर्ण घटना हो। यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आणविक सिद्धान्तमा निम्न नयाँ कुरा समावेश गरिएको छ: कुनै पनि गैर-आणविक राष्ट्रद्वारा रूसमाथि गरिने आक्रमण, यदि कुनै आणविक राष्ट्रद्वारा समर्थन गरिएको छ भने, यो रूस संघमाथिको संयुक्त आक्रमण मानिनेछ।
अलेक्जेन्डर दुगिन: परमाणु सर्वनाश बाहिर निस्कने एउटा मात्र बाटो
तेस्रो विश्वयुद्ध आधिकारिक रूपमा सुरु भएको छ।
लाकान र साइकेडेलिक ट्रम्पिज्म
(अलेक्ज्याण्डर दुगिनले अमेरिकी राजनीतिमा लाकानका तीन क्रमहरूलाई लागू गर्दै भनेका छन् कि कमला ह्यारिस र डेमोक्र्याटहरूले परम्परागत संरचनाहरूलाई ध्वस्त पार्न खोजिरहेका छन्। "सायकेडेलिक ट्रम्पिज्म," जसलाई कर्टिस यार्विन, पीटर थिल, र जे.डी. भान्स जस्ता व्यक्तित्वहरू तथा अल्ट-राइटद्वारा प्रभाव पारिएको छ, दायाँबाट यसको विरोध गरिरहेको छ। दुगिनले चेतावनी दिएका छन् कि ह्यारिसको विजय मानवताको अन्त्यको कारण बन्न सक्छ।)
पावेल डुरोवको गिरफ्तारी: अब के होला टेलिग्राम ?
पावेल डुरोवको गिरफ्तारी बारे प्रोफेसर अलेक्जेंडर डुगिनको दृष्टिकोण
युद्धमा गति
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १० औँ ब्रिक्स संसदीय मञ्चको पूर्णसत्रमा व्यक्त गर्नु भएको मन्तव्य
ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हताश मनस्थितिको उपज
ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप स्टेट अन्तर्गतको एक हिस्साले गरेकोमा कुनै शंका छैन । मानसिक रूपमा असन्तुलित हजुरबा (वाइडेन) लाई सत्तामा राख्ने एक मात्र उपाय ट्रम्पलाई मार्नु हो अन्यथा यो परिस्थितिमा ट्रम्पलाई जित्न गार्हो छ वा लगभग उनीहरुको पराजय पक्का छ । नियोजित योजना अनुसार गोली चलाइसकेपछि गोप्य सेवाका स्नाइपरद्वारा शूट गरेर यो घटना समाप्त गरियो। मूलतः यो अमेरिकामा भएको एक कु प्रयास थियो।