युरोपको युद्धबाट ट्रम्प पछि हट्ने
ट्रम्प पुटिनप्रति क्रोधित भएको भन्ने खबरहरू पूर्ण रूपमा अमेरिकी राष्ट्रपतिको भिन्न अभिव्यक्तिहरूसँगै सार्वजनिक भए। एक भिडियो सार्वजनिक गरियो, जसमा ट्रम्पले अत्यन्त आक्रामक स्वरमा व्यक्तिगत रूपमा जेलेन्स्कीलाई चेतावनी दिँदै उक्त सम्झौताबाट पछि हटेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएका छन्। सो सम्झौता दुर्लभ पृथ्वीमा पाईने खनिजहरू तथा अन्य बहुमूल्य तत्व सम्बन्धी रहेको छ। जुन ट्रम्पका अनुसार अमेरिकाको नियन्त्रणमा आउनुपर्ने छ। यो भविष्यमा अमेरिकी सैन्य सहायता प्राप्त गर्नका लागि नभई अघिल्लो सहायताको आपूर्तिको भुक्तानी स्वरूप हुनुपर्ने उनको दाबी छ।
विचारहरूको द्वन्द्व: किन MAGA ले बौद्धिक आधार निर्माण गर्नुपर्छ
"युक्रेनी जनताहरू बन्धक बनाइएका छन्": दुगिनद्वारा कीभो-पेचोर्स्का लाव्रा आक्रमणबारे एक प्रतिक्रिया
किभो- पेचोर्स्का लाव्राको नजिकका गुफाहरूमा भएको आक्रमणले स्पष्ट रूपमा यो देखाउँछ कि किभमा स्थापित शैतानी शासन आफ्नो अन्तिम दिनहरू गन्दै छ। यो मृत्युसैयामा छट्पटीरहेको छ। त्यसैले, तिनीहरू सकेसम्म धेरै पवित्र स्थानहरू र संस्कृतिक केन्द्रमा अपमानपूर्ण आक्रमण गर्ने, साथै धेरै जनतामाथि दुष्टता लाद्न चाहन्छ। यही कारणले यी आक्रमणहरु भएका हुन् । यसमा आश्चर्य मान्नु पर्ने कुनै कारण छैन।
एक्लिएका एर्दोगान
प्लेटो, अरस्तु र पश्चिमी सभ्यताको नियति
जाज्वल्यमान पुटिन: ट्रम्पसँगको वार्ताका अदृश्य पाटाहरू बारे एक विश्लेषण
हिजोको ट्रम्प र पुटिनबीचको टेलिफोन वार्ता एक अत्यन्त महत्वपूर्ण घटना हो। दुई ठूला महाशक्तिका राष्ट्रप्रमुखहरूले आपसी रूपमा धेरै समस्याहरूमा छलफल गरे। मलाई लाग्छ, कुराकानी केवल युक्रेनसम्म सीमित थिएन, बरु भविष्यको विश्व संरचनाबारे पनि थियो। अहिले हाम्रो आँखा अगाडि निर्माण भइरहेको महाशक्तिहरूको जुन नयाँ क्रम छ, त्यसको एकध्रुवीय वैश्विक उदारवादी विश्वसँग कुनै सम्बन्ध छैन। त्यो पहिलेको विश्व व्यवस्था जसलाई अमेरिकी प्रशासनले सम्पूर्ण मानवजातिमाथि जबर्जस्त थोपरेको थियो, जसका अवशेषहरू हामी अहिले पनि युरोपेली संघमा देखिरहेका छौं।
ट्रम्प अझै अगाडि बढ्छन्
डोनाल्ड ट्रम्पद्वारा अमेरिकी ग्लोबल मिडिया एजेन्सी (USAGM) को विघटन एक अत्यन्त महत्वपूर्ण घटना हो। जसको महत्त्वलाई कम आकलन गर्न सकिँदैन। तर, यो किन भयो? सबैभन्दा पहिले यो बुझ्नु जरुरी छ कि, ट्रम्प आफ्नो दोस्रो कार्यकालमा केवल सफल राजनीतिज्ञ मात्र होइनन् कि उनी अझ बढी वैकल्पिक रणनीतिको प्रतिनिधित्व गर्छन्। यो रणनीति अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वविरोधी र यथार्थवादमा आधारित हो।
महान् शक्तिहरूको क्रम: ट्रम्पको नयाँ भू-राजनीतिक यथार्थ
आज, ट्रम्प र उनका समर्थकहरूले निर्माण गर्न चाहेको नयाँ विश्व व्यवस्थाको भू-राजनीतिक नक्सा झन् स्पष्ट हुँदै गइरहेको छ। यस पटक, ट्रम्प २.० ले वाम-उदारवादी वैश्विकतावाद र नव-रूढिवादीहरू (जो मूलतः वैश्विकतावादको अर्को रूप मात्र हुन्) दुबैसँग सम्बन्ध विच्छेद गर्ने र उनीहरूका योजनाहरूसँग सम्झौता नगर्ने दृढ निश्चय गरेका छन्। उनी अतीतसँगको जडत्व तोड्दै अमेरिकी विमानरुपी जहाजलाई नयाँ मार्गतिर अग्रसर गराउँदैछन्।
शान्तिका लागि चार वा पाँच अतिरिक्त क्षेत्रहरू
सही प्रविधिक क्रान्ति: उदारवादको सीमाभन्दा पर
जेलेन्स्की पतन भए, युक्रेन समाप्त भयो।
हिजो ह्वाइट हाउसको ओभल अफिसमा के भयो भन्ने बारेको गहन निष्कर्ष निकाल्न अलि हतार हुनेछ। तर, यो स्पष्ट भएको छ कि यो एक असाध्यै महत्त्वको घटना हो। यसका परिणामहरूलाई हामी पछि मूल्याङ्कन गर्नेछौं, तर ट्रम्पले स्पष्ट पारिसकेको छन् कि बाइडेनले सुरु गरेको युद्ध न केवल उनको लागि निरर्थक छ, त्यो भन्दाबढी सम्भवतः यो भयंकर अपराध हो।
जर्मनीले वैकल्पिकको खोजी गरिरहेको छ
जर्मनीको निर्वाचनमा चान्सलर ओलाफ शल्ज निसन्देह पराजित भएका छन्। तर, जर्मन समाज अब जागृत हुँदैछ भनि निष्कर्ष निकाल्नु अझै हतार हुनेछ। आखिर, अधिकांश मतदाता फ्रेडरिक मर्जको पार्टीतर्फ गएका छन्, जुन नाममात्र “क्रिश्चियन” हो। क्रिश्चियन डेमोक्र्याटिक युनियन (CDU) एकदमै उदारवादी राजनीतिक संरचना हो। जसको ख्रीष्टियन धर्मसँग कुनै वास्तविक सम्बन्ध छैन। यो शल्जको समाजवादी डेमोक्र्याटिक पार्टी (SPD) जत्तिकै वैश्वीकतावादी (ग्लोबलिस्ट) प्रवृत्तिको दल हो।
जर्ज सोरोस: राष्ट्रहरूलाई प्रभाव पार्ने ब्यक्ति
प्रामाणिकका बिरुद्ध अप्रामाणिक अस्तित्व: अन्तिम विकल्प
ट्रम्पको संयुक्त राष्ट्र संघबाट बाहिरिने निर्णय र नयाँ विश्वव्यापी मार्गचित्र
संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्र संघबाट बाहिरिनुपर्छ भन्ने रिपब्लिकन सांसदहरूको पहल कुनै नौलो र आश्चर्यजनक विषय होइन। अन्तर्राष्ट्रिय राजनीतिका यथार्थतासँग मेल खाने क्षमतामा संयुक्त राष्ट्रसंघ धेरै पहिले नै असफल भइसकेको छ। यो केवल एउटा काल्पनिक पीडा हो। संयुक्त राष्ट्रसंघको संरचनाले द्वितीय विश्वयुद्धपश्चात् उत्पन्न शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्दछ, जहाँ दुई परस्परविरोधी गुटहरू र गुटनिरपेक्ष आन्दोलनको उपस्थिति थियो। तर, वास्तविक अन्तर्राष्ट्रिय राजनीतिक संरचना यी दुई गुटहरू (पुँजीवादी र समाजवादी) भित्र नै केन्द्रित भएर विकसित भएको थियो।
जेलेन्स्कीको पतन
रियाध वार्ता निस्सन्देह एक महत्वपूर्ण सफलता हो। वार्ताकारहरूको संरचनाले नै धेरै कुरा स्पष्ट गर्छ। उदाहरणका लागि, अमेरिकी पक्षका वार्ताकारहरूमा अलि कठोर र कठिन केलोगको अनुपस्थिति उल्लेखनीय छ। ट्रम्पले वार्तामा त्यस्ता व्यक्तिहरू पठाए, जो रसियाको दृष्टिकोणलाई बुझ्न र सुन्न सबैभन्दा सक्षम तथा योग्य छन्। र त्यसपछि उक्त सन्देशलाई व्यक्तिगत रूपमा उनिसम्म पुर्याउन सक्ने क्षमता राख्छन्।
यूक्रेन वार्ताका लागि नयाँ विश्व व्यवस्थाको स्पष्टता आवश्यक छ।
रूसी जनतालाई जागृत गराऊ!
विशेष सैन्य अपरेशन (SMO) को अन्त्यको प्रतिक्षामा रहेको चञ्चल भावना केही अशोभनीय हो। यहाँसम्म कि यसमा विकृत कुरा समावेश छ। विजयप्रति लक्ष्यित हुनु एउटा कुरा हो। यो प्रयास, बलिदान, वीरता र परिचालन हो। तर यो बिल्कुल पनि "यो छिटो सकियोस्" भन्ने होइन। यदि हामी नब्युँझिने हो भने, यो अन्त्य हुने छैन। त्यसको लागि समाजको सुतेको भागलाई ब्युँझाउन के आवश्यक पर्छ? हो मेरो विश्वास छ, कि यसको लागि प्राकृतिक र कृत्रिम दुवै कारणहरू छन्।
पश्चिम समाप्त भयो: रूस र अमेरिकाले विश्वमानचित्रको पुनःनिर्माण गरिरहेका छन्
राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पले अन्ततः फोन संवादको थालनी गरे यो विषय उल्लेखनीय छ। दुई ठूला शक्ति राष्ट्रका नेताहरूले संवादको थालनी गर्नु, साँच्चै एक महत्वपूर्ण प्रगति हो। स्वाभाविक रूपमा, उनीहरूबीचको छलफल विश्व व्यवस्था सम्बन्धी मुद्दाहरूमा केन्द्रित थियो। दुई ठूला शक्ति राष्ट्रका नेताहरूले जबसम्म विश्व व्यवस्थाका लागि नयाँ मापदण्डहरू परिभाषित गर्दैनन् तवसम्म सानातिना विषयहरूमा कुरा गर्नुको कुनै औचित्य हुँदैन।
सभ्यताहरूबीचको संवाद शान्ति र संस्कृतिका लागि
ट्रम्पसँग एक योजना छ
ट्रम्प संयुक्त राज्य अमेरिकाको सत्तामा आएपछि उनले गरेका कार्यहरू आश्चर्यजनक छन्। उनले सम्पूर्ण विश्व व्यवस्थाको संरचनालाई तीव्र र स्थिर रूपमा परिवर्तन गरिरहेका छन्। आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले आवश्यक सुधारहरूको संकेत दिएका थिए। तर चार वर्ष सत्ता सञ्चालन गरेपछि र अर्को चार वर्ष कट्टर विपक्षमा बिताएपछि उनी एक विशिष्ट विचारधाराका साथ दृढ समर्थक बनेका छन्। उनको राष्ट्रपतिको पहिलो दुई हप्ताले प्रमाणित गर्दछ कि ट्रम्पले आफ्नो विचारधारा कुनै पनि मूल्य चुकाएर लागू गर्ने दृढ संकल्पित छन्।
पुटिनको भूराजनीतिक क्रान्ति
उदारवादविरुद्ध न्यायाधिकरण
अमेरिकामा ट्रम्पले शासन सम्हालेको एक झट्कामा तीव्र सुधारहरू पछ्याउँदै उनले घोषणा गरे कि मानिसहरुका दुई वटा मात्र लिंगहरू छन्। ती हुन् पुरुष र महिला। जसबाट अमेरिकन र सम्पूर्ण संसारका सामु एक भयानक चित्र खुल्यो। अघिल्ला उदारवादी शासकहरूले आफ्नो लिङ्ग परिवर्तन गर्न वा अस्तित्वहीन लिङ्गको रूपमा पहिचान गर्न प्रेरित गरेका लाखौं व्यक्तिहरू अचानक 'प्रगतिशील', 'आधुनिक सोच भएका' नागरिकबाट अपाङ्ग, अयोग्य व्यक्तिहरूमा परिणत भए। केही क्षणअघि मात्र, तिनीहरूलाई लिङ्गको विविधता, जसमा बन्ध्याकरण, अपाङ्गता र साना बालबालिकाहरूको मानसिक विचलन समावेश थियो। यसलाई 'सबैभन्दा उपयुक्त सामाजिक व्यवहारको संकेत'को रूपमा प्रशिक्षण दिइएको थियो।
नयाँ याल्टा र बहुध्रुवीयताको उदय
असी वर्ष अघि, सन् १९४५ फेब्रुअरी ४ मा, मित्रराष्ट्र शक्तिहरूको याल्टा सम्मेलन प्रारम्भ भयो। जसले नाजी जर्मनीको पराजयपछि नयाँ विश्व व्यवस्थालाई आकार दियो। यो पराजय पहिले नै तय भइसकेको थियो। विजयी पक्षका नेताहरू (सोभियत गुट र पश्चिमी उदार-पुँजीवादी विश्व)ले युद्धपछिको नाजी-पछिको वैश्विक व्यवस्थाको आधारशिला तयार गरे।