प्रामाणिकका बिरुद्ध अप्रामाणिक अस्तित्व: अन्तिम विकल्प

"आधुनिक मानवता अचेतन रूपमा उत्तर-मानवतावादतर्फ अग्रसर भइरहेको छ, जहाँ वास्तविक अस्तित्व (Dasein)* हराउँदै गएको छ। दार्शनिक एवं सभ्यतागत मूलहरूको पुनरागमनले मात्र राष्ट्रहरूलाई अपरिवर्तनीय सांस्कृतिक पतनबाट बचाउन सक्छ।"

ट्रम्पको संयुक्त राष्ट्र संघबाट बाहिरिने निर्णय र नयाँ विश्वव्यापी मार्गचित्र

संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्र संघबाट बाहिरिनुपर्छ भन्ने रिपब्लिकन सांसदहरूको पहल कुनै नौलो र आश्चर्यजनक विषय होइन। अन्तर्राष्ट्रिय राजनीतिका यथार्थतासँग मेल खाने क्षमतामा संयुक्त राष्ट्रसंघ धेरै पहिले नै असफल भइसकेको छ। यो केवल एउटा काल्पनिक पीडा हो। संयुक्त राष्ट्रसंघको संरचनाले द्वितीय विश्वयुद्धपश्चात् उत्पन्न शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्दछ, जहाँ दुई परस्परविरोधी गुटहरू र गुटनिरपेक्ष आन्दोलनको उपस्थिति थियो। तर, वास्तविक अन्तर्राष्ट्रिय राजनीतिक संरचना यी दुई गुटहरू (पुँजीवादी र समाजवादी) भित्र नै केन्द्रित भएर विकसित भएको थियो।

जेलेन्स्कीको पतन

रियाध वार्ता निस्सन्देह एक महत्वपूर्ण सफलता हो। वार्ताकारहरूको संरचनाले नै धेरै कुरा स्पष्ट गर्छ। उदाहरणका लागि, अमेरिकी पक्षका वार्ताकारहरूमा अलि कठोर र कठिन केलोगको अनुपस्थिति उल्लेखनीय छ। ट्रम्पले वार्तामा त्यस्ता व्यक्तिहरू पठाए, जो रसियाको दृष्टिकोणलाई बुझ्न र सुन्न सबैभन्दा सक्षम तथा योग्य छन्। र त्यसपछि उक्त सन्देशलाई व्यक्तिगत रूपमा उनिसम्म पुर्‍याउन सक्ने क्षमता राख्छन्।

यूक्रेन वार्ताका लागि नयाँ विश्व व्यवस्थाको स्पष्टता आवश्यक छ।

अलेक्जेन्डर दुगिनले यस लेखमा यो स्पष्ट पारेका छन् कि जबसम्म  विश्व राजनीतिलाई रुपान्तरण  गर्ने वैचारिक क्रान्ति  भ्लादिमिर पुटिन तथा डोनाल्ड ट्रम्पद्वारा अघि बढाइरहेको नयाँ विश्व व्यवस्थाको स्पष्ट बुझाइमा आधारित हुँदैन, तबसम्म युक्रेन सम्बन्धी कुनै पनि छलफल व्यर्थ हुन्छ।

रूसी जनतालाई जागृत गराऊ!

विशेष सैन्य अपरेशन (SMO) को अन्त्यको प्रतिक्षामा रहेको चञ्चल भावना केही अशोभनीय हो। यहाँसम्म कि यसमा विकृत कुरा समावेश छ। विजयप्रति लक्ष्यित हुनु एउटा कुरा हो। यो प्रयास, बलिदान, वीरता र परिचालन हो। तर यो बिल्कुल पनि "यो छिटो सकियोस्" भन्ने होइन। यदि हामी नब्युँझिने हो भने, यो अन्त्य हुने छैन। त्यसको लागि समाजको सुतेको भागलाई ब्युँझाउन के आवश्यक पर्छ? हो मेरो विश्वास छ, कि यसको लागि प्राकृतिक र कृत्रिम दुवै कारणहरू छन्।

पश्चिम समाप्त भयो: रूस र अमेरिकाले विश्वमानचित्रको पुनःनिर्माण गरिरहेका छन्

राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पले अन्ततः फोन संवादको थालनी गरे यो विषय उल्लेखनीय छ। दुई ठूला शक्ति राष्ट्रका नेताहरूले संवादको थालनी गर्नु, साँच्चै एक महत्वपूर्ण प्रगति हो। स्वाभाविक रूपमा, उनीहरूबीचको छलफल विश्व व्यवस्था सम्बन्धी मुद्दाहरूमा केन्द्रित थियो। दुई ठूला शक्ति राष्ट्रका नेताहरूले जबसम्म विश्व व्यवस्थाका लागि नयाँ मापदण्डहरू परिभाषित गर्दैनन् तवसम्म सानातिना विषयहरूमा कुरा गर्नुको कुनै औचित्य हुँदैन। 

सभ्यताहरूबीचको संवाद शान्ति र संस्कृतिका लागि

हवानाले गणतन्त्र क्यूबाका शीर्ष अधिकारीहरूको सहभागितासँगै एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ।

ट्रम्पसँग एक योजना छ

ट्रम्प संयुक्त राज्य अमेरिका‍को सत्तामा आएपछि उनले गरेका कार्यहरू आश्चर्यजनक छन्। उनले सम्पूर्ण विश्व व्यवस्थाको संरचनालाई तीव्र र स्थिर रूपमा परिवर्तन गरिरहेका छन्। आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले आवश्यक सुधारहरूको संकेत दिएका थिए। तर चार वर्ष सत्ता सञ्चालन गरेपछि र अर्को चार वर्ष कट्टर विपक्षमा बिताएपछि उनी एक विशिष्ट विचारधाराका साथ दृढ समर्थक बनेका छन्। उनको राष्ट्रपतिको पहिलो दुई हप्ताले प्रमाणित गर्दछ कि ट्रम्पले आफ्नो विचारधारा कुनै पनि मूल्य चुकाएर लागू गर्ने दृढ संकल्पित छन्।

 

पुटिनको भूराजनीतिक क्रान्ति

यस लेखमा रुसी दार्शनिक अलेक्जेन्डर दुगिनले राष्ट्रपति पुटिनको २००७ को म्युनिख भाषणलाई बहुध्रुवीय क्रान्तिको सुरुवातको रूपमा रेखाङ्कित गरेका छन्। जसले एकध्रुवीय वैश्वीकतावादललाई चुनौती दिँदै संयुक्त राष्ट्रसंघको प्रासंगिकतालाई न्युनिकरण गरेको उल्लेख गरेका छन् ।

उदारवादविरुद्ध न्यायाधिकरण

अमेरिकामा ट्रम्पले शासन सम्हालेको एक झट्कामा तीव्र सुधारहरू पछ्याउँदै उनले घोषणा गरे कि मानिसहरुका दुई वटा मात्र लिंगहरू छन्। ती हुन् पुरुष र महिला। जसबाट अमेरिकन र सम्पूर्ण संसारका सामु एक भयानक चित्र खुल्यो। अघिल्ला उदारवादी शासकहरूले आफ्नो लिङ्ग परिवर्तन गर्न वा अस्तित्वहीन लिङ्गको रूपमा पहिचान गर्न प्रेरित गरेका लाखौं व्यक्तिहरू अचानक 'प्रगतिशील', 'आधुनिक सोच भएका' नागरिकबाट अपाङ्ग, अयोग्य व्यक्तिहरूमा परिणत भए। केही क्षणअघि मात्र, तिनीहरूलाई लिङ्गको विविधता, जसमा बन्ध्याकरण, अपाङ्गता र साना बालबालिकाहरूको मानसिक विचलन समावेश थियो। यसलाई 'सबैभन्दा उपयुक्त सामाजिक व्यवहारको संकेत'को रूपमा प्रशिक्षण दिइएको थियो।

नयाँ याल्टा र बहुध्रुवीयताको उदय

असी वर्ष अघि, सन् १९४५ फेब्रुअरी ४ मा, मित्रराष्ट्र शक्तिहरूको याल्टा सम्मेलन प्रारम्भ भयो। जसले नाजी जर्मनीको पराजयपछि नयाँ विश्व व्यवस्थालाई आकार दियो। यो पराजय पहिले नै तय भइसकेको थियो।  विजयी पक्षका नेताहरू (सोभियत गुट र पश्चिमी उदार-पुँजीवादी विश्व)ले युद्धपछिको  नाजी-पछिको वैश्विक व्यवस्थाको आधारशिला तयार गरे।

 

डिप स्टेटको पर्दाफास : USAID का गोप्य अभिलेखहरू

एउटा मौन गृहयुद्ध उजागर हुँदैछ। अमेरिकाभित्रको लडाइँ हतियारद्वारा होइन, शक्ति सङ्घर्षमार्फत लडिन्छ। जहाँ USAID विश्वव्यापी नियन्त्रणको केन्द्रमा रहेको छ।

ग्रीनल्यान्ड एक नयाँ सीमा

 ट्रम्पको ग्रीनल्यान्ड पहल केवल भू-राजनीतिक विषय मात्र होइन। यो उत्तर-राज्य नयाँ व्यवस्थाको आधार हो जुन टेक राइटको संप्रभुता, प्रविधि र वैकल्पिक शासनको दृष्टिकोणद्वारा प्रेरित छ।

यूएसएएड ध्वस्त: ट्रम्प र मस्कको परम्परावादी क्रान्ति जारी

संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास एजेन्सी (USAID) को विघटन एक यस्तो घटना हो जसको महत्त्व अत्यन्त उच्च छ। जब सोभियत संघले कमिन्टर्न (तेस्रो अन्तर्राष्ट्रिय) र पछि कमिनफर्मलाई समाप्त गर्‍यो। यी संरचनाहरू जसले विश्वव्यापी रूपमा सोभियत संघका वैचारिक हितहरूको वकालत गर्थे। त्यसले अन्तर्राष्ट्रिय सोभियत प्रणालीको अन्त्यको सुरुवात संकेत गर्‍यो। यद्यपि परस्पर आर्थिक सहायता परिषद् (COMECON) र वार्सा सन्धि सङ्गठन १९९१ सम्म अस्तित्वमा रहे। तिनीहरूको पतनको आधार भने ख्रुश्चेभको शासनकालमै निश्चित भइसकेको थियो।

अलेक्जेण्डर लुकाशेन्को: व्यक्ति र वीर (श्रेष्ठ)

गणतन्त्र बेलारुसको राष्ट्रपति चुनावको नतिजाको मूल्यांकन: पूर्वी-स्लाविक समाजहरूको राजनीतिक पहिचानको प्रश्न

अमेरिकामा 'लिबरल' शब्द गाली (अपमानजनक)को रूपमा प्रयोग हुँदैछ।

डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचनमा विजय पश्चात् संयुक्त राज्य अमेरिकामा भएको घटनाक्रम, पदस्थापन प्रक्रिया तथा सत्ता हस्तान्तरणले हामीलाई त्यहाँ तीव्र रूपमा परम्परावादी क्रान्ति सम्पन्न भइरहेको संकेत दिन्छ। मूल्य प्रणाली लगभग पूर्ववर्ती दिशाको पूर्ण विपरीत दिशामा रूपान्तरित हुँदैछ। ट्रम्प र उनको टोलीले घोषणा गरिरहेका सिद्धान्तहरू तथा प्रारम्भिक कदमहरू ती सबै पूर्ण रूपमा वाम-उदारवादी विचारधारासँग विरोधाभाषमा छन्। जसले वैश्विकतावादी रणनीति, अभिमुखीकरण र कार्यहरूलाई आधार प्रदान गर्दै आएको थियो।

ट्रम्पको क्रान्ति

यस आलेखमा अलेक्जेन्डर दुगिनले ट्रम्पवादी विचारधाराले अमेरिका र सम्पूर्ण विश्वलाई कसरी परिवर्तन गर्नेछ भन्ने विषयलाई व्याख्या गरेका छन्।

महान लैंगिक पुनरागमन

यस लेखमा रुसी दार्शनिक अलेक्ज्याण्डर दुगिनले विवादास्पद 'वोक एजेन्डा' लाई  बदनामि गर्ने उपकरणको रूपमा पर्दाफास गर्दै परम्परागत मूल्यहरूको पुनर्स्थापना र लिंगलाई प्राकृतिक क्रममा पुनःस्थापित गर्नको लागि महान् पुनरागमनको आह्वान गर्छन्।

उदारवादी जातिवादको अस्वीकृती र वास्तविक पहिचानको पुनः प्राप्ति

उदारवादी जातिवादको अस्वीकृती र वास्तविक पहिचानको पुनः प्राप्ति

अलेक्जेन्डर दुगिनले यस लेखमा उदारवादी जातिवाद र वैश्वीकरणबाट हुने समरूपताको विरोध गर्दै सामूहिक जातीय र सांस्कृतिक पहिचानको सम्पन्नतालाई जोड दिएका छन्।

विचारको प्रतिस्पर्धा : वैश्वीकरणलाई चुनौती

अलेक्जेन्डर दुगिनले यस लेखमार्फत २०औं शताब्दीको अधिनायकवादी संरचनालाई अस्वीकार गर्दै, बहुध्रुवीय संसारमा विचारधारात्मक स्पष्टता र निष्पक्ष बहसको लागि आग्रह गरेका छन्।  जाहाँ वास्तविक अभिव्यक्ति स्वतन्त्रताको नेतृत्व गर्दछ।

वैश्वीकरणको पर्दाफास: चक्रब्यूहको पछाडि सामूहिक राक्षस

अलेक्जेन्डर दुगिनले यस लेखलमा पश्चिममा रहेको दुई परस्परविरोधी शक्तिहरूबीचको भिन्नता प्रस्तुत गरेका छन्। पहिलो, उदारवादी अभिजात वर्ग र उनीहरूको प्रभावको जालको प्रतिनिधित्व गरिएको "राक्षसी-पश्चिम," जसलाई वैश्वीकतावादी शक्ति मानिन्छ। दोस्रो, "मागा-पश्चिम," जुन यसका विरुद्ध खडा भएको शक्तिशाली समूह हो। उनी तर्क गर्छन् कि यी पहिचानहरूबीचको संघर्षलाई बुझ्न वैश्विक शक्तिको वास्तविक स्वरूप र सार्वभौमिकताको लागि संघर्षलाई केन्द्रमा राख्नुपर्छ।

वृद्धि: वर्षको समीक्षा

एसएमओ (विशेष सैन्य अभियान) अहिले मुख्य विषय हो। जुन हाम्रो लागि, हाम्रो जनताका लागि र हाम्रो राज्यका लागि केन्द्रीय विषय हो। दार्शनिक प्रोटागोरसले भनेका थिए,  “मानिस नै वस्तुहरूको मापदण्ड हो।” हाम्रो लागि अहिले, एसएमओ नै वस्तुहरूको मापदण्ड बनेको छ। सन् २०२४,  यो अन्त्य हुन लागेको वर्षमा एसएमओको क्षेत्रमा निर्णायक मोड आएको देखियो। युक्रेनी नाजीहरूले कुर्स्क क्षेत्रमा आक्रमण, सुजा कब्जा, र केही अन्य भूभाग कब्जाका गरेका छन् जुन क्षेत्रबाट (दुर्भाग्यवश) हामीले अझै उनीहरूलाई पूर्ण रूपमा हटाउन सकेका छैनौं। तर पनि, समग्रमा यो वर्ष एसएमओले हाम्रो पक्षमा निर्णायक परिस्थिति सृजना गर्यो। रुसले विस्तारै,  आत्मविश्वासका सहित अपरिवर्तनीय रूपमा प्रगति गर्न थाल्यो।

चौथो घुम्तिको अन्त्य

स्ट्राउस-हाउ जेनरेशनल थ्योरी, वा "चौथो टर्निंग (घुम्ती)", भनिन्छ कि इतिहास चार वटा टर्निङ्हुँदै चक्रीय ढाँचामा अगाडि बढ्दछ, जसमा प्रत्येक टर्निङ लगभग २०-२५ वर्षसम्म रहन्छन्।

आतंकको सामान्य सिद्धान्त तर्फ

हाइडेगरले आतंक (Angst, anxiety) र डर (Furcht, fear) बीचको भिन्नता स्पष्ट रूपमा प्रस्तुत गर्छन्। डरले हामीलाई भाग्न बाध्य बनाउँछ, जबकि आतंक वा त्रासले हामीलाई स्थिर बनाउन, वा थप विस्मयकारी रूपमा, हाम्रो स्थानमा नै रोक्न बाध्य बनाउँछ। 

महान इजरायल र विजयी मसीहा

इजरायल र यहूदी समुदायलाई सम्भवतः समग्रमा हेर्ने विश्वव्यापी दृष्टिकोणमा गम्भीर परिवर्तन हुँदैछ। दोस्रो विश्वयुद्धका क्रममा हिटलरको शासनमा युरोपेली यहूदीहरूले भोगेको विपत्तिपश्चात् उनीहरूले विश्वव्यापी रूपमा सहानुभूति, करुणा, र गहिरो संवेदनाको भाव उत्पन्न गरे।

पृष्ठ