महान् शक्तिहरूको क्रम: ट्रम्पको नयाँ भू-राजनीतिक यथार्थ

आज, ट्रम्प र उनका समर्थकहरूले निर्माण गर्न  चाहेको  नयाँ विश्व व्यवस्थाको भू-राजनीतिक नक्सा झन्  स्पष्ट हुँदै गइरहेको छ। यस पटक, ट्रम्प २.० ले वाम-उदारवादी वैश्विकतावाद र नव-रूढिवादीहरू (जो मूलतः वैश्विकतावादको अर्को रूप मात्र हुन्) दुबैसँग सम्बन्ध विच्छेद गर्ने र उनीहरूका योजनाहरूसँग सम्झौता नगर्ने दृढ निश्चय गरेका छन्। उनी अतीतसँगको जडत्व तोड्दै अमेरिकी विमानरुपी जहाजलाई नयाँ मार्गतिर अग्रसर गराउँदैछन्।

शान्तिका लागि चार वा पाँच अतिरिक्त क्षेत्रहरू

शान्तिका लागि चार वा पाँच अतिरिक्त क्षेत्रहरू

कुर्स्क क्षेत्रमा राष्ट्रपति पुटिन सैनिक पोशाकमा उपस्थित हुँदै रूसी सेनाका प्रधानसेनापति, जनरल गेरासिमोभसँग फ्रन्ट्लाइनमा उपस्थित हुनुले रुस कुनै सम्झौता स्वीकार नगरी निर्धारित लक्ष्य प्राप्त गर्न आफ्नो विशेष सैनिक अभियान जारी राख्ने कुरामा स्पष्ट रहेको सङ्केत गर्दछ।

सही प्रविधिक क्रान्ति: उदारवादको सीमाभन्दा पर

सही प्रविधिक क्रान्ति: उदारवादको सीमाभन्दा पर

नवीन भू-राजनीतिक नक्सामा – सही प्रविधिको हिसाबले चीनलाई प्रमुख प्रतिस्पर्धीका रूपमा हेरिन्छ, रूसलाई महत्वपूर्ण संसाधन केन्द्रको रूपमा लिइन्छ र उदारवादी विचारधारात्मक चिन्ताहरूलाई अप्रासंगिक ठानिन्छ।

जेलेन्स्की पतन भए, युक्रेन समाप्त भयो।

हिजो ह्वाइट हाउसको ओभल अफिसमा के भयो भन्ने बारेको गहन निष्कर्ष निकाल्न अलि हतार हुनेछ। तर, यो स्पष्ट भएको छ कि यो एक असाध्यै महत्त्वको घटना हो। यसका परिणामहरूलाई हामी पछि मूल्याङ्कन गर्नेछौं, तर ट्रम्पले स्पष्ट पारिसकेको छन् कि बाइडेनले सुरु गरेको युद्ध न केवल उनको लागि निरर्थक छ, त्यो भन्दाबढी सम्भवतः यो भयंकर अपराध हो।

जर्मनीले वैकल्पिकको खोजी गरिरहेको छ

जर्मनीको निर्वाचनमा चान्सलर ओलाफ शल्ज निसन्देह पराजित भएका छन्। तर, जर्मन समाज अब जागृत हुँदैछ भनि निष्कर्ष निकाल्नु अझै हतार हुनेछ। आखिर, अधिकांश मतदाता फ्रेडरिक मर्जको पार्टीतर्फ गएका छन्, जुन नाममात्र “क्रिश्चियन” हो। क्रिश्चियन डेमोक्र्याटिक युनियन (CDU) एकदमै उदारवादी राजनीतिक संरचना हो। जसको ख्रीष्टियन धर्मसँग कुनै वास्तविक सम्बन्ध छैन। यो शल्जको समाजवादी डेमोक्र्याटिक पार्टी (SPD) जत्तिकै वैश्वीकतावादी (ग्लोबलिस्ट) प्रवृत्तिको दल हो।

जर्ज सोरोस: राष्ट्रहरूलाई प्रभाव पार्ने ब्यक्ति

दुगिन तर्क गर्छन् कि साँचो  सार्वभौमिकता  लागि केवल राजनीतिक इच्छाशक्ति मात्र पर्याप्त हुँदैन; गहिरो दार्शनिक आधार आवश्यक हुन्छ। आध्यात्मिक र बौद्धिक जग बिना, राष्ट्रहरू सोरसजस्ता व्यक्तिहरूको प्रभावमा पर्नेछन्...

प्रामाणिकका बिरुद्ध अप्रामाणिक अस्तित्व: अन्तिम विकल्प

"आधुनिक मानवता अचेतन रूपमा उत्तर-मानवतावादतर्फ अग्रसर भइरहेको छ, जहाँ वास्तविक अस्तित्व (Dasein)* हराउँदै गएको छ। दार्शनिक एवं सभ्यतागत मूलहरूको पुनरागमनले मात्र राष्ट्रहरूलाई अपरिवर्तनीय सांस्कृतिक पतनबाट बचाउन सक्छ।"

ट्रम्पको संयुक्त राष्ट्र संघबाट बाहिरिने निर्णय र नयाँ विश्वव्यापी मार्गचित्र

संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्र संघबाट बाहिरिनुपर्छ भन्ने रिपब्लिकन सांसदहरूको पहल कुनै नौलो र आश्चर्यजनक विषय होइन। अन्तर्राष्ट्रिय राजनीतिका यथार्थतासँग मेल खाने क्षमतामा संयुक्त राष्ट्रसंघ धेरै पहिले नै असफल भइसकेको छ। यो केवल एउटा काल्पनिक पीडा हो। संयुक्त राष्ट्रसंघको संरचनाले द्वितीय विश्वयुद्धपश्चात् उत्पन्न शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्दछ, जहाँ दुई परस्परविरोधी गुटहरू र गुटनिरपेक्ष आन्दोलनको उपस्थिति थियो। तर, वास्तविक अन्तर्राष्ट्रिय राजनीतिक संरचना यी दुई गुटहरू (पुँजीवादी र समाजवादी) भित्र नै केन्द्रित भएर विकसित भएको थियो।

जेलेन्स्कीको पतन

रियाध वार्ता निस्सन्देह एक महत्वपूर्ण सफलता हो। वार्ताकारहरूको संरचनाले नै धेरै कुरा स्पष्ट गर्छ। उदाहरणका लागि, अमेरिकी पक्षका वार्ताकारहरूमा अलि कठोर र कठिन केलोगको अनुपस्थिति उल्लेखनीय छ। ट्रम्पले वार्तामा त्यस्ता व्यक्तिहरू पठाए, जो रसियाको दृष्टिकोणलाई बुझ्न र सुन्न सबैभन्दा सक्षम तथा योग्य छन्। र त्यसपछि उक्त सन्देशलाई व्यक्तिगत रूपमा उनिसम्म पुर्‍याउन सक्ने क्षमता राख्छन्।

यूक्रेन वार्ताका लागि नयाँ विश्व व्यवस्थाको स्पष्टता आवश्यक छ।

अलेक्जेन्डर दुगिनले यस लेखमा यो स्पष्ट पारेका छन् कि जबसम्म  विश्व राजनीतिलाई रुपान्तरण  गर्ने वैचारिक क्रान्ति  भ्लादिमिर पुटिन तथा डोनाल्ड ट्रम्पद्वारा अघि बढाइरहेको नयाँ विश्व व्यवस्थाको स्पष्ट बुझाइमा आधारित हुँदैन, तबसम्म युक्रेन सम्बन्धी कुनै पनि छलफल व्यर्थ हुन्छ।

रूसी जनतालाई जागृत गराऊ!

विशेष सैन्य अपरेशन (SMO) को अन्त्यको प्रतिक्षामा रहेको चञ्चल भावना केही अशोभनीय हो। यहाँसम्म कि यसमा विकृत कुरा समावेश छ। विजयप्रति लक्ष्यित हुनु एउटा कुरा हो। यो प्रयास, बलिदान, वीरता र परिचालन हो। तर यो बिल्कुल पनि "यो छिटो सकियोस्" भन्ने होइन। यदि हामी नब्युँझिने हो भने, यो अन्त्य हुने छैन। त्यसको लागि समाजको सुतेको भागलाई ब्युँझाउन के आवश्यक पर्छ? हो मेरो विश्वास छ, कि यसको लागि प्राकृतिक र कृत्रिम दुवै कारणहरू छन्।

पश्चिम समाप्त भयो: रूस र अमेरिकाले विश्वमानचित्रको पुनःनिर्माण गरिरहेका छन्

राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पले अन्ततः फोन संवादको थालनी गरे यो विषय उल्लेखनीय छ। दुई ठूला शक्ति राष्ट्रका नेताहरूले संवादको थालनी गर्नु, साँच्चै एक महत्वपूर्ण प्रगति हो। स्वाभाविक रूपमा, उनीहरूबीचको छलफल विश्व व्यवस्था सम्बन्धी मुद्दाहरूमा केन्द्रित थियो। दुई ठूला शक्ति राष्ट्रका नेताहरूले जबसम्म विश्व व्यवस्थाका लागि नयाँ मापदण्डहरू परिभाषित गर्दैनन् तवसम्म सानातिना विषयहरूमा कुरा गर्नुको कुनै औचित्य हुँदैन। 

सभ्यताहरूबीचको संवाद शान्ति र संस्कृतिका लागि

हवानाले गणतन्त्र क्यूबाका शीर्ष अधिकारीहरूको सहभागितासँगै एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ।

ट्रम्पसँग एक योजना छ

ट्रम्प संयुक्त राज्य अमेरिका‍को सत्तामा आएपछि उनले गरेका कार्यहरू आश्चर्यजनक छन्। उनले सम्पूर्ण विश्व व्यवस्थाको संरचनालाई तीव्र र स्थिर रूपमा परिवर्तन गरिरहेका छन्। आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले आवश्यक सुधारहरूको संकेत दिएका थिए। तर चार वर्ष सत्ता सञ्चालन गरेपछि र अर्को चार वर्ष कट्टर विपक्षमा बिताएपछि उनी एक विशिष्ट विचारधाराका साथ दृढ समर्थक बनेका छन्। उनको राष्ट्रपतिको पहिलो दुई हप्ताले प्रमाणित गर्दछ कि ट्रम्पले आफ्नो विचारधारा कुनै पनि मूल्य चुकाएर लागू गर्ने दृढ संकल्पित छन्।

 

पुटिनको भूराजनीतिक क्रान्ति

यस लेखमा रुसी दार्शनिक अलेक्जेन्डर दुगिनले राष्ट्रपति पुटिनको २००७ को म्युनिख भाषणलाई बहुध्रुवीय क्रान्तिको सुरुवातको रूपमा रेखाङ्कित गरेका छन्। जसले एकध्रुवीय वैश्वीकतावादललाई चुनौती दिँदै संयुक्त राष्ट्रसंघको प्रासंगिकतालाई न्युनिकरण गरेको उल्लेख गरेका छन् ।

उदारवादविरुद्ध न्यायाधिकरण

अमेरिकामा ट्रम्पले शासन सम्हालेको एक झट्कामा तीव्र सुधारहरू पछ्याउँदै उनले घोषणा गरे कि मानिसहरुका दुई वटा मात्र लिंगहरू छन्। ती हुन् पुरुष र महिला। जसबाट अमेरिकन र सम्पूर्ण संसारका सामु एक भयानक चित्र खुल्यो। अघिल्ला उदारवादी शासकहरूले आफ्नो लिङ्ग परिवर्तन गर्न वा अस्तित्वहीन लिङ्गको रूपमा पहिचान गर्न प्रेरित गरेका लाखौं व्यक्तिहरू अचानक 'प्रगतिशील', 'आधुनिक सोच भएका' नागरिकबाट अपाङ्ग, अयोग्य व्यक्तिहरूमा परिणत भए। केही क्षणअघि मात्र, तिनीहरूलाई लिङ्गको विविधता, जसमा बन्ध्याकरण, अपाङ्गता र साना बालबालिकाहरूको मानसिक विचलन समावेश थियो। यसलाई 'सबैभन्दा उपयुक्त सामाजिक व्यवहारको संकेत'को रूपमा प्रशिक्षण दिइएको थियो।

नयाँ याल्टा र बहुध्रुवीयताको उदय

असी वर्ष अघि, सन् १९४५ फेब्रुअरी ४ मा, मित्रराष्ट्र शक्तिहरूको याल्टा सम्मेलन प्रारम्भ भयो। जसले नाजी जर्मनीको पराजयपछि नयाँ विश्व व्यवस्थालाई आकार दियो। यो पराजय पहिले नै तय भइसकेको थियो।  विजयी पक्षका नेताहरू (सोभियत गुट र पश्चिमी उदार-पुँजीवादी विश्व)ले युद्धपछिको  नाजी-पछिको वैश्विक व्यवस्थाको आधारशिला तयार गरे।

 

डिप स्टेटको पर्दाफास : USAID का गोप्य अभिलेखहरू

एउटा मौन गृहयुद्ध उजागर हुँदैछ। अमेरिकाभित्रको लडाइँ हतियारद्वारा होइन, शक्ति सङ्घर्षमार्फत लडिन्छ। जहाँ USAID विश्वव्यापी नियन्त्रणको केन्द्रमा रहेको छ।

ग्रीनल्यान्ड एक नयाँ सीमा

 ट्रम्पको ग्रीनल्यान्ड पहल केवल भू-राजनीतिक विषय मात्र होइन। यो उत्तर-राज्य नयाँ व्यवस्थाको आधार हो जुन टेक राइटको संप्रभुता, प्रविधि र वैकल्पिक शासनको दृष्टिकोणद्वारा प्रेरित छ।

यूएसएएड ध्वस्त: ट्रम्प र मस्कको परम्परावादी क्रान्ति जारी

संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास एजेन्सी (USAID) को विघटन एक यस्तो घटना हो जसको महत्त्व अत्यन्त उच्च छ। जब सोभियत संघले कमिन्टर्न (तेस्रो अन्तर्राष्ट्रिय) र पछि कमिनफर्मलाई समाप्त गर्‍यो। यी संरचनाहरू जसले विश्वव्यापी रूपमा सोभियत संघका वैचारिक हितहरूको वकालत गर्थे। त्यसले अन्तर्राष्ट्रिय सोभियत प्रणालीको अन्त्यको सुरुवात संकेत गर्‍यो। यद्यपि परस्पर आर्थिक सहायता परिषद् (COMECON) र वार्सा सन्धि सङ्गठन १९९१ सम्म अस्तित्वमा रहे। तिनीहरूको पतनको आधार भने ख्रुश्चेभको शासनकालमै निश्चित भइसकेको थियो।

अलेक्जेण्डर लुकाशेन्को: व्यक्ति र वीर (श्रेष्ठ)

गणतन्त्र बेलारुसको राष्ट्रपति चुनावको नतिजाको मूल्यांकन: पूर्वी-स्लाविक समाजहरूको राजनीतिक पहिचानको प्रश्न

अमेरिकामा 'लिबरल' शब्द गाली (अपमानजनक)को रूपमा प्रयोग हुँदैछ।

डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचनमा विजय पश्चात् संयुक्त राज्य अमेरिकामा भएको घटनाक्रम, पदस्थापन प्रक्रिया तथा सत्ता हस्तान्तरणले हामीलाई त्यहाँ तीव्र रूपमा परम्परावादी क्रान्ति सम्पन्न भइरहेको संकेत दिन्छ। मूल्य प्रणाली लगभग पूर्ववर्ती दिशाको पूर्ण विपरीत दिशामा रूपान्तरित हुँदैछ। ट्रम्प र उनको टोलीले घोषणा गरिरहेका सिद्धान्तहरू तथा प्रारम्भिक कदमहरू ती सबै पूर्ण रूपमा वाम-उदारवादी विचारधारासँग विरोधाभाषमा छन्। जसले वैश्विकतावादी रणनीति, अभिमुखीकरण र कार्यहरूलाई आधार प्रदान गर्दै आएको थियो।

ट्रम्पको क्रान्ति

यस आलेखमा अलेक्जेन्डर दुगिनले ट्रम्पवादी विचारधाराले अमेरिका र सम्पूर्ण विश्वलाई कसरी परिवर्तन गर्नेछ भन्ने विषयलाई व्याख्या गरेका छन्।

महान लैंगिक पुनरागमन

यस लेखमा रुसी दार्शनिक अलेक्ज्याण्डर दुगिनले विवादास्पद 'वोक एजेन्डा' लाई  बदनामि गर्ने उपकरणको रूपमा पर्दाफास गर्दै परम्परागत मूल्यहरूको पुनर्स्थापना र लिंगलाई प्राकृतिक क्रममा पुनःस्थापित गर्नको लागि महान् पुनरागमनको आह्वान गर्छन्।

उदारवादी जातिवादको अस्वीकृती र वास्तविक पहिचानको पुनः प्राप्ति

उदारवादी जातिवादको अस्वीकृती र वास्तविक पहिचानको पुनः प्राप्ति

अलेक्जेन्डर दुगिनले यस लेखमा उदारवादी जातिवाद र वैश्वीकरणबाट हुने समरूपताको विरोध गर्दै सामूहिक जातीय र सांस्कृतिक पहिचानको सम्पन्नतालाई जोड दिएका छन्।

पृष्ठ