रुसलाई फेरि विश्व साम्राज्य बनाउन चाहने अलेक्जेण्डर डुगीन

हरेक राष्ट्रका आ–आफ्ना विचारकहरु हुन्छन्, जसले ती देशका नीतिलाई प्रभावित गरिरहेका हुन्छन्। वाङ्ग हुनिमको विचारले चीनका राष्ट्रपति सी जिन्पिङलाई गहिरोसँग प्रभावित गरेको देखिन्छ । फ्रान्सिस फुकायामाको विचारले अमेरिकालाई केही दशकसम्म दोहोर्‍याएको थियो। उनीहरुजस्तै अलेक्जेण्डर डुगीनलाई चाहिँ रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई वैचारिक रुपमा दिशानिर्देश गर्ने दार्शनिक मानिन्छ। डुगीनको विचारबाट पुटिन अत्याधिक प्रभवित देखिन्छन्।

 

एङ्ग्लो-स्याक्सन उदारवादविरुद्ध अलेक्जेन्डर दुगिनको दृष्टिकोण यस्तो छ

एङ्ग्लो-स्याक्सन उदारवादविरुद्ध अलेक्जेन्डर दुगिनको दृष्टिकोण यस्तो छ

प्रसिद्ध दार्शनिक अलेक्जेन्डर दुगिनले एङ्ग्लो–स्याक्सन उदारवादविरुद्ध आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । विश्व रूसी जन परिषद्ले आयोजना गरेको 'वैचारिक विश्लेषण' विषयक कार्यक्रममा दार्शनिक दुगिनले भने, 'रूसी विचारधारालाई एङ्ग्लो–स्याक्सन विश्वव्यापी उदारवादसँग तुलना गर्न आवश्यक छ ।'

 

अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवाद

अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवाद

अलेक्जेन्डर दुगिनले उदीयमान बहुध्रुवीय विश्वको चर्चा गर्दै पश्चिमी उदारवादी प्रतिमानको विरोधमा विभिन्न विश्वव्यापी क्षेत्रहरूको विशिष्ट वैचारिक र सभ्यतागत मार्गहरूलाई उजागर गरेका छन् ।

राजनीतिक जादु र विजयको छवि

राजनीतिक जादु र विजयको छवि

'रुसको हारमा जादुको प्रतिबिम्ब',जसको बारेमा पश्चिमाहरूले प्रत्यक्ष रूपमा बोल्न थाले, साथै आफै यसलाई रोक्न सल्लाह दिए। मानवशास्त्रको सफा र एकदम उपयुक्त सन्दर्भको साथ सैन्य-राजनीतिकमा 'प्रोपोगान्डा' अर्को नाम हो। प्रोपोगान्डा युद्धको जादु हो । वास्तविकतामा पनि जादू एकदम प्रभावकारी हुन्छ। जादूगरले एक सूत्र उच्चारण गर्दछ जसले दर्शकहरूलाई यो वा त्यो गरेर वास्तविकता जस्तै  विश्वास दिलाउँछ र दर्शकले विश्वास गर्छन् । र... बाँच्न र काम गर्न थाल्छन् मानौं जादुगरद्वारा घोषणा गरिएको यो वास्तविकता मात्र एक थियो। र चरण-चरण गरेर,साना कार्यहरूको अभिसरण मार्फत,वास्तविकता वास्तवमा यसले प्रतिनिधित्व गर्ने कुराको नजिक हुन्छ। जादुगर (वैचारिक कार्यकर्ता, कमिसार, विशेषज्ञ, टिप्पणीकार, पत्रकार, शमन) ले वर्णन गरेअनुसार मानिसहरूले वास्तविकता निर्माण गर्छन्। कुनै पनि विचारधाराले यसरी नै काम गर्छ ।

जुछे, दुष्ट राज्यहरू र महान् मानवता

जुछे, दुष्ट राज्यहरू र महान् मानवता

'डीपीआरके' सँग रूसको सम्बन्ध सुमधुर हुनु भनेको एक अद्भुत पहल हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका वंशाणुगत प्रमुख किम जोङ–उनबीच भएको भेटघाट र वार्ताले WEF (विश्व आर्थिक मञ्च) मा हलचल मच्चाएको थियो । पश्चिमा देशहरूले कुनै पनि हालतमा यो सम्बन्ध रोक्नुपर्छ तथा रूस र उत्तर कोरिया एक अर्का बीच कुनै पनि गतिविधिमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने टिप्पणी गरे । 

अस्तित्वको राजनीति

अस्तित्वको राजनीति

२० औं शताब्दीको दर्शन र राजनीति शास्त्रको इतिहासमा अस्तित्ववादसँग गाँसिएका सबै कुरा राजनीतिको विरोधमा छन् । यो सार्त्रे, क्यामस, वामपन्थी अस्तित्ववादको अस्तित्ववाद हो, जसले राजनीतिक संरचना र राजनीतिक प्रणालीको आलोचना गर्ने आधारको रूपमा काम गर्दछ, किनकि यो हाइडेगरको दूरगामी प्रतिक्रिया हो।

अल आउट वार

अल आउट वार

रूसका सहरहरूमा आज राति पश्चिमका आतंकारी शक्तिहरूको यूएभी आक्रमण (नेटोद्वारा हामीविरुद्ध लडेको युद्धको छायाँमा युक्रेन बढ्दो छ) विशेष गरी तीव्र थियो । आवाजहरू अन्ततः मौनमा रुपान्तरण भएका छन् । कसरी आउँछन्? कसले निगरानी गरेन ? अझ हामीले गतिलो तरिकाले हेर्नुपर्दथ्यो । सबैले अब के गर्ने भनेर सोच्न थालेका छन् ।

बहुध्रुवीय विश्वको युगान्तशास्त्र

बहुध्रुवीय विश्वको  युगान्तशास्त्र

१५ औं ब्रिक्स शिखर सम्मेलनले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी थप ६ देशहरुलाई संगठनमा प्रवेश गराउने ऐतिहासिक निर्णय गर्यो। सम्मेलनले प्रभावकारीरूपमा बहुध्रुवीय विश्वव्यवस्थाको गठन कार्य  पूरा गर्यो । 

सार्वभौम अर्थतन्त्रलाई विदेशी व्यापार आवश्यक छैन

सार्वभौम अर्थतन्त्रलाई विदेशी व्यापार आवश्यक छैन

मेरो (दिवंगत) साथी मिखाइल युरिभ जो महान देशभक्त व्यापारी हुन्। उनले  एकपटक मलाई एउटा प्रश्न सोधेः किन शून्य वैदेशिक व्यापार सन्तुलन नमुना हो, उदाहरणका लागि जुन देशले जति किन्छ उति बेच्छ (अर्थात आयातको मात्रा जुन परिमाणमा हुन्छ निर्यातको मात्रा पनि सोही परिमाणमा हुन्छ ? यो बाहिर जान्छ, उनले निष्कर्ष निकाले कि नमुना व्यापार (आदर्श) भनेको विदेशी व्यापारलाई शून्यमा झार्नु हो, यो धेरै राम्रो विषय भइ दियो कि जसका कारण उनले आफ्नो चासोको किताव 'Fortress Russia' रचना गरे । मुख्य विचार यो छः रूसले संसारबाट आफूलाई बन्द गर्नुपर्छ र हाम्रो परम्परागत रूसी मूल्यमान्यताहरूको आधारमा एक स्वायत्त समाज निर्माण गर्नुपर्छ । यदि तपाईं एक पूर्णरुपमा संतुलित वैदेशिक व्यापार चाहनुहुन्छ भने, यो गर्नुहोस् । त्यो चाहिँ सोचाईको एकदमै फलदायी मार्ग हो । 

विरासतमा अडेकी युवती

विरासतमा अडेकी युवती

२० अगस्त २०२२ मा मेरी प्रिय छोरी दारियालाई युक्रेनी आतंकवादी महिलाले निर्ममतापूर्वक हत्या गरेको दुःखद दिनको सम्झना गर्नुहुने सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु । साथै दारियाको सम्झनामा समवेदना र गहिरो दुःख व्यक्त गर्नुहुने दारिया र मेरा शुभचिन्तकलाई हार्दिक धन्यवाद टक्राउँदछु ।

शतरञ्जा खेल

शतरञ्जा खेल

युक्रेनमा भइरहेको युद्धमा मुख्य पात्रहरूलाई हेरौं। यहाँ हामी  जिबिग्निएफ जेजेन्स्कि (Zbigniew Brzezinski) द्वारा पेश गरिएको 'भूराजनीतिक शतरंज बोर्ड' विम्बको सन्दर्भ लिन सक्छौं। जग जाहेर छ, युक्रेनको क्षेत्र र केही हदसम्म रुस एउटा 'शतरंज बोर्ड' हो जसमा विश्वव्यापी भूराजनीतिक टकराव भइरहेको छ । साथै, सबैले पहिलेदेखि  कीभको आफ्नै कुनै स्वतन्त्रता वा स्वविवेक छैन भन्ने कुरा बुझेका छन्। सामन्यतः यो केवल एक उपकरण हो जसको माध्यमबाट प्रमुख रूपमा रूसविरुद्ध खेल्ने मुख्य पात्रहरू आफ्नो स्वविवेकअनुसार चाल चाल्छन् । कुनै पनि विम्ब जस्तै, हामीले प्रस्ताव गरेको भूराजनीतिक शतरंज योजनामा पक्कै पनि कमजोरी र सीमाहरू छन्, तर यदि यसले के भइरहेको छ भनेर प्रकाश पार्न मद्दत गर्दछ भने यसको अस्तित्वलाई पुष्टि पनि गर्दछ।

पृष्ठ