वैश्वीकरणको पर्दाफास: चक्रब्यूहको पछाडि सामूहिक राक्षस
अलेक्जेन्डर दुगिनले यस लेखलमा पश्चिममा रहेको दुई परस्परविरोधी शक्तिहरूबीचको भिन्नता प्रस्तुत गरेका छन्। पहिलो, उदारवादी अभिजात वर्ग र उनीहरूको प्रभावको जालको प्रतिनिधित्व गरिएको "राक्षसी-पश्चिम," जसलाई वैश्वीकतावादी शक्ति मानिन्छ। दोस्रो, "मागा-पश्चिम," जुन यसका विरुद्ध खडा भएको शक्तिशाली समूह हो। उनी तर्क गर्छन् कि यी पहिचानहरूबीचको संघर्षलाई बुझ्न वैश्विक शक्तिको वास्तविक स्वरूप र सार्वभौमिकताको लागि संघर्षलाई केन्द्रमा राख्नुपर्छ।
वृद्धि: वर्षको समीक्षा
एसएमओ (विशेष सैन्य अभियान) अहिले मुख्य विषय हो। जुन हाम्रो लागि, हाम्रो जनताका लागि र हाम्रो राज्यका लागि केन्द्रीय विषय हो। दार्शनिक प्रोटागोरसले भनेका थिए, “मानिस नै वस्तुहरूको मापदण्ड हो।” हाम्रो लागि अहिले, एसएमओ नै वस्तुहरूको मापदण्ड बनेको छ। सन् २०२४, यो अन्त्य हुन लागेको वर्षमा एसएमओको क्षेत्रमा निर्णायक मोड आएको देखियो। युक्रेनी नाजीहरूले कुर्स्क क्षेत्रमा आक्रमण, सुजा कब्जा, र केही अन्य भूभाग कब्जाका गरेका छन् जुन क्षेत्रबाट (दुर्भाग्यवश) हामीले अझै उनीहरूलाई पूर्ण रूपमा हटाउन सकेका छैनौं। तर पनि, समग्रमा यो वर्ष एसएमओले हाम्रो पक्षमा निर्णायक परिस्थिति सृजना गर्यो। रुसले विस्तारै, आत्मविश्वासका सहित अपरिवर्तनीय रूपमा प्रगति गर्न थाल्यो।
ट्रम्पो-भविष्यवाद: कालो स्वतन्त्रता सिद्धान्त
उत्तर उदारवाद के हो? यसका पारम्परिक वामपन्थी स्वरुपहरु छन्। तिनीहरू हुन्, वालरसटाइन, ट्रोट्स्किजम, नेग्री-हार्ड्टको वैश्विक अराजकतावाद, सांस्कृतिक मार्क्सवाद र अति-वैश्वीकरण। यद्यपि, जेडी भान्स, थियेल, मस्क र अन्य ट्रम्प-भविष्यवादिहरूले यो शब्द प्रयोग गर्दा यसको अर्थमा केही फरक धारणा समेट्छन्। उत्तर-उदारवादी दक्षिणपन्थ अर्थ के हो? यो धारणा बुझ्ने सबैभन्दा सजिलो उपाय भनेको यसलाई अघिल्लो - अझ बढी रूढीवादी, प्रि-वोक र कम प्रगतिशील युगतर्फ फर्काउनु हो। मलाई धेरैजसो ट्रम्प समर्थकहरूले यसलाई यस्तै रूपमा बुझ्छन् र ब्याख्या गर्दछन्।
'युरोपको एक सिद्धान्त’: नयाँ दक्षिणपन्थीहरूको महादेशीय पहिचानको दृष्टिकोणमा अन्तर्दृष्टिहरू
अगस्ट २०२२ मा, मस्कोमा भएको कार बम विस्फोटले २९ वर्षीया दारिया दुगिनाको ज्यान लियो। जो राजनीतिक दर्शनमा उदाउँदो आवाज थिइन्। उनको असामयिक निधन भएता पनि, मृत्युपछि प्रकाशित पुस्तक अ थ्योरी अफ युरोप (युरोपको एक सिद्धान्त)ले उनको बौद्धिक योगदानलाई जीवन्त राखेको छ। यो पुस्तकले फ्रेन्च नुभेल ड्रइट (नयाँ दायाँ) आन्दोलनको दुर्लभ झलक प्रस्तुत गर्छ। मुख्यधाराको समाचारले प्रायः यस विचारधारालाई सरल लेबलमा सीमित गर्ने प्रयास गरिरहेको भए पनि, दुगिनाको यसका प्रमुख चिन्तकहरूप्रति रहेको गहिरो ज्ञानले युरोपेली पहिचान र सभ्यताबारे हाम्रो आधारभूत मान्यतालाई चुनौती दिने एउटा रोचक दार्शनिक प्रवाह प्रकट गर्छ।
प्रलयको दिन र यसलाई कसरी टार्ने...
"लेजिटिमेट टार्गेट्स" मा सबैलाई फिर्ता स्वागत छ। मलाई विश्वास छ तपाईंहरु सबैको दिन राम्रोसंग बितिरहेको छ। यो एपिसोड नम्बर २५ हो। र आज मसँग स्काइप कलमार्फत एक अत्यन्तै महत्वपूर्ण व्यक्तित्व जोडिनुभएको छ, कोन्स्टान्टिन मालोफेएव। उहाँ Tsargrad(ज़ारग्रेड) मिडिया समूहका अध्यक्ष हुनुहुन्छ। उहाँ एक रूसी राष्ट्रवादी व्यक्तित्व हुनुहुन्छ। जो रूसी परम्परागत मूल्यहरूको साथै सम्प्रभुताका रक्षाका लागि लड्न समर्पित हुनुहुन्छ।
युक्रेन प्रश्न र ट्रम्प प्रशासन
अलेक्जेन्डर दुगिनले दाबी गर्छन् कि युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा पूर्ण रूपमा एकीकृत गर्ने रूसको अडान विस्तारवादी महत्वाकांक्षा भन्दा पनि अस्तित्वगत आवश्यकता हो। यो एउटा भू-राजनीतिक अपरिहार्यता भएकोले, यो कुरा पश्चिमी नेताहरू, जस्तै डोनाल्ड ट्रम्पलाई स्पष्ट रूपमा बुझाउनु आवश्यक छ। अन्यथा गम्भीर भ्रमपुर्ण बुझाईको कारण विनाशकारी परिणाम निम्तिन सक्छ।
अलेक्जेन्डर दुगिन: पुतिनको भलदाय भाषण – एक भविष्यवाणी
आज भ्लादिमिर पुटिनको भलदाय क्लबको बैठकमा गरेको भाषणलाई सगाैरव भन्न सकिन्छ कि याे एक इतिहासकै महत्वपूर्ण घटनाको रूपमा लिन सकिन्छ। कुनै समयमा, चर्चिलको फुल्टन भाषणले शीतयुद्धको सुरुवात गर्यो र इतिहासमा एउटा घटनाका रूपमा चिनियो। उनले त्यहाँ एक राष्ट्रको नेताले मानवताको भविष्यको बारेमा वर्णन गरेका थिए। तर त्यो भविष्य द्वन्द्व, कडा प्रतिस्पर्धा र दुई विचारधारात्मक शिविरहरूको टकरावको भविष्य थियो। आज हाम्रो राष्ट्रपतिले भने एउटा बिल्कुलै फरक भविष्यको वर्णन गरेका छन्। उनले नयाँ विश्व व्यवस्थाको संरचना, वा उनकै शब्दमा भन्नुपर्दा, नयाँ सृष्टि वर्णन गरे। जसलाई सिङ्गो मानवजातिले निर्माण गर्नुपर्ने छ। र यस सृष्टिका प्रमुख मापदण्डहरूको सूची तयार गर्नुपर्नेछ ।
ह्वाइट हाउस, एक पागलखाना
पश्चिमको सामूहिक सञ्चारमाध्यम वा वैश्विकतावादीहरूको सञ्चारमाध्यमले संसारभरका विभिन्न देशहरूमा विभिन्न भाषामा एउटै मन्त्र दोहोर्याइरहेछन्, यी अमेरिकी चुनावहरू "संसारकै सबैभन्दा महत्वपूर्ण चुनावहरू हुन्", र ती चुनावहरूले विश्वको भविष्यलाई डिजाइन गर्नेछन्। अर्को शब्दमा, उनीहरू यी चुनावहरू संसारकै सबैभन्दा महत्वपूर्ण हुन् भन्ने दाबी गर्छन्। किनभने यी चुनावहरूको भूमिका तथाकथित वैश्विकतावादी एजेन्डालाई विश्वव्यापी रूपमा पुष्टि गर्न, न्यायोचित स्थापित गर्न र कायम राख्नमा महत्त्वपूर्ण छ।
पुटिनका सल्लाहकार अलेक्जेण्डर दुगिनले डिप स्टेटद्वारा पुटिन र ट्रम्पको हत्यागर्न अमेरिकी अतिवादीको योजना खुलासा गरे!
-अर्जुन ज्ञवाली
(रुसी दार्शनिक अलेक्जेन्डर दुगिनकाे "The Deep state" लेखमा नेपाली राजनीतिक विष्लेषक अर्जुन ज्ञवालीकाे विष्लेषण)
डिप स्टेट
अलेक्जेन्डर दुगिनले डिप स्टेट (गुप्त वा छदम राज्य)लाई भ्रष्ट पश्चिमी गठबन्धनको रूपमा खुलासा गरेका छन्। जसले, संयुक्त राज्य अमेरिका र युरोपमा घुसपैठ गरेर चुनावहरूमा हस्तक्षेप गरिरहेको छ। डोनाल्ड ट्रम्पजस्ता लोकप्रिय नेताहरूलाई दबाउने प्रयास गरिरहेको छ। र उदार-वैश्विकवादी एजेन्डालाई लोकतन्त्रको रक्षकको रूपमा छलपूर्वक प्रस्तुत गरेर जनताको इच्छालाई निर्दयतापूर्वक दमन तथा अपमान गरिरहेको छ।
जापानको नयाँ सरकार
अक्टोबर १ मा, शिगेरु इशिबाले जापानको नयाँ प्रधानमन्त्रीको रूपमा सपथ लिए। तत्कालीन सरकारले पूर्ण रूपमा राजीनामा दियो र नयाँ प्रमुखले तुरुन्तै आफ्नो क्याबिनेट गठन गर्न थाले। यी परिवर्तनहरू अपेक्षित थिए। किनकि त्यसकाे अघिल्लो दिन इशिबाले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखको निर्वाचन जितेका थिए। जसले, कोमितो पार्टीसँग मिलेर संसदको दुवै सदनमा बहुमत प्राप्त गरेको छ।
गहिरो राज्य (डिप स्टेट): टर्कीले पश्चिमको मुख्य रहस्य उजागर गर्यो।
"गहिरो राज्य" भन्ने अभिव्यक्ति आज राजनीतिक क्षेत्रमा झन् झन् बढी प्रयोग भइरहेको छ। याे शब्द बिस्तारै पत्रकारिताबाट आम-राजनीतिक भाषामा प्रवेश गरिरहेको छ। यससँगै, यस शब्दको अर्थ झन् झन् अस्पष्ट हुँदै गएको छ । र यसलाई प्रत्येकले आफ्नै तरिकाले बुझ्न थालेका छन्। यो अवधारणालाई नजिकबाट अध्ययन गर्ने समय आएको छ। यो शब्द कहिले र कहाँबाट चलनचल्तीमा आयो भनेर पत्ता लगाउनु अत्यन्त महत्त्वपूर्ण छ।
प्रविधि — मानवताको लागि अभिसाफ हो।
प्रविधिको विकास — विशेष गरी पश्चिमका उन्मत्तहरू मानिसहरुद्वारा — आफैंमा नै एउटा उपलब्धि हो। किनकि पश्चिमको आक्रामक मानसिकताले यसलाई तुरुन्तै युद्धका उपकरणहरूमा प्रयोग गर्छ। सैनिक प्रविधिको विकास — यो प्रविधि विकासको एउटा मात्र दिशा छैन। प्रविधि भनेको प्रमुखत: सैनिक प्रविधि हो। प्रविधिको शान्तिपूर्ण उपयोग भनेको सहायक दिशा हो। प्रविधिको विकास यस्तो हतियार प्राप्त गर्ने चाहनाबाट प्रेरित छ। जुन सबैभन्दा प्रभावकारी, अपराजेय र डरलाग्दो हुनेछ।
आधुनिक विज्ञानमा नव मुर्तिपुजक र शैतानवाद
"पैगन" को अवधारणा पुरातन नियमबाट उत्पन्न भएको हो। रसियन भाषामा "अन्यजाति" लाई जनहरू भनिन्थ्यो। प्राचीन यहूदीहरूले आफूलाई वर्णन गर्न "आम" (עם) शब्द प्रयोग गर्थे, र अन्य राष्ट्रहरूलाई वर्णन गर्न "गोय" (גוי) शब्द प्रयोग गर्थे। यहूदीहरू = जनता, उनीहरू एक (चयनित) हुन्, र अन्य राष्ट्रहरूको "भाषाहरू" धेरै छन्। यसरी यहूदीहरूले एक भगवानको पूजा गर्थे। उनीहरु निश्चित थिए कि अन्य सबै राष्ट्रहरू (भाषाहरू) धेरै देवी-देवताको पूजा गर्थे। त्यसैले "भाषा" (गोय) शब्दको पहिचान बहुईश्वरवादी मूर्तिपूजकहरूसँग गरियो (ग्रीक भाषामा यसलाई बिल्कुल यस्तै शब्द ειδολολάτρης छ)। ल्याटिनमा, यो शब्दको सान्दर्भिक रूप हो "जेन्टिलिस", जसको अर्थ हो "जनता," "कुल," "राष्ट्रहरू।"
जायोनिस्टहरुको प्लेबुकबाट सिक्नुपर्ने पाठहरू
यो स्वीकार्न अप्रिय छ, तर अाफ्ना दुश्मनहरुलाई निःसन्देह निर्दयतापूर्वक नष्ट गर्ने कुरामा इजरायली कट्टरपन्थी निर्णायकता, न केवल ती शत्रुहरूको व्यवहारसँग विपरीत छ। तर कीभ शासनसँग हामीले गरेको व्यवहार र दृष्टिकोणसँग पूर्ण रूपमा फरक छ। इजरायल अतिसक्रिय(proactively) रूपमा कार्य गर्छ,। अहिले स्पष्ट भएको छ कि तिनीहरूले हमासलाई आक्रमण गर्न उकासे, जसबाट प्रतिरोधलाई कुनै परिणाम हासिल भएन। यसैबीच, इजरायलले मध्यपूर्वमा आफूसँग विरोध गर्ने शक्तिहरूको नेतृत्वलाई समाप्त गर्यो । अनि सजिलैसँग गाजाका प्यालेस्टिनीहरूको भयकंर नरसंहार गर्यो।
कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय
हिजोको रूसी सुरक्षा परिषदको स्थाइ समितिको बैठकको सत्रको क्रममा रास्ट्रपति भ्लादिमिर पुटिनले हाम्रो देशको आणविक सिद्धान्त ("आणविक प्रतिरोधको क्षेत्रमा राज्य नीतिका आधारहरू") मा संशोधनहरूको घोषणा गरे। यो अत्यन्तै महत्वपूर्ण घटना हो। यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आणविक सिद्धान्तमा निम्न नयाँ कुरा समावेश गरिएको छ: कुनै पनि गैर-आणविक राष्ट्रद्वारा रूसमाथि गरिने आक्रमण, यदि कुनै आणविक राष्ट्रद्वारा समर्थन गरिएको छ भने, यो रूस संघमाथिको संयुक्त आक्रमण मानिनेछ।
लाकान र साइकेडेलिक ट्रम्पिज्म
(अलेक्ज्याण्डर दुगिनले अमेरिकी राजनीतिमा लाकानका तीन क्रमहरूलाई लागू गर्दै भनेका छन् कि कमला ह्यारिस र डेमोक्र्याटहरूले परम्परागत संरचनाहरूलाई ध्वस्त पार्न खोजिरहेका छन्। "सायकेडेलिक ट्रम्पिज्म," जसलाई कर्टिस यार्विन, पीटर थिल, र जे.डी. भान्स जस्ता व्यक्तित्वहरू तथा अल्ट-राइटद्वारा प्रभाव पारिएको छ, दायाँबाट यसको विरोध गरिरहेको छ। दुगिनले चेतावनी दिएका छन् कि ह्यारिसको विजय मानवताको अन्त्यको कारण बन्न सक्छ।)